Latest Updates :

गेम खेल्न नपाएपछि गोली हानेर दिदीको हत्या....

SHARE THIS POST :

लसएञ्जलस । अमेरिकाका एक बालकले भिडियो गेम खेल्न नपाएको झोँकमा आफ्नै दिलीलाई गोली हानेर हत्या गरेका छन् । ६ वर्षीय बालकले भिडियो गेम खेल्न नपाएपछि १३ वर्षीया दिदीमाथि गोली प्रहार गरेका हुन् । दिदीले गेम खेल्ने कन्ट्रोलर नदिएपछि ती बालकले पछाडिबाट बन्दुकले गोली हानेको प्रहरीले जनाएको छ । टोउकोमा गोली लागेकी ती बालिकाको उपचारका लागि अस्पताल लगेका थिए । उपचारका क्रममा उनको मृत्यु भएको हो ।



गोली हानेर दिदीको हत्या गर्ने ती नौ वर्षीय बालकलाई के अपराधमा कसरी मुद्दा चलाउने भन्नेबारेमा स्थानीय पुलिस अलमलमा परेको छ । घटनाका बारेमा अनुसन्धान जारी रहेको बीबीसीले जनाइएको छ । पुलिसले गोली चलाउने ती बालकसँग अहिलेसम्म कुरा गरेको छैन । उनको हातमा कसरी बन्दुक आयो भनेर पनि खोजबिन भइरहेको जनाइएको छ । घटना हुने बेला ती बालककी आमा अर्को कोठामा थिइन् ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger