Latest Updates :

गुलियो खानेकुरा धेरै खानुहुन्छ भने यो पढ्नुहोस्

SHARE THIS POST :

केहि खुशीको नतिजा आउँदा वा केहि कामको थालानी गर्दा हामी गुलियो परिकार बाड्ने गर्छौं । गुलियो परिकारले खुशीको क्षणलाई देखाउँछ । लड्डु , पेडा जस्ता गुलियो परिकार मन नपराउने मानिसहरु कमै हुने गर्छन् । गुलियो परिकारले हाम्रो शरीरमा कार्बोहाइड्रेट प्रदान गर्छ । तर गुलियो परिकार हामीले धेरै मात्रामा खान हुदैन । यसले हाम्रो शरीरलाई असर पुर्याउँछ ।



केहि मानिसमा गुलियो धेरै खाएको कारण यसको लत लाग्ने गर्छ । यदि तपाई गुलियो परिकार धेरै खाने गर्नुहुन्छ भने आजै देखि खान छोडिदिनुहोस् ।

गुलियो धेरै खाँदा स्वास्थ्यमा पुग्ने असरहरु यस्ता छन् :

१) यदि गुलयो खानेकुरा खाएपछि निरन्तर थकान महशुस गर्नुहुन्छ भने शरिरमा ब्लड सुगरको मात्रा बढेको हुनुपर्छ । मिठाई र गुलिया खानेकुराले जति हामीलाई कमजोर बनाउँदै जान्छ, यसप्रति आशक्ति पनि त्यत्तिकै मात्रामा बढ्ने हुन्छ ।

२) निरन्तर अत्याधिक गुलियो सेवन गर्नुको अर्को हानी भनेको सुगरको कुलत अर्थात् गुलियो खाने बानी लाग्नु हो किनभने जति बढी चिनी खाइन्छ, त्यति अझै खाने चाहना बढ्छ । निरन्तर गुलियो परिकार खाँदा शरिर र दिमाग लठ्ठ हुन्छ ।

३) गुलियोले छालामा गम्भिर अशर गर्छ । निश्चय नै मानिसको छाला शरिरको ऐना हो, जसले शरिरभित्र के भइरहेको छ भन्ने दर्शाउँछ । चिनिले शरिरभित्र देखाउने हानीको असर बाहिरी छालामा पनि प्रष्ट देखिन्छ । बढी गुलियो खाँदा छाला सुख्खा हुन्छ ।

४) बढी गुलियो खानेकुरा खाँदा मुड निराश र चिन्तित हुने विज्ञहरु बताउँछन् । चिनिका कारण मानिसलाई ‘सुगर ब्लु’ अर्थात् गुलियोका कारण हुने निराशाको सिन्ड्रोम देखिने गरेको विज्ञहरु बताउँछन् । गुलियोले मानिसलाई बढी आक्रमक र आवेगात्मक बनाउँछ । डिप्रेसन र चिन्ताको अतिरिक्त गुलियोले आँखालाई धमिलो बनाउँछ ।

५) गुलियोले प्रतिरोधात्मक प्रणालीलाई दबाइदिन्छ, र दीर्घ रोगको सम्भावना बढाउछ । यदि तपाईलाई बारम्बार रुघा लागेको छ भने चिनि वा गुलियोको परिणाम बढी भएको हुनुपर्छ । गुलियो खाएपछि धेरैलाई खोकी लाग्ने र रुघाले सताउने गर्छ ।

६) गुलियो खाँदा केही दिनमा नै अस्वभाविक तौल बढ्छ । सुगर र परिष्किृत कार्बोहाईड्रेडले शरिरको तौल ह्वात्तै बढाउँछ । तौल घटाउन न्यून फ्याटयुक्त डाइट खानु भएको छ तर गुलियो र अन्य कार्बोहाईड्रेड खान रोक्नु भएको छैन भने तौल घट्दैन, बरु बढ्छ । गुलियोले आमाशय (गट) मा समेत अशर गरी तौल घट्नबाट रोक्छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger