Latest Updates :

नेपालका २३ सफल तथा लोकप्रिय नेताहरु, कसको पढाई कति ? ( जान्नुहोस् )

SHARE THIS POST :



बुद्धिजीवी अच्यूत वाग्लेले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्र मन्त्रीको शैक्षिक योग्यतामाथि प्रश्न उठाएपछि नेताहरुको औपचारिक पढाइबारे चासो बढेको छ ।



जनताको बढ्दो राजनीतिक चेतना र जागरणका बीच नेताहरुले राम्रो काम गरेर देखाउनुपर्ने चुनौति छ । राम्रो गर्न क्षमता पनि राम्रै चाहिन्छ, शैक्षिक योग्यता पनि त्यसको एक अंश हो । तर, शैक्षिक योग्यताले मात्रै सधैं राम्रो परिणाम भने दिँदैन ।

नेपालका नेताहरुमा औपचारिक शिक्षाका दृष्टिले कांग्रेसहरु नै माथि छन् । राणाकाल होस् वा पञ्चायत काल, उनीहरुले औपचारिक शिक्षालाई छोडेनन् । तर, कम्युनिष्ट नेताहरु भने औपचारिक पढाइलाई खासै महत्व दिएनन् ।

ज्ञानका दृष्टिले भने कम्युनिष्ट नेताहरु नै अगाडि देखिन्छन् । किनकि, भूमिगत काल प्रायः नेताहरुले स्वअध्ययनमै बिताए । उनीहरुसँग शैक्षिक प्रमाणपत्र त छैन । तर, ज्ञानका दृष्टिले अब्बल पनि छन् । हामीले यहाँ नेपालका २३ नेताहरुको शैक्षिक योग्यता र क्षमताको चर्चा गरेका छौं । हेर्नुस्, योग्यता र क्षमता ।

(१) केपी शर्मा ओली (प्रधानमन्त्री)
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले झापाको आदर्श माविबाट २०२८ सालमा एसएलसी उत्र्तीण गरेका हुन् । भूमिगत जीवनका कारण औपचारिक शिक्षा भए पनि १४ वर्षे जेल जीवनका क्रममा उनले राम्रो स्वअध्ययन गरेका छन् । उनी नेपाली साहित्य, राजनीति, कुटनीति र समाजशास्त्र र नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्छन् ।

(२) शेरबहादुर देउवा (कांग्रेस सभापति)
पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले लण्डन यूनिभर्सिटीबाट अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । पञ्चायत कालमा देउवा राम्रो वक्ता मानिन्थे । तर, जिब्रोमा करेण्ट लगाइएका उनीमा वाकपटुता छैन । स्नातकोत्तर गरेका देउवा शक्ति परिचालनका दृष्टिले अब्बल ठानिए पनि अतिरिक्त बौद्धिकता देखिँदैन ।

(३) प्रचण्ड (माओवादी अध्यक्ष)
पूर्व प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डले कृषि विषयमा बिएस्सी गरेका छन् । २५ वर्ष लामो भूमिगत जीवन र सशस्त्र संघर्षको नेतृत्व गरेका प्रचण्डसँग दर्शन, इतिहास, अर्थशास्त्र, कुटनीति र नेपाली साहित्यको राम्रो ज्ञान छ । उनी नेपालका नेताहरुमध्ये सर्वाधिक चलाख र प्रतिभाशाली मानिन्छन् । प्रचण्ड नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्छन् ।

(४) माधव कुमार नेपाल (पूर्व प्रधानमन्त्री)
पूर्व प्रधानमन्त्री नेपालले त्रिभूवन विश्वविद्यालयबाट वाणिज्य विषयमा स्नातक गरेका छन् । उनीसँग नेपाली, हिन्दी, मैथिली र अंग्रेजी भाषाको ज्ञान छ । उनीसँग राजनीतिशास्त्र र दर्शनका क्षेत्रमा समेत गहिरो ज्ञान छ । नेता नेपाल कुटनीतिमा अब्बल मानिन्छन् ।

(५) डा. बाबुराम भट्टराई (नयाँ शक्ति संयोजक)
पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. भट्टराईले लण्डनबाट इन्जिनियरिङमा विद्यावारिधि गरेका छन् । भट्टराई नेपालका नेताहरुमा सबैभन्दा बौद्धिक नेता मानिन्छन् । राजनीति, अर्थशास्त्र, दर्शन, कुटनीति, समाजशास्त्र लगायतका धेरै विषयमा उनको गहिरो ज्ञान छ । उनी नेपाली, हिन्दी, मैथिली, अंग्रेजी लगायतका भाषामा दख्खल राख्छन् । उनलाई नेपालका प्राज्ञिक नेता मानिन्छ ।

(६) डा. शशांक कोइराला (कांग्रेस महामन्त्री)
कांग्रेस महामन्त्री कोइराला आँखाका डाक्टर हुन् । उनले एमबिबिएस र एमडी गरेका छन् । पढाइमा राम्रै ख्याति कमाएका कोइराला राजनीतिमा भने चर्चाको शिखरमा छैनन् । बीपीका छोरा शशांक शान्त स्वाभावका नेता मानिन्छन् । बाबूको लिगेसीले कोइराला कांग्रेसभित्र लोकप्रिय छन् ।

(७) उपेन्द्र यादव (फोरम अध्यक्ष)
पूर्व उपप्रधानमन्त्री एवं संघीय समाजवादी फोरमका अध्यक्ष यादवले महेन्द्र मोरङ क्याम्पसबाट स्नातकोत्तर गरेका छन् । मधेशको राजनीतिमा लोकप्रिय यादव कुटनीतिक नेता मानिन्छन् । उनी नेपाली, हिन्दी, मैथिली, भोजपुरी र अंग्रेजी भाषामा दख्खल राख्छन् ।

(८) महन्त ठाकुर (राजपा संयोजक)
राजपा संयोजक ठाकुरले स्नातक गरेका छन् । अत्यन्तै शालिन र भद्र स्वाभावका नेता ठाकुर कुटनीतिक नेता मानिन्छन् । मधेशी समुदायमा लोकप्रिय रहेका उनी नेपाली, अंग्रेजी, हिन्दी र मैथिली भाषामा दख्खल राख्छन् ।

(९) प्रदीप ज्ञवाली (परराष्ट्र मन्त्री)
एमाले सचिव समेत रहेका मन्त्री ज्ञवालीको औपचारिक शिक्षा एसएलसीसम्म मात्र छ । तर, उनी दर्शन, अर्थशास्त्र, समाजशास्त्र, इतिहासमा गहिरो ज्ञान राख्छन् । पञ्चायत कालको धेरै समय स्वअध्ययनमा बिताएका ज्ञवाली नेपाली, हिन्दी र अंग्रेजी भाषामा दख्खल राख्छन्, ज्ञवाली नेपालका बौद्धिक नेताहरुको कोटी पर्छन् ।

(१०) वर्षामान पुन (उर्जा मन्त्री)
मन्त्री पुनले कानूनमा स्नातक गरेका छन् । सशस्त्र विद्रोह कालमा फौजी मोर्चाको नेतृत्व गरेका पुन कुटनीति र संगठनमा राम्रो दख्खल राख्छन् । यसका साथै अर्थशास्त्र, समाजशास्त्र र इतिहासमा उनको राम्रै ज्ञान छ । उनी शालिन नेता मानिन्छन् ।

(११) नेत्रविक्रम चन्द (नेकपा महासचिव)
स्नातकसम्मको औपचारिक अध्ययन गरेका माओवादी नेता विप्लव अहिले पनि अर्धभूमिगत छन् । नेता विप्लवसँग कुटनीति, दर्शन, इतिहास र संगठनमा राम्रै ज्ञान छन् । विप्लवसँग ‘मास’लाई प्रभावित गर्नसक्ने राम्रो क्षमता छ ।

(१२) प्रदीप गिरी (कांग्रेस नेता)
नेहरु विश्वविद्यालयबाट दर्शन र अर्थशास्त्रमा विद्यावारिधि गरेका नेता गिरी अध्ययनशील र बौद्धिक नेता हुन् । नेता गिरी लोकप्रिय लेखक पनि हुन् । उनीसँग प्रजातान्त्रिक धारको मात्र होइन, बामपन्थी धाराको समेत गहिरो ज्ञान छ ।

(१३) पम्फा भुसाल (माओवादी प्रवक्ता)
स्नातकसम्म औपचारिक शिक्षा लिएकी नेतृ भुसाल माओवादी प्रवक्ता र पूर्वमन्त्री हुन् । मन्त्री भुसाल राजनीति र संगठनका क्षेत्रमा राख्ने दख्खल राख्छिन् । नेपालका महिला नेताहरुमध्ये उनी अग्रभागमा छिन् ।

(१४) योगेश भट्टराई (एमाले सचिव)
एमाले सचिव भट्टराईले समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका छन् । नेता भट्टराई युवा पुस्ता र बौद्धिक समुदायमा लोकप्रिय छन् । अध्ययनशील नेता बिष्टले सामयिक राजनीतिमा राम्रो प्रभाव राख्छन् ।

(१५) गोकर्ण बिष्ट (श्रम मन्त्री)
मन्त्री बिष्टले वाणिज्यमा स्नातकोत्तर र कानूनमा स्नातक गरेका छन् । एमालेभित्र बौद्धिक नेता मानिने बिष्ट अध्ययनशील छन् । उर्जा मन्त्री हुँदा विद्युत महशुल संकलनमा सफलता हासिल गरेपछि उनी चर्चामा छन् । बिष्ट राजनीतिशास्त्र, इतिहास र संगठनमा पनि राम्रो दख्खल राख्छन् ।

(१६) जनार्दन शर्मा (माओवादी नेता)
शिक्षा शास्त्रमा स्नातक गरेका पूर्व उर्जामन्त्री शर्मा लोकप्रिय युवा नेता हुन् । खरो स्वाभाव र परिणाममूखी काममा विश्वास गर्ने शर्माले उर्जामन्त्री हुँदा उज्यालो अभियानको नेतृत्व गरेका थिए । पूर्व डेपुटी कमाण्डर समेत रहेका उनी हक्की स्वाभाव छन् ।

(१७) विश्वप्रकाश शर्मा (कांग्रेस प्रवक्ता)
स्नातकोत्तर गरेका शर्मा लोकतान्त्रिक आन्दोलनका सक्रिय युवा नेता हुन् । उनी कांग्रेसभित्र प्रखर युवा नेता मानिन्छन् । राजनीति, समाजशास्त्र, इतिहास र संगठनमा पनि राम्रै प्रभाव राख्ने उनी अध्ययनशील नेता मानिन्छन् । शर्मा नेपाली, हिन्दी र अंग्रेजीमा दख्खल राख्छन् ।

(१८) गगन थापा (कांग्रेस नेता)
समाजशास्त्र र मानवशास्त्रमा स्नातकोत्तर गरेका थापा कांग्रेसका युवा नेता र पूर्व स्वास्थ्य मन्त्री पनि हुन् । अध्ययनशील र युवाहरुमा लोकप्रिय नेता थापा प्रखर वक्ता र कुशल लेखक पनि हुन् । बौद्धिक कार्यमा रुचि राख्ने थापा सफल स्वास्थ्य मन्त्री पनि हुन् ।

(१९) लालबाबू पण्डित (सामान्य प्रशासन मन्त्री)
एसएलसीसम्म औपचारिक अध्ययन गरेका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पण्डित नेपालका लोकप्रिय नेता हुन् । बौद्धिकताका दृष्टिले चर्चामा नरहे पनि अघिल्लो कार्यकाल सामान्य प्रशासनको जिम्मेवारी सम्हाल्दा डिभी र पिआरधारीमाथि अंकुश लगाउने उनको काम चर्चाको शिखरमा रह्यो ।

(२०) रबीन्द्र अधिकारी (पर्यटन मन्त्री)
मन्त्री अधिकारीले व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । बौद्धिक कार्यमा रुचि राख्ने मन्त्री अधिकारीले अर्थशास्त्र र इतिहासमा पनि दख्खल राख्छन् । विकासप्रति लालयित अधिकारीले आर्थिक समृद्धिबारे नियमित कलम चलाउँछन् ।

(२१) मातृका यादव (उद्योग मन्त्री)
आइएडसम्मको औपचारिक शिक्षा लिएका मन्त्री यादव माओवादी नेता पनि हुन् । मधेशमा राम्रो पकड राख्ने मन्त्री यादव आदर्शको राजनीति मन पराउँछन् । खरो स्वाभाव र प्रष्ट विचारका धनी यादव दर्शन, राजनीति र इतिहासमा रुचि राख्छन् ।

(२२) रबीन्द्र मिश्र (नेता विवेकशील–साझा)
पूर्व पत्रकार एवं युवा नेता रबीन्द्र मिश्रले त्रिभूवन विश्वविद्यालयबाट अंग्रेजी, पञ्जाव विश्वविद्यायलबाट पत्रकारिता र लण्डन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् । बिबिसी नेपली सेवाका पूर्वप्रमूख समेत रहेका नेता मिश्र अर्थ–राजनीतिक विषयमा राम्रो दख्खल राख्छन् ।

(२३) रामकुमारी झाँक्री (एमाले नेतृ)
अखिलको पूर्वअध्यक्ष समेत रहेकी झाँक्रीले स्नातकोत्तर सम्मको औपचारिक अध्ययन गरेकी छिन् । प्रखर वक्ता र निर्भिक स्वाभावका कारण उनी नेपाली राजनीतिमा स्थापित छन् । अध्ध्यनशील स्वाभावकी झाँक्री राजनीतिशास्त्र, समाजशास्त्र, इतिहास र दर्शनमा रुचि राख्छिन् ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger