Latest Updates :

दक्षिणकालीबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा २ मृत्यु २४ घाइते

SHARE THIS POST :

काठमाडौँ । दक्षिणकाली नगरपालिकामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । आज विहान फर्पिङबाट–काठमाडौँ रत्नापार्क आउँदै गरेको बा २ ख ९९९९ नम्बरको यात्रुबाहक बस भन्ज्याङ भन्ने ठाउँमा दुर्घटना हुँदा दक्षिणकाली नगरपालिका–५ का ४२ वर्षीया मन्जु बस्नेत र सोही ठाउँका २५ वर्षीय सुनिल श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनाबाट घाइते भएका उनीहरुलाई उपचारका लागि बयोधा अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।



महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता उमेश रञ्जितकारले बसको अगाडिको चक्का फुत्केर भएको दुर्घटनामा ३१ जना घाइते भएको जानकारी दिनुभयो ।घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बस दुर्घटनापछि अहिले सोही रुट भएर चल्ने सवारी साधन रोकिएका छन् ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger