Latest Updates :

स्वास्थ्य जानकारी : पुरुषले आफ्नो लिङ्ग बारे...जान्नै पर्ने महत्वपूर्ण कुराहरु....यसप्रकार छन्... जानी राखौं....भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस....

SHARE THIS POST :

गर्मि महिनाबाट जाडो महिनामा प्रवेश गर्ने वेलामा कपालमा चाँया परे झैँ हाम्रो शरीरमा फङ्गल ईन्फेक्सनहरु हुने सम्भावना बढि हुन्छ ।

लिङ्गको वरिपरि बिमिराहरु आउने, चिलाउने, वा डिसचार्चहरु हुने जस्ता समस्याहरु आउन सक्छन्, यसलाई हामी ब्यालानाईटिस भन्छौँ । यो सामान्य खालको संक्रमण हो । सामान्यतया गर्मिका दिनकै नुहाईन्छ भने जाडोको समयमा कम नुवाईन्छ त्यसकारण पनि फोहोरको समस्या आउनसक्छ ।

दिनमा एकपटक भएपनि लिङ्गको सरसफाई गर्नु अत्यन्त आवश्यक हुन्छ ।
लिङ्गको छालाहरु तानेर लिङ्गको टाउकाको वरिपरि सेतो फोहोरहरु जम्ने ठाउँलाई राम्रोसँग सफा गर्नुपर्छ । धेरै नै चिलाउने वा धेरै नै बिबिराहरु छन् भने नजिकको स्वास्थ्य केन्द्रमा जानु नै उत्तम विकल्प हुन्छ ।

यदि सरसफाईमा बिशेष ध्यान दिइएन र संक्रमण दिनानुदिन बढ्दै गएमा लिङ्गको छालासम्म पनि फाल्नुपर्ने अवस्था आउन सक्ने हुन्छ त्यसैले लिङ्गको सरसफाईमा बिशेष ध्यान दिनु आवश्यक हुन्छ । रेडियो अडियोका लागि डा. खेम कार्कीले दिनुभएको सुझावमा आधारित ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger