Latest Updates :

‘चङ्गा चेट’मा आयुष्मान प्रेमिका प्रियंका र पूर्वप्रेमिका परमितासँग अभिनय गर्दै

SHARE THIS POST :

काठमाडौ – दिपेन्द्र के.खनालले निर्देशन गर्न लागेको ‘चङ्गा चेट’ का प्रमूख कलाकार तय भएका छन्। फिल्ममा आयुष्मान देशराज श्रेष्ठ, प्रियंका कार्की तथा परमिता राज्यलक्ष्मी राणा अनुबन्धित भएका छन्।



फिल्ममा आयुष्मान र प्रियंका जोडी हुनेछन्। परमिता आयुष्मानकी पूर्व प्रेमिका हुन् भने प्रियंकासँग आयुष्मानको अफयेर चलिरहेको छ। आयुष्मान र परमिताले दुबैले ‘चपली हाईट २’ बाट रजतपटमा डेव्यु गरेका थिए । फिल्म रिलिजको केही महिनापछि दुई अलग भए ।

एउटै फिल्ममा पूर्वप्रेमिका र प्रेमिकाको अभिनय हुने कुराले फिल्मलाई चर्चा दिलाउने अनुमान गर्न सकिन्छ। त्यो चर्चाको फाइदा फिल्मलाई कति पुग्छ भन्ने कुरा समयले निर्धारण गर्छ। तीनै जना एउटै फिल्म खेल्न तयार हुनुले उनीहरूको फिल्म प्रतिको व्यवसायिक धर्म पछ्याएको देखाउँछ।

स्मरण रहोस बलिउडमा पनि उडता पञ्जाब फिल्ममा शाहिद कपुर र करिना कपुरले सँघै काम गरेका थिए यध्यपी उनीहरू एउटै प्रेममा अटाएका भने थिएनन्। यस फिल्ममा यी तीनको सँगै दृश्य छ की छैन् भन्ने बारेमा निर्माण पक्षले केहि खुलाएको छैन्।

माधव वाग्लेले निर्माण रहने यस फिल्ममा उनीहरूका अलावा ऋचा शर्मा, रविन्द्र झा, सन्दिप क्षेत्री, सन्ध्या केसी आदिको अभिनय रहनेछ।

फिल्ममा निरज कँडेलको छायांकन, प्रदिप भारद्धाजको कथा, अर्जुन पोखरेल र राजनराज सिवाकोटी संगीत छ । छायाँकन जनकपुर, काठमाडौं र पोखरामा हुनेछ
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger