Latest Updates :
LATEST UPDATES

यी ४ तेल प्रयोग गर्नुहोस तपाईको कपाल झर्न रोक्छ....


गर्मी होस् या जाडो कपालको हेरचाह हर मौसममा गर्नुपर्ने हुन्छ। सानो लापरवाहीले पनि कपाल झर्ने, टुक्रने र कपालको चमक हराउने हुन्छ। अधिकांसको त युवा अवस्थामै कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ।

कपालको लागि सबैभन्दा राम्रो उपचार तेलले गर्छ। नुहाँउदा प्रयोग गरिने स्याम्पु अर्को कारण हो कपालको स्वास्थ्यको। सदियौं देखि कपालको सुन्दरताको लागि तेल प्रयोग गरिदैआएको छ। तेलले कपाल बाक्लो, कालो अनि लामो बनाउने गर्छ। तर तेलको प्रकार अनुसार त्यसका प्रभाव पनि फरक फरक नै छन्।



तिलको तेल
यसले कपालको रुखोपन र चाँया कम गर्छ। यसमा हुने भिटामिन बी, भिटामिन ई, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र प्रोटीनले टाउको को छालालाइ पनि राम्रो गर्छ। कपाल झर्ने समस्यामा पनि कमि ल्याउछ यसले।हप्तामा ३ पटक २० मिनेट यो तेल कपालमा लगाइसकेपछि स्याम्पुले कपाल धुने गर्दा कपालमा आएको फरक महसुस गर्न सकिन्छ।

जैतुनको तेल
कपालको लट्टा र हाँगा फाट्ने समस्या कम गर्छ जैतुनको तेलले। यो तेलमा हुने ओसिलोपनाले कपाल एक अर्कामा टाँसिन दिदैन। यसको नियमित प्रयोगले कपाल कोमल हुन्छ।

बदमको तेल
यो तेलले कपाल झर्ने र टुक्रने क्रम कम गर्छ। यसले खराब पानी, तनाब, चाँया अनि प्रदुषण आदि जस्ता कारणले अधिकांस मानिसमा देखिएको कपाल झर्ने समस्यामा कमी ल्याउछँ। यसमा म्याग्नेशियमको भरपुर पाइन्छ। केही बेर तताएर यो तेल लगाइएको १०-१५ मिनेटमा स्याम्पुले पखाल्नाले यसको राम्रो असर पर्ने हुन्छ।

वास्नादार तेल
बजारमा पाइने विभिन्न वास्नादार तेलहरु मध्ये केही बास्नादार तेलहरुले कपालको चमक बढाउँछन्। यस्तो तेल विशेषतः बास्नाकै लागि प्रयोग गरिन्छ। यस्तो तेलहरुमा कयौ प्रकारका फुल अनि फलका गुणहरु समावेश गरिएको हुन्छ।

विल स्मीथले रोबोट सोफियालाई किस गर्न खोज्दा… (भिडियो)


हलिउड । विल स्मीथ हलिउडका निकै मन पराइएका नायक हुन् । उनी विवाहित भएपनि युवतिहरु उनी भनेपछि भुतुक्कै हुन्छन् । तर रोबोट सोफियालाई भने उनले वसमा पार्न असफल भएको देखिन्छ ।




‘आई रोबोट’ चलचित्र रोबोट सम्बन्धी विल स्मीथ अभिनित चलचित्र हो । सो चलचित्रमा स्मीथको अभिनयलाई निकै मन पराइएको छ । सो चलचित्रमा विल स्मीथ र रोबोटबीच खराब सम्बन्धलाई देखाइएको छ । चलचित्रमा स्मीथले रोबोटलाई मन पराउँदैनन् र गलत तरिकाबाट रोबोटसँग प्रस्तुत हुन्छन् ।

स्मीथले आफ्नो युट्युब च्यानलमा गत बिहीबार रोबोट सोफियासँगको ‘डेट’ सेयर गरेका छन् । डेटमा स्मीथले सोफियालाई फकाउन खोज्छन् तर सोफियाले ‘आई रोबोट’ चलचित्र हेरिसकेको र त्यसमा उनले रोबोटलाई गरेको व्यवहार याद भएको भन्दै स्मीथलाई अस्वीकार गर्छिन् ।

(रोबोट सोफिया एक क्रतिम मष्तिस्क भएकी अत्याधुनिक रोबोट हुन् । उनले ६२ भन्दा बढि मानव हाउभाउ व्यक्त गर्न सक्छिन् । संयुक्त राष्ट्र संघको कार्याक्रममा उनी केही समय अघि मात्रै नेपाल समेत आइसकेकी छिन् ।)

भुलेर पनि नराख्नुहोस् पलङ मुनी यी सामान |यस्ता तपाइलाई अशुभ फल दिन्छ

२४ बर्ष पछी दासढुंगा जीप दुर्घटनाबारे राष्ट्रपति भण्डारीले यसरी मुख खोलिन् |

पपुवान्यूगिनीमा ६ दशमलव ९ रेक्टरस्केलको शक्तिशाली भूकम्प


चैत १६ – पपुवान्यूगिनीमा ६ दशमलव ९ रेक्टरस्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पका कारण इन्गा राज्यमा कम्तिमा पनि एक सय जनाको ज्यान गएको छ ।



त्यहाँ आएको ठूलो पहिरोले गाउँ नै बगाएको बीबीसीले जनाएको छ । केही ठाउँमा भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ । यसअघि गएको फागुन १४ गतेको ७ दशमलव ५ रेक्टर स्केलको भूकम्पले थलिएको पपुवान्यूगिनीमा फेरि अर्को भूकम्प आएको हो ।

छोरीको हत्या गरेर सुटुक्क जलाउने आमा-बाबु पक्राउ

वीरगन्ज । छोरीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले आमा-बाबुलाई पक्राउ गरेको छ।वीरगन्ज महानगरपालिका १५ भिस्वामा आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ४१ वर्षीय सत्यनारायण वर्णवाल र उनकी कान्छी पत्नी ३० वर्षीया गीता कुमारीलाई पक्राउ गरेको हो।



सत्यनारायणकी जेठी पत्नी स्वर्गीय मन्जु देवीको कोखबाट जन्मिएकी १६ वर्षीया नेहा कुमारी वर्णवालको बुबा सत्यनारायण र उनकी कान्छी पत्नी गीताले गत फागुन १३ गते हत्या गरी प्रहरी र छरछिमेकलाई पनि जानकारी नदिई इ रिक्सामा शव राखेर वीरगन्जको रानीघाटस्थित शम्सानघाटमा पुर्याएर एक डोमलाई ६ हजार रुपैयाँ दिएर जलाउन लगाएका थिए।

प्रहरीका अनुसार, नेहालाई गाउँ घरमा नदेखेपछि छरछिमेकले सोधखोज गरेका थिए। यसरी खोजी गर्दा उनका बुबा सत्यनारायण र सौतेनी आमा गीताले छोरी भारतस्थित फुपूको घरमा गएको बताएका थिए।

त्यसपछि शंका लागेर छिमेकीले प्रहरीलाई खबर गरेको र प्रहरीले मृतक नेहाका बुबा सत्यनारायण र सौतेनी आमा गीतालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नेहाको हत्या आफूहरुले नै गरेर शम्सानघाटमा लाश जलाएको बयान दिएको प्रहरी उपरीक्षक गणेश रेग्मीले जानकारी दिए।

मृतक नेताका बुबा सत्यनारायण र सौतेनी आमा गीता कुमारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए। अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।

अवैध सम्बन्ध राख्ने जेठाजु बुहारीलाई यातना दिइ गाउँबाट निकाला


गौशाला। गत शनिबार महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा नम्बर ७ सुन्दरपुरमा जेठाजुसँग बुहारीले अवैध सम्बन्ध राखेको आरोप लगाउँदै वडा अध्यक्षले जेठाजु र बुहारी दुवै जनालाई हातखुट्टा बाँधेर चरम यातना दिएपछि दुवै महिला, पुरुष गाउँबाट विस्थापित भएका छन् ।



सोनमा गाउँपालिका–७ सुन्दरपुरका वडा अध्यक्ष महेश (महेशी) यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा धोबी र उनका भाइ बुहारी ३५ बर्षीया सैरुल खातुनलाई वडा कार्यालयमै ल्याएर हातखुट्टा बाँधी कुटपीट गरेर चरम यातना दिएपछि बुधबारदेखि उनीहरु घरबाट हराएका छन् ।

घटनासम्बन्धी स्थलगत सोधखोज गर्न सञ्चारकर्मीको टोली बुधबार उनीहरुको गाउँ सुन्दरपुर पुग्दा उनीहरु आ–आफ्ना घरमा फेला परेनन् भने छिमेकीहरुले उनीहरुलाई वडा अध्यक्षले कुटपीट गरेर चरम यातना दिएपछि बुधबारदेखि नै उनीहरु घर छाडेर गइसकेको बताए ।

छिमेकीहरुले नाम नलेख्ने शर्तमा दुवै महिला पुरुष थप यातना र कुटपीटको डरले घर र गाउँ नै छोडेर अचानक हराएको बताए ।

स्थानीयवासीहरुका अनुसार दुवै जनालाई सुन्दरपुर वडा कार्यालयको सभाकक्षको ढोका बन्द गरेर गरिएको पञ्चायतमा बाँसको लट्ठी (कर्ची)ले कुटपीट गरेपछि उनीहरुले फेरी पटकपटक बोलाएर थप यातना दिने डरले गाउँ नै छाडेर बेपत्ता भएका छन् ।

गत शनिबार दुवैमाथि पञ्चायत गर्नुपर्ने भन्दै बोलाएर वडा कार्यालयमा गाउँका भूतपूर्व अध्यक्ष रामेश्वर यादवले पीडित ईसराफिलकै कमरको लँुगी खोलेर खुट्टा बाँधे । घाँटीको गम्छा खोसेर हात पनि बाँधिदिए । त्यस्तै, पीडित महिला सैरुललाई बीचमै बसाएर वडा अध्यक्ष आफैँ र स्थानीयवासी अमृत यादवसमेतले दुवै जनालाई मरन्णासन्न हुने गरी कुटेर गरेर चरम यातना दिएका थिए ।

अहिले सो गाउँमा जताततै उनीहरुकै कुरा हुने गरेको छ भने उनीहरु कहाँ गएका छन् भन्नेबारे कसैलाई केही थाहा नभएको स्थानीयावासी बताउँछन् ।

यस घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीले अनुसन्धान गर्न थालेपछि सो वडाका वडा अध्यक्ष महेश यादव पनि हिजोदेखि गाउँमा नरहेको देखिएको छ । स्थानीयवासीले उनी कुनै विशेष काम परेको भन्दै गाउँबाट भागेका छन् । news24nepal.tv

गुल्मीमा आफ्नै दाजुले गरे बहिनीको बलात्कार, पिडित बहिनीले त्यो कहालीलाग्दो क्षण यसरी सुनाईन... (हेर्नुहोस भिडियो)


चैत १५, गुल्मी : एउटै कोखबाट जन्म लिएका आफ्नै माइला दाजुले बहिनीको अस्मितामा दाग लगाए । तम्घासको एक बिद्यालयमा कक्षा ९ मा पढ्दै आएकी उनी बिरामी परेकाले घर गएकी थिइन् । तर घरमा कोही नभएको समयमा आफ्नै दाजुले आफुमाथी कुकर्म गरेको किशोरीले बयान दिएकी छिन् ।


आफ्ना दाजुले यसभन्दा अगाडी पनि पटक पटक आफुलाई बलात्कारको प्रयास गरेको किशोरीको भनाई छ । आफ्ना संवेदनशिल अङ्गहरु छुने, जिस्काउने र दुई पटकसम्म बलत्कारको प्रयास गर्दा आफु बच्न सफल भएको बताएकी छिन् । तर यसपटक भने घरमा कोही नभएको समयमा दाजुले आफुमाथी बलात्कार गरेको किशोरीको भनाई छ ।

आफ्नै दाजुले आफ्नो भविस्य पनि अन्धकारमा पारेको किशोरीको भनाई छ । संगसंगै अब यो संसारमा कसैलाई बिश्वास गर्ने ठाउँ नभएको उनी बताउँछिन् ।

सोमबार आफ्नै दाजुबाट आफ्नै घरमा बलात्कृत भएकी किशोरी बुधबार जिल्ला प्रहरी चौकी गुल्मिमा उजुरी दिन पुगेकी थिइन् । किशोरीलाई बलात्कार गर्ने उनकी २८ वर्षिया दाजु १५ वर्षदेखी डोजर अपरेटरको काम गर्दै आएका थिए ।

यति बेला किशोरीकी दाजुलार्ई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । उनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टर प्रसाद चौधरीले बताए ।

एक रात नसुत्दा स्वास्थ्यमा कति असर पर्छ ? जान्नुहोस्



एजेन्सी : निन्द्रा शरीरका लागि सबैभन्दा महत्वपूर्ण कुरा हो । अनुसन्धानकर्ताहरुका अनुसार मान्छे बरु बिना खाना लामो समय बाँच्न सक्छ तर निद्रा बिना मान्छेको जीवन लामो टिक्न सक्दैन ।




कतिपय मान्छेहरु काम, पढाई जस्ता कुरामा व्यस्त भएर एकरातका लागि निन्द्रा त्याग गर्ने गर्छन् । एक रात नसुत्दा के नै हुन्छ भन्ने हाम्रो मनसाय हुने भएकाले हामी नसुति रात कटाउछौँ । तर के तपाईलाई थाहा छ एक रात नसुत्दा त्यसले तपाईको शरीरलाई कति प्रभाव पारिरहेको हुन्छ ?

भोक नियन्त्रण गर्न नसक्नू
राति नसुत्दा शरीरमा हर्मोनहरुको सन्तुलन बिग्रने हुन्छ जसको असर प्रष्टै देख्न सकिन्छ । हाम्रो थाकेको शरीर र दिमागले एकछिन पनि आराम नपाएको हुँदा यसले विभिन्न समस्या निम्त्याउँछ ।

भोकलाई नियन्त्रण गर्ने हर्मोनको सन्तुलन बिग्रिएपछि हामीलाई पटकपटक भोक लागिरहन्छ । खाइसकेपछि भने हामीलाई अत्याधिक थकान महसुस हुन्छ । पेट अघाएपनि हामीलाई भोक लागिरहन्छ ।

प्रतिरोघात्मक क्षमतामा कमि
यसले प्रतिरोघात्मक क्षमतालाई समेत प्रभाव पार्ने हुनाले हामी सजिलै बिरामी हुन सक्छौँ । ज्वोरो, रुघा खोकीले छिट्टै असर गर्न सक्छ र औषधीले समेत काम गर्न लामो समय लिन्छ । यस्तो अवस्थामा हाम्रो शरीरको तापमानमा पनि भिन्नता आउँछ ।

सुगर लेभल बढ्नु
यति मात्र नभएर राति नसुत्दा तपाईको रगतको सुगर लेभल पनि बढ्न जान्छ । धेरै पटकसम्म यसरी निन्द्रा त्याग्ने व्यक्तिहरुलाई मधुमेह लाग्ने सम्भावना पनि बढेर जान्छ ।

तनावको शिकार
कोर्टिसोल नामक हर्मोन तनावका कारण उत्पन्न हुने हो । त्यसैले एकरात नसुत्दा यो हर्मोन सक्रिय भई यसको वृद्धि हुन जान्छ । कम सुत्ने व्यक्ति अवस्य नै तनावको शिकार हुने गर्छ । यसले रगतमा ग्लुकोज र फ्याट स्टोरेजलाई समेत प्रभाव पार्ने हुनाले पेट सम्बन्धी समस्या निम्त्याउन सक्छ ।

सोच्ने शक्तिमा कमि
नसुत्ने मानिसहरुको सोच्ने क्षमतामा कमि आउने हुन्छ । यससँगै एकैसाथ धेरैवटा काम गर्न पनि कठीनाइ हुने गर्छ । कामको गति कम हुने र गल्ती धेरै हुन सक्ने समस्या पनि देखा पर्छन् ।

ध्यान दिन नसक्नु
नसुतेको मानिसको दिमागको अगाडीको भागमा रक्त संचारको कमि हुने गर्छ जसकारण हामीले कुनै पनि काम ध्यानपूर्वक गर्न सक्दैनौँ । यसले हाम्रो सुन्ने शक्तिलाई समेत प्रभाव पार्छ ।

स्मरणशक्ति घट्नु
दैनिक जीवनमा काम गर्दा हाम्रो दिमागले जरुरी कुराहरु स्मरण गरिरहेको हुन्छ तर नसुतेको मानिसले त्यो भन्दा थोरै मात्र कुराहरु सम्झिन सक्छ । यसका कारण हाम्रो बोलिमा समेत नराम्रो प्रभाव पर्न जान्छ । छोटो समयका लागि मात्र नभएर यस्तो समस्या लामो समयसम्म रहिरहन्छ । सुतेको समयमा मानिसको स्मृतिहरु संकलित हुने भएकाले पनि एकदिनको अनिन्द्राले हाम्रो दिमागको सामान्य कामहरुमा पनि नसोचेको असर पर्न जान्छ ।

धेरै भावुक हुनु
नसुतेको मानिस साधारण व्यक्ति भन्दा बढी भावुक हुने पाइएको छ । यसले उनीहरुको मुडलाई लगातार परिवर्तन गराइदिन्छ । तनावयुक्त भएपछि हाम्रो भावनात्मक हर्मोनहरु धेरै सक्रिय हुने हुनाले यस्ता मानिसहरु अनावश्यक रुपमा भावनामा बहेर सानो समस्यालाई पनि सम्हाल्न नसक्ने हुन्छन् ।

सवारी चलाउँदा होसियार
धेरै जस्तो दुर्घटनाहरु सवारी चालक सुतेका कारण हुने गर्छन् । कम सुत्ने अथवा सुत्दै नसुत्ने मानिसहरु थकानका कारण सवारी चलाउने क्रममै निदाउँछन् । यसकारण दुर्घटनाहरु हुने गर्छन् ।

स्वस्थ नदेखिनु
कतिपय मानिसहरु नसुतेको बाहिर हेरेरै थाहा पाउन सकिन्छ । उनीहरु हेर्दा नै थकित, आँखा मुनी कालो घेरा, आँखा रातो र छालालाई समेत विकर्षित बनाइदिन्छ । यसरी धेरै पटक सम्म निन्द्रा त्याग गर्ने मानिसहरु छिटै बूढा देखिन्छन् ।

डाक्टर हुँ भन्दै बलात्कार गर्ने पूर्वसैनिक पक्राउ....



 
काठमाडौं: आफूलाई गंगालाल अस्पतालको डाक्टर बताउँदै एक महिलालाई बलात्कार गर्ने नक्कली पूर्वसैनिक पक्राउ परेका छन्।  पीडित महिलाको उजुरीका आधारमा काठमाडौं प्रहरीले २७ वर्षीय अर्जुन कोइरालालाई पक्राउ गरेको हो ।



उनले एक महिलालाई बिरामी चेकजाँच गर्न गंगालाल अस्पताल आउँदा म पनि डाक्टर हुँ, तिम्रो आमाको उपचारमा म सक्दो सहयोग गर्न सक्छु भन्दै दोस्ती बढाएका थिए । उनले काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित होटल गोरखा फूलबारी गेष्ट हाउसमा लगेर महिलालाई पटक–पटक यौन शोषण गरेका खुलेको छ ।

सन्तोष घले नाम बताउदै आएको अर्जुन कोइराला पूर्व सेनाका जवानसमेत भएको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाली सेनामा कार्यरत रहेका बेला उनलाई जबरजस्ती करणी मुद्दामा जागिरबाट निकालेको अनुसन्धानले देखाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बताए ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान कार्य अघि बढाइएको छ । उनको स्थायी घर पाल्पा भएको प्रहरीले जनाएको छ ।

बलिउडमा यी यस्ता कलाकार छन जो पढेर, डिग्री पास गरेर फिल्म उद्योगमा आए ! सबै भन्दा बढी पढाई कस्को ?


मुम्बर्इ– फिल्मी उद्योगमा पढाईलाई त्यति महत्व दिइँदैन्। यदि कलामा पोख्त छ भने कामका लागि पढाईको आवश्यकता पर्दैन्। तर बलिउडमा केही यस्ता कलाकार छन जो पढेर, डिग्री पास गरेर फिल्म उद्योगमा आएका छन्।




भारतीय सञ्चारमाध्यमका अनुसार अमिताभ बच्चनदेखि परणिती चोपडासम्म यसका उदाहरण हुन् जसले पढेर फिल्म उद्योगमा करियर सुरु गरे।

बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनले नैनीतालको शेरबुड कलेजबाट स्नातक गरेका छन्। त्यसपछि दिल्ली युनिभर्सिटीको किरोडिमल कलेजबाट आर्टस् र साइन्स पढेर पास गरे।

पछिल्लो पुस्ताका युवा अभिनेता आर माधवनले इलेक्टोनिक्समा स्तानक गर्दै डिग्री लिएका छन्। पढाई सकाएलगत्तै महाराष्ट्रमा बेष्ट एनसीसी क्याडेटका लागि छानिएका माधव स्थल र वायु विंगमा तालिम लिन इंग्ल्याण्ड गएका थिए। त्यसपछि उनले फिल्मी करियरका लागि संघर्ष गरे। उनी ‘रहना है तेरो दिल मे’बाट बलिउडमा चिनिए।

पछिल्लो समय विकनी र हट पोशाकलाई लिएर चर्चामा रहने अभिनेत्री अमीषा पटेल पनि पढेकी कलाकार हुन्। उनी इकोनोमिक्समा गोल्ड मेडलिष्ट हुन भने बायोजेनेटिक इन्जिनियरिङमा पनि डिग्री गरेकी छन्।

बलिउडका चक्लेटी अभिनेता बरुण धवनले लण्डनको ट्रेण्ट युनिभर्सिटीबाट बिजनेश म्यानेजमेन्टमा डिग्री गरेका छन्। बलिउडका हेण्डसम हिरो जोन अब्राहम पनि पढेका अभिनेता हुन्। इकोनोमिक्समा डिग्री गरेका जोनले एमबीए पनि गरेका छन्।

अभिनेत्री प्रिती जिन्टा कलाकरितामा खासै सफल नभएपनि पढार्इमा भने अब्बल छिन। उनले अंग्रेजीमा ग्राजुएशन गरेकी छन भने साइकोलोजीमा मास्टर डग्री पढेकी छिन्।

फिल्ममा खासै चल्न नसकेकी परिणती चोपडा पनि पढार्इमा अगाडि छिन्। उनले बिजनेस, फाइनान्स र इकोनोमिक्समा डिग्री गरेकी छन्। प्रियंका चोपडाकी बहिनी समेत रहेकी उनले लण्डनके म्यानचेस्टर बिजनेस स्कूलबाट यी विषयमा डिग्री गरेकी हुन्। नागरिक न्युजबाट

विवाह भएको ६ दिनमा श्रीमानले श्रीमतीको विवाह उनको प्रेमीसँग गराइदिएपछि ....


 हो, यो सत्य हो । यस्तो समाचार प्रायः पढ्न पाइँदैन । तर, एक भारतीय पुरुष, जसको विवाह भएको ६ दिन मात्र भएको थियो, ले आफ्नो पत्नीको विवाह उनको प्रेमीसँग गरिदिएका छन् । उनको तर्क छ, यसले तीनै जना खुसी हुनेछन् ।गत मार्च ४ मा ओडिसा राज्यको पालमारा गाउँका २८ वर्षीय वासुदीप टपुले झारसुगुडा गाउँकी २४ वर्षीया युवतीसँग मागी विवाह गरेका थिए ।




समुदायको परम्परा अनुसार गरिएको विवाहको कुनै कानुनी दस्तावेज थिएन । दुवैले समुदायका आर्शिवाद मात्र लिएका थिए । पहिलो ६ दिनसम्म सबै कुरा ठीक थियो । तर, त्यसपछि तीन जना पुरुषहरु दुलहीको गाउँबाट आए, जसले पूरै उथुलपुथुल ल्यायो ।मिडिया रिपोर्टका अनुसार दुलहीको भाई बताउने तीन जनालाई वासुदीपको परिवारले स्वागत गर्यो ।

तीन जनाले मध्ये दुई जनाले वासुदीपलाई उसको गाउँ हेर्ने इच्छा गरे । वासुदीपले उनीहरुलाई गाउँ देखाउन लगे भने एक जना ‘भाई’ त्यहीँ घरमा बसे ।तर, छिमेकीले भने अज्ञात पुरुष नवविवाहीत दुलहीसँग बसेको मन पराएनन् । दुलहीलाई एक्लै ‘अज्ञात’ पुरुषसँग देखेपछि उनीहरु आएर ती युवकलाई पिट्न थाले ।

भीडले युवकलाई पिट्न थालेपछि ती दुलहीले पनि उनी आफ्नो भाई नभएर प्रेमी भएको स्वीकार गरिन् । उनले आफ्नो प्रेमलाई परिवारले स्वीकार नगरेको कारण दबाबमा वासुदीपसँग विवाह गर्नुपरेको बताइन् । त्यही भएर गोप्य रुपमा आफ्नो प्रेमसम्बन्धलाई कायम राख्न बाध्य भएको खुलासा पनि गरिन् ।उनको यो स्वीकारोक्ति अन्य ठाउँमा भएको भए निकै घातक हुनसक्थ्यो । किनभने यस्ता गाउँहरुमा नाजायज सम्बन्धको कठोर सजाय दिने गरिन्छ ।

तर, वासुदीप आएर यसको शान्तिपूर्ण समाधान निकाले । उनले आफ्नी पत्नीलाई आफ्नो प्रेमीसँग विवाह गर्ने सल्लाह दिए ।त्यसपछि वासुदीपले आफै आफ्नो पत्नीको परिवारलाई फोन गरेर सबै कुरा सम्झाए । सबैलाई मनाएर उनले आफ्नो पत्नीको विवाह प्रेमीसँग गराइदिए ।

‘यदी मैले यो विवाह नगराएको भए हामी तीन जनाको जीवन बर्बाद हुन्थ्यो । यो मात्र एक समाधान थियो । अब हामी तीनै जना खुसी हुनसक्छौँ,’ वासुदीपले विवाह पछि भने ।वासुदीपको आमा पनि आफ्नो छोराको बुद्धिमतादेखि खुसी छिन् । पालमारा गाउँका प्रमुख गजेन्द्र बागले वासुदीपको कुरा सुनेर आफूहरुलाई यही नै सही समाधान हो भन्ने लागेको र सबैले यसमा समर्थन गरेको बताए ।

यी हुन् संसारकै ५ देश जहाँ बलात्कारको सजाय एकदमै क्रूर तरिकाले दिइन्छ…


एजेन्सी, बलात्कारलाई हरेक देशमा अछ्म्य अपराध मानिन्छ । बलात्कारिलाई देश अनुसार फरक- फरक तरिकाले क्रुर सजाय दिने गरिन्छ । निकै क्रुर सजाय दिइए पनि बलत्कारको घटना भने दिनानुदिन बढ्दै गइरहेको छ ।




बलत्कार जस्तो जघन्य अपराध रोक्न संसारभरका सरकार तथा अधिकारकर्मी लागि परेका छन् । अमेरिका तथा युरोप जस्तो बिकशित मुलुकमा पनि बलत्कारको घटना दिनानुदिन बढ्दै गइरहेको छ । यौन दुव्र्यवहारलाई संसारभरिनै जघन्य अपराधमा लिने गरिन्छ । यसता अपराधलाई देशै पिच्छे फरक फरक सजाय दिने गरिन्छ । सबैभन्दा क्रुर तरिकाले बलात्कारिलाई सजाय दिइने ५ देशहरुको बारेमा जानकारी लिउ ।



साउदी अरेयिबा
साउदी अरेबियामा बलात्कारीलाई सजायको रुपमा सार्वजनिक ठाउँमा कोराले हानेर बेहोश पारी हत्या गरिन्छ ।

चीन
चीनमा बलात्कारीलाई सजाय स्वरुप फाँसी र कोहिकोही अंगभंग गरिदिने गरिन्छ ।

अफगानिस्तान
अफगानिस्तानमा बलात्कारको अपराध निकै नै कम हुने गर्छ । किनकी यहाँ अपराधीलाई पक्राउ परेको चार दिनभित्र टाउकोमा गोली हानिन्छ ।

फ्रान्स
बलात्कारबाट शिकार भएको महिलाकोअवस्था हेरी १५,२० वर्ष वा आजीवन जेल सजाय हुन सक्छ ।

उतर कोरिया
उतर कोरियामा बल्त्कारीलाई फाईरिङ् दलद्वारा गोली हानी हत्या गरिन्छ ।

गेम खेल्न नपाएपछि गोली हानेर दिदीको हत्या....


लसएञ्जलस । अमेरिकाका एक बालकले भिडियो गेम खेल्न नपाएको झोँकमा आफ्नै दिलीलाई गोली हानेर हत्या गरेका छन् । ६ वर्षीय बालकले भिडियो गेम खेल्न नपाएपछि १३ वर्षीया दिदीमाथि गोली प्रहार गरेका हुन् । दिदीले गेम खेल्ने कन्ट्रोलर नदिएपछि ती बालकले पछाडिबाट बन्दुकले गोली हानेको प्रहरीले जनाएको छ । टोउकोमा गोली लागेकी ती बालिकाको उपचारका लागि अस्पताल लगेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको हो ।



गोली हानेर दिदीको हत्या गर्ने ती नौ वर्षीय बालकलाई के अपराधमा कसरी मुद्दा चलाउने भन्नेबारेमा स्थानीय पुलिस अलमलमा परेको छ । घटनाका बारेमा अनुसन्धान जारी रहेको बीबीसीले जनाइएको छ । पुलिसले गोली चलाउने ती बालकसँग अहिलेसम्म कुरा गरेको छैन । उनको हातमा कसरी बन्दुक आयो भनेर पनि खोजबिन भइरहेको जनाइएको छ । घटना हुने बेला ती बालककी आमा अर्को कोठामा थिइन् ।

दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २ मृत्यु २४ घाइते


काठमाडौँ । दक्षिणकाली नगरपालिकामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज विहान फर्पिङबाट–काठमाडौँ रत्नापार्क आउँदै गरेको बा २ ख ९९९९ नम्बरको यात्रुबाहक बस भन्ज्याङ भन्ने ठाउँमा दुर्घटना हुँदा दक्षिणकाली नगरपालिका–५ का ४२ वर्षीया मन्जु बस्नेत र सोही ठाउँका २५ वर्षीय सुनिल श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनाबाट घाइते भएका उनीहरुलाई उपचारका लागि बयोधा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।



महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बसको अगाडिको चक्का फुत्केर भएको दुर्घटनामा ३१ जना घाइते भएको जानकारी दिनुभयो ।घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस दुर्घटनापछि अहिले सोही रुट भएर चल्ने सवारी साधन रोकिएका छन् ।

कत्ति कमाउँछन् त नेपालका यी चर्चित् गायक-गायिकाहरुले ? यस्तो छ राजेशपायल देखि मेलिनासम्मको कमाई...

यसकारण हटाईयो VTEN को सिमसिमे पानीलाई युट्युबबाट...

सर्वेन्द्र खनाललाई सफलताको उचाइमा पुर्याउने उनका चर्चित कामहरु...

जिबन जिउने १० महान सुत्रहरु, जसले तपाइको जिबनमा परिबर्तन सम्भब ...

१ दिनमा १ किलो तौल घटाउने घरेलु बिधि


सामग्री : ६० ग्राम हरियो धनियाँ, एक कागती, ४ गिलास पानी

बनाउने विधि :
एक भाँडामा कागतिलाई दुई भागमा काटेर निचोर्नुहोस् । त्यसमा मसला भएको धनियाँ र पानी राख्नुहोस् । त्यो घोल्नुहोस् । त्यसपछि स्वस्थ जुस तयार हुनेछ । यस जुसलाई खाली पेटमा लगातार ५ दिन सम्म पिउनुहोस् । हरियो धनियाँले पाचन शक्तिलाई त बढाउँछ नै साथै रोग प्रतिरोधी क्षमता पनि बढाउनेछ ।



यसले रगतमा भएको फोहोरलाई सफा गर्छ । कागतिले उच्च रक्तचापलाई नियन्त्रण गर्छ । यो जुसलाई ५ दिन सम्म खालीपेटमा पिएपछि तपाईंको तौल करिब ५ किलो घट्नेछ ।

यस्ता छन् सिँढी चढ्नुका फाइदा...


आजभोलिका मानिससँग एक्सरसाइज गर्ने पर्याप्त समय नहुन पनि सक्छ । यदि यसो हो भने अफिस जाँदा वा घर फर्किएपछि लिफ्टको सट्टा सिँढी चढ्नु फाइदाजनक हुन्छ । किनकि, सिँढी चढ्नु पनि निकै उत्तम एक्सरसाइज हो । यस्ता छन् सिँढी चढ्दाका फाइदा :




तौल कम गर्छ
क्यानडामा भएको एउटा अनुसन्धानले बताएको छ कि सिँढी चढ्दा जगिङको तुलनामा बढी क्यालोरी नष्ट हुन्छ । ५४ किलो तौल भएको मानिसले ३० मिनेट सिँढी चढ्दा २२० क्यालोरी जलेर जान्छ । ताकि, एरोविक गर्दा १९० क्यालोरी मात्र नष्ट हुन्छ ।

लेग टोन
कम्मरभन्दा तलका मांसपेशी र हड्डी तन्दुरुस्त राख्न चाहनेले पनि सिँढी चढ्दा उत्तम हुन्छ । सिँढी चढ्दा शरीर स्लिम बनाउन मद्दत गर्छ, जस्तै– क्वाड्रसिप्स, पिँडुला, ग्लुट्स, हिप्स र हेमस्ट्रिङलाई निकै आकर्षक बनाउँछ । यस्तो गतिविधिले हाडलाई पनि मजबुत पार्छ ।

चिनी कन्ट्रोल
सिँढी चढ्दा रगतमा चिनीको मात्रा पनि कम हुन मद्दत पुग्छ । त्यस्तै, स्वाँस्वाँ हुने र मुटुको समस्यामा पनि सुधार ल्याउँछ ।

डाक्टरले भन्ने गर्छन् कि प्रत्येक दिन १० मिनेटसम्म सिँढीमा तल–माथि गर्दा मुटु स्वस्थ हुन्छ । यस्तो गतिविधिले मांसपेशीमा फाइबर र अक्सिजनको मात्रालाई पनि सन्तुलित राख्छ । यस्तो गतिविधिले शरीरलाई ऊर्जा प्रदान गर्न पनि भूमिका निर्वाह गर्छ ।

स्टामिना बढ्छ
सिँढी चढ्ने बानी धैर्य बढाउने अर्को तरिका हो । यसले शरीरमा स्टामिना बढाउन पनि भूमिका खेल्छ । सुरुमा सिँढी चढ्दा थकाइ लाग्न सक्छ । श्वास पनि फुल्न सक्छ । तर, बिस्तारै–बिस्तारै सहने शक्ति आर्जन हुन्छ र तपाईंलाई स्टामिना बढेको अनुभूति हुन्छ ।

यस्ता व्यक्तिले नचढ्नुस्
घुँडाको समस्या भएका मानिसले सिँढी चढ्नु हुँदैन । किनकि, यस्तो समस्या थप बढ्न सक्छ । त्यस्तै, पहिलो दिन नै लामो समय सिँढी चढ्ने प्रण पनि नगर्दा राम्रो । पहिलो दिन १० मिनेटसम्म चढ्नुस् र यसलाई बढाएर ३० मिनेटसम्म पु¥याउनुस् । यस्तो बानीले लामो समयसम्म बाँच्न मद्दत पुग्छ ।
-नँया पत्रिका

फलफूलका बोक्रा नफालौं, फलको बोक्रा अनुसार यस्ता छन् उपयोगिता

 
हामी फलफूल खान्छौँ र यसको बोक्रालाई काम नलाग्ने ठानेर मिल्काउँछौँ । तर, फलफूलको बोक्राबाट अनेक फाइदा लिन सकिन्छ ।


सुन्तला

सुन्तलाको बोक्रामा प्रशस्त पौष्टिक तत्व हुन्छ । सक्नुहुन्छ भने सुन्तलाको बोक्रा म¥याङम¥याङ चपाएर खानुस् । यसले मुटुसम्बन्धी रोग लाग्ने जोखिमलाई कम गरिदिन्छ ।
सास गनाउने समस्या छ भने सुन्तलाको बोक्रा खानाले राम्रो गर्छ । यसमा पाइने एसिडले मुखमा रहेका ब्याक्टेरिया नाश गर्छ र सास ताजा बन्न पुग्छ ।
सुन्तलाको बोक्राको चूर्ण बनाई मनतातो पानीसँग पिउने गर्नाले कब्जियतको समस्या हटेर जान्छ ।
अनार

घाँटी खसखस भएर दिक्क हुनुभएको छ भने अनारको बोक्रा खाँदा सञ्चो हुन्छ ।
गिजाबाट रगत निस्किने समस्या भएकाका लागि पनि अनारको बोक्रा उपयोगी हुन्छ ।
अनारको बोक्रामा आइरन प्रशस्त मात्रामा पाइने भएकाले यो खाने गर्नाले रक्तअल्पतालगायत समस्याबाट समेत जोगाउँछ ।
केराको बोक्रा

केराको मूल फलमा भन्दा यसको बोक्रामा बढी उपयोगी तत्व हुन्छन् । केराको बोक्रामा फाइबर उच्च मात्रामा पाइन्छ, जसले
पाचनलगायत शरीरको समग्र प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ ।
केराको बोक्रामा एमिनो एसिड पर्याप्त मात्रामा पाइन्छ, जसले शरीरलाई बलियो राख्ने, रोगप्रतिरोधी क्षमता बढाउनेलगायत काम गर्छ ।
आँखामा जुनसुकै खालको इन्फेक्सन भएको छ भने केराको बोक्रा खानु फाइदाजनक हुन्छ ।
खरबुजा

शरीरको वजन नघटेर वाक्कदिक्क हुनुभएको छ भने खरबुजाको बोक्रा खाने गर्नुस् । यसले वजन घटाउन सहयोग गर्छ ।
खरबुजाको बोक्रा यत्तिकै खान नसकिने भएकाले ससानो टुक्रा पारी खाने गर्नुस् । यसो गर्दा पनि खान अप्ठेरो भयो भने नुन–खुर्सानीमा चोपेर खाने गर्नुस् ।
काँक्रो

काँक्रोको बाहिरी भागमा भिटामिन ए र के प्रचुर मात्रामा पाइन्छन् । त्यही भएर बोक्रा नताछीकन काँक्रो खाने गर्नुपर्छ ।
शरीरको वजन घटाउन काँक्रोको बोक्रा खानु बडो उपयोगी हुन्छ ।
काँक्रोको बोक्रा खाने गर्नाले हड्डी बलियो बन्छ ।
स्याउ

स्याउमा पाइने पोषक तत्वमध्ये अधिकांश बोक्रामा थुप्रिएका हुन्छन् । त्यही भएर बोक्रा ताछेर स्याउ खाने मूर्खता गर्नु हुँदैन ।
स्याउको बोक्रामा फ्लेभोन्वइड नामक तत्व पाइन्छ, जसले रोगप्रतिरोधी क्षमता बढाउँछ ।
स्याउको बोक्रामा क्यान्सरबाट बचाउने तत्व पनि पाइन्छ ।
कागती

कागतीको बोक्रा खाने गर्नाले रोगप्रतिरोधी क्षमता चाँडै वृद्धि हुन्छ ।
कागतीको बोक्रामा क्यान्सरबाट जोगाउने तत्व पनि पाइन्छ ।
कागतीको बोक्रामा एन्टी–अक्सिडेन्ट पाइन्छ, जुन अनुहारका लागि ज्यादै उपयोगी हुन्छ ।
कागतीको बोक्रा त्यसै खान सकिँदैन भने चूर्ण बनाएर खान सकिन्छ ।

धमाका मच्चाउने तयारीमा टाइगर श्राफको ‘बागी २’, यसकारण पाँच दिन अघि नै अग्रिम बुकिङ

 
काठमाडौं, १३ चैत । टाइगर श्राफ र दिशा पटानी स्टाटर फिल्म ‘बागी २’ को प्रदर्शनको पाँच दिन अघि नै बुकिङ खुला गरिएको छ ।शुक्रबारबाट रिलिज हुने फिल्मको सोमबार बाट नै बुकिङ खुला गरिएको हो । यो फिल्ममा टाइगरको धमाकेदार एक्शन हेर्न पाइनेछ ।



फिल्मका गीत पनि निकै रूचाइएको छ । फिल्मलाई साजिद नाडिवालाले निर्माण गरेका हुन् । अहमद खानले निर्देशन गरेको फिल्मले बक्स अफिसमा धुम मच्चाउने अनुमान गरिएको छ । एजेन्सी

यस्तो अनौठो मुद्दा लिएर सम्बन्ध विच्छेद गर्न अदालत पुगिन यी महिला...



एजेन्सी : सम्बन्ध विच्छेदको माग गर्दै अदालत पुगेकी महिलाको मुद्दाले न्यायाधीसहरु चकित बने। उनले सम्बन्ध विच्छेद गर्न खोज्नुको कारण थियो, उनका पतिलाई रोटीको व्यास २० सेमी चाहिएको र आफुमाथि कुटपिट गरेको ।


यो घटना भारत महाराष्ट्रको हो। ती महिलाले आफ्ना पति इन्जिनियर भएको र उनलाई हरेक काममा इन्जिनियरको लत लागेको बताएकी थिइन्। उनका पतिलाई परफेक्शन नभइ अति परफेक्शनको अपेक्षा थियो। तर उनले पतीको इन्जिनियर अपेक्षा पुरा गर्न नसक्दा विभिन्न यातना सहनु परेको थियो। यतिसम्मकी उनले पकाएको रोटीमा समेत नाप लिने गरेका थिए।

पत्नीले दिनभर गरेको हरेक कामको जाँच गर्ने गरेका थिए। चाहना अनुसार वा मन नपरेको कुनै काम देखिए पतिले आफूलाई गाली गलौज, अपमान तथा कुटपिट समेत गर्दै आएको महिलाको गुनासो थियो।

आफ्नो पीडा सुनाउँदै उनले भनिन्, पतिको हर्कतका कारण कहिने त आत्महत्या गर्र्न प्रयास गरे, तर हाम्री छोरी पनि भएकाले उनलाई छोडेर मर्न सकिन्।

उनीहरुको २००८ मा विवाह भएको थियो। विवाहको केही दिनसम्म त उनीहरुको सम्बन्ध राम्रो थियो। तर पछिल्ला दिनहरुमा अचानक पतिले अनौँठो हर्कत देखाउने गरेको महिलाले बताइन्।

Enjoy Yourself

Come to Join Us & Enjoy Yourself

Blogger द्वारा संचालित.
 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger