Latest Updates :

छोरीको हत्या गरेर सुटुक्क जलाउने आमा-बाबु पक्राउ

SHARE THIS POST :
वीरगन्ज । छोरीको हत्या गरेको आरोपमा पर्सा प्रहरीले आमा-बाबुलाई पक्राउ गरेको छ।वीरगन्ज महानगरपालिका १५ भिस्वामा आफ्नै छोरीको हत्या गरेको आरोपमा प्रहरीले स्थानीय ४१ वर्षीय सत्यनारायण वर्णवाल र उनकी कान्छी पत्नी ३० वर्षीया गीता कुमारीलाई पक्राउ गरेको हो।



सत्यनारायणकी जेठी पत्नी स्वर्गीय मन्जु देवीको कोखबाट जन्मिएकी १६ वर्षीया नेहा कुमारी वर्णवालको बुबा सत्यनारायण र उनकी कान्छी पत्नी गीताले गत फागुन १३ गते हत्या गरी प्रहरी र छरछिमेकलाई पनि जानकारी नदिई इ रिक्सामा शव राखेर वीरगन्जको रानीघाटस्थित शम्सानघाटमा पुर्याएर एक डोमलाई ६ हजार रुपैयाँ दिएर जलाउन लगाएका थिए।

प्रहरीका अनुसार, नेहालाई गाउँ घरमा नदेखेपछि छरछिमेकले सोधखोज गरेका थिए। यसरी खोजी गर्दा उनका बुबा सत्यनारायण र सौतेनी आमा गीताले छोरी भारतस्थित फुपूको घरमा गएको बताएका थिए।

त्यसपछि शंका लागेर छिमेकीले प्रहरीलाई खबर गरेको र प्रहरीले मृतक नेहाका बुबा सत्यनारायण र सौतेनी आमा गीतालाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा नेहाको हत्या आफूहरुले नै गरेर शम्सानघाटमा लाश जलाएको बयान दिएको प्रहरी उपरीक्षक गणेश रेग्मीले जानकारी दिए।

मृतक नेताका बुबा सत्यनारायण र सौतेनी आमा गीता कुमारीलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए। अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger