Latest Updates :

तपाईका निधारमा कस्ता रेखाहरु पर्छन्, थाहा पाउनुहोस् यसका अनौठो रहस्य

SHARE THIS POST :

एजेन्सी : समुद्र शास्त्रको अनुसार तपाईको निधारका ७ रेखाले तपाईको भविष्य बताउने विश्वास गरिन्छ । शास्त्रको अनुसार शारीरिक अंगको आधारमा मानिसको व्यक्तित्व र सोचको जानकारी पत्ता लगाउन सकिन्छ ।

शास्त्रले बताएअनुसार तपाईको निधारको रेखाले तपाईको भविष्यको बारेमा धेरै कुरा बताउने गर्दछ ।

मानिसको निधारमा धेरै प्रकारका रेखा हुन्छन् । तर त्यसमध्येमा ७ प्रकारका रेखाहरुले विशेष महत्व राख्ने गर्दछ । ती रेखाहरुमा बुध रेखा, शुक्र रेखा, मंगल रेखा, शनि रेखा, गुरु रेखा, चंद्र रेखा र सूर्य रेखा हुन्छन् ।



बुध रेखा


यो रेखा आखीँभौंको बीचमा बनेको हुन्छ । बुध रेखा हुने व्यक्तिको दिमाग तेज हुन्छ । जुन व्यक्तिको आखीँभौंको बीच हुँदै रेखा दुवै कानसम्म पुगेको हुन्छ ती व्यक्ति निकै बुद्धिमान कहलिन्छ । धनको मामलामा यी मानिसहरु निकै भाग्यमानी हुन्छन् । र आफ्नो धन नोक्सान हुन दिदैनन् ।

शुक्र रेखा


माथिको तस्विरमा देखाएजस्तै शुक्र रेखा निधारको ठीक बिच भागमा हुन्छ । जुन मानिसको निधारमा यो रेखा हुन्छ त्यस्ता मानिसहरु घुम्न ज्यादै रुचाउँछन् । साथै यी व्यक्तिहरु निकै भाग्यमानी पनि हुन्छन् । भनिन्छ, जो मानिसको यो रेखा गहिरो हुन्छ त्यो मानिस निकै नै भाग्यमानी हुने बताइन्छ ।

मंगल रेखा


मंगल रेखा शुक्र रेखा भन्दा माथिपट्टि हुन्छ । यो रेखा निधारको ठिक बिच भागमा हुन्छ । जुन व्यक्तिको निधारमा यो रेखा हुन्छ ती व्यक्ति विलकुल स्पस्ट हुन्छन् । यिनीहरुको भित्र क्षमता र कुनै पनि कुरा गरेर देखाउने खालको प्रवृत्ति हुन्छ ।

गुरु रेखा

मंगल रेखाको बिल्कुल माथि हुने रेखालाई गुरु रेखा भनिन्छ । जो मानिसको निधारमा यस्तो रेखा हुन्छ ती मानिसहर सामाजिक स्वभावका हुन्छन् । यी मानिसहरु आध्यात्मिक स्वभावका हुन्छन् । पापी स्वभावका मानिसको निधारमा यस्तो रेखा हुँदैन । यिनीहर धन कमाउन खासै रुचि राख्दैनन् । र जिद्धि स्वभावका हुन्छन् ।

शनि रेखा

गुरु रेखा निधारको सबैभन्दा माथि शनि रेखा हुन्छ । यो रेखा गहिरो र स्पष्ट हुने मानिस धनवान हुन्छन् । किनकी यस्ता मानिसहरुमा धन कमाउने तीव्र इच्छा हुन्छ । यो रेखा धेरै लामो भने हुँदैन ।

चन्द्र रेख

देव्रे आखीँभौको ठीक माथिपट्टि चन्द्र रेखा हुन्छ । यो रेखाले मानिस कति धनवान् हुन्छ भनेर बताउँछ । यदि यो रेखा कतै टुटेको छ भने जीवनमा ज्यादै ठूलो संकट आइपर्छ । यो रेखा हुनेहरुले जीवनमा निकै सफलता पाउँछन् ।

सूर्य रेखा

दाहिने आँखीभौँको माथि हुने रृेखालाई सूर्य रेखा भनिन्छ । यदि यो रेखा निधारमा स्पस्ट र गहिरो छ भने त्यस्ता व्यक्ति निकै भाग्यमानी हुने बताइन्छ । यो रेखा छैन भने जीवनको मुख्य बिन्दुहरूमा धेरै बाधाहरू सिर्जना गर्दछ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger