Latest Updates :

नेपाल सरकारले मंगलबारदेखि फेसबुक बन्द गर्दै, कारण यस्तो छ

SHARE THIS POST :

काठमाडौं, ११ चैत । कर्णाली प्रदेश सरकारले मंगलबारदेखि कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउने भएको छ।जनताको कामभन्दा फेसबुकमा कर्मचारी व्यस्त हुन थालेपछि प्रदेश सरकारले फेसबुकमा प्रतिबन्ध लगाउन लागेको हो।प्रदेशका सरकारी कार्यालयमा कार्यालय समयमा फेसबुक चलाउन प्रतिबन्ध लगाउनका लागि गृहकार्य सुरू भएको छ।



पहिलो चरणमा प्रदेश सरकारका सबै मन्त्रालयमा मंगलबारदेखि फेसबुक चलाउन पाइने छैन। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विस्तारै प्रदेशभरिका सरकारी कार्यालयमा कार्यान्वयन गरिने जानकारी दिए। उनले क्षेत्रीय तथा जिल्ला कार्यालयहरू प्रदेश सरकार मातहत नआएकाले तत्कालका लागि मन्त्रालयहरूमा मात्रै कार्यालय समयमा फेसबुक नचल्ने बनाइने बताए।

‘कर्मचारीले फेसबुक चलाउने समय जनता र प्रदेशको समृद्धि र विकासका लागि काम गरुन् भन्ने हो’ उनले भने, ‘यो आवश्यक पनि छ।’ आइतबार इन्टरनेट सेवा प्रदायक संस्थाहरूसँग मुख्यमन्त्री शाहीले फेसबुकमा प्रतिबन्ध लगाउने विषयमा छलफल गरेका छन्। सुर्खेतसहित प्रदेशका बाँकी जिल्लामा सरकारी स्वामित्वको नेपाल टेलिकमसहित वल्र्ड लिङ्क, सुविसु, टेक माइण्ड्स र सुर्खेत केवल नेटले इन्टरनेट सेवा प्रदान गर्दै आइरहेका छन्।

कार्यालय समयभित्र फेसबुक बन्द गर्ने कार्यमा सहयोग गरिने वल्र्डलिङ्कका सुर्खेत प्रमुख नवराज पंगालीले बताए। उनका अनुसार प्रदेश सरकारले सोमबार औपचारिक रूपमा फेसबुक नचल्ने बनाउनका लागि पत्र पठाउने छ। पत्रका आधारमा मंगलबारदेखि प्रदेश मन्त्रालयहरूमा बिहान १० बजेदेखि बेलुका पाँच बजेसम्म फेसबुक नचल्ने बनाइने पंगालीले जानकारी दिए।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger