Latest Updates :

डाक्टर हुँ भन्दै बलात्कार गर्ने पूर्वसैनिक पक्राउ....

SHARE THIS POST :


 
काठमाडौं: आफूलाई गंगालाल अस्पतालको डाक्टर बताउँदै एक महिलालाई बलात्कार गर्ने नक्कली पूर्वसैनिक पक्राउ परेका छन्।  पीडित महिलाको उजुरीका आधारमा काठमाडौं प्रहरीले २७ वर्षीय अर्जुन कोइरालालाई पक्राउ गरेको हो ।



उनले एक महिलालाई बिरामी चेकजाँच गर्न गंगालाल अस्पताल आउँदा म पनि डाक्टर हुँ, तिम्रो आमाको उपचारमा म सक्दो सहयोग गर्न सक्छु भन्दै दोस्ती बढाएका थिए । उनले काठमाडौं महानगरपालिका २६ मित्रनगरस्थित होटल गोरखा फूलबारी गेष्ट हाउसमा लगेर महिलालाई पटक–पटक यौन शोषण गरेका खुलेको छ ।

सन्तोष घले नाम बताउदै आएको अर्जुन कोइराला पूर्व सेनाका जवानसमेत भएको प्रहरी अनुसन्धानले देखाएको छ । नेपाली सेनामा कार्यरत रहेका बेला उनलाई जबरजस्ती करणी मुद्दामा जागिरबाट निकालेको अनुसन्धानले देखाएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बताए ।

उनीमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थपी अनुसन्धान कार्य अघि बढाइएको छ । उनको स्थायी घर पाल्पा भएको प्रहरीले जनाएको छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger