Latest Updates :

सुपरस्टार महेश बाबुले लिए आन्ध्रप्रदेशको मुख्यमन्त्रीको शपथ लिँदै ....

SHARE THIS POST :

हैदराबाद। तेलुगु सुपरस्टार महेश बाबुले आन्ध्रप्रदेशको मुख्यमन्त्रीको हैसियतमा शपथ लिएका छन् । शपथ लिँदै गर्दा महेश बाबुले गरेको दमदार भाषणको भिडियो निकै चर्चित भइरहेको छ । आउँदै गरेको फिल्म ‘भरत अने नेनु’को भर्खरै रिलिज भएको टिजरमा महेश बाबु आन्ध्रप्रदेशको मुख्यमन्त्रीको हैसियतमा शपथ लिँदै गरेको देखिएको छ ।



फिल्मको पहिलो टिजर २६ जनवरीमा आएको थियो । अहिले आएको टिजर निकै लोकप्रिय भइरहेको छ । टिजरमा महेश बाबु भन्छन् ‘जब म सानो थिएँ मेरी आमाले भन्नुभएको थियो जे बाचा गर्छौ त्यो पूरा गर । यदि तिमी यसो गरेनौ भने तिमी मानव होइनौ । धेरै वर्ष बिते तर मैले यो कुरा बिर्सिइन । जिन्दगीमा कैयौं मुस्किलको सामना गरें तर आफ्नो बाचाबाट पछि हटिन किनकि म एक मानव हुँ ।’

यो फिल्म अप्रिलमा रिलिज हुने भनिए पनि त्यही महिनामा रजनीकान्तको २.० रिलिज हुने भएपछि यो फिल्मको रिलिज मिति पर सारिएको छ । फिल्मको रिलिज मिति तोकिएको छैन तर फिल्म यही समरमा आउने भने टिजरमा उल्लेख छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger