Latest Updates :

विल स्मीथले रोबोट सोफियालाई किस गर्न खोज्दा… (भिडियो)

SHARE THIS POST :

हलिउड । विल स्मीथ हलिउडका निकै मन पराइएका नायक हुन् । उनी विवाहित भएपनि युवतिहरु उनी भनेपछि भुतुक्कै हुन्छन् । तर रोबोट सोफियालाई भने उनले वसमा पार्न असफल भएको देखिन्छ ।




‘आई रोबोट’ चलचित्र रोबोट सम्बन्धी विल स्मीथ अभिनित चलचित्र हो । सो चलचित्रमा स्मीथको अभिनयलाई निकै मन पराइएको छ । सो चलचित्रमा विल स्मीथ र रोबोटबीच खराब सम्बन्धलाई देखाइएको छ । चलचित्रमा स्मीथले रोबोटलाई मन पराउँदैनन् र गलत तरिकाबाट रोबोटसँग प्रस्तुत हुन्छन् ।

स्मीथले आफ्नो युट्युब च्यानलमा गत बिहीबार रोबोट सोफियासँगको ‘डेट’ सेयर गरेका छन् । डेटमा स्मीथले सोफियालाई फकाउन खोज्छन् तर सोफियाले ‘आई रोबोट’ चलचित्र हेरिसकेको र त्यसमा उनले रोबोटलाई गरेको व्यवहार याद भएको भन्दै स्मीथलाई अस्वीकार गर्छिन् ।

(रोबोट सोफिया एक क्रतिम मष्तिस्क भएकी अत्याधुनिक रोबोट हुन् । उनले ६२ भन्दा बढि मानव हाउभाउ व्यक्त गर्न सक्छिन् । संयुक्त राष्ट्र संघको कार्याक्रममा उनी केही समय अघि मात्रै नेपाल समेत आइसकेकी छिन् ।)
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger