Latest Updates :

यस्ती युवती जस्ले आँफुलाई दुर्व्यवहार गर्ने युवकसँग सेल्फी खिचेर उनीहरुले बोलेका अपशब्द नै सामाजिक संजालमा पोष्ट गरिदिइन्

SHARE THIS POST :
 
एजेन्सी । केटीहरुलाई जिस्काउँदै हिँड्ने केटाहरुलाई एक युवतीले कडा सवक सिकाएकी छिन् । एम्स्टरडमकी २० वर्षिया विद्यार्थी नोया जन्स्माको कार्यले यो हिंसालाई बाहिर ल्याएर बहुचर्चित बनेकी छिन् ।



प्रत्येक दिन यो हिंसाको शिकार भएकी नोयाले चुप लागेर बस्नुभन्दा केही गर्नु उचित ठानेपछि आँफुलाई अबशब्द बोल्दै जिस्काउने केटाहरुलाई सबक सिकाउन उनले सेल्फी लिने र उसले भनेका शब्द सहित उक्त अकाउन्टमा फोटो पोस्ट गरिदिएकी छिन् ।

पुरुषहरुले महिलालाई गर्ने व्यवहार र त्यसले महिलालाई पार्ने मानसिक असर देखाउन यस्तो अनौठो काम गरेर त्यस्ता दुब्र्यबहार गर्ने केटाहरुलाई सबक सिकाउन चाहेको बताइन् । नोयाको यो कामलाई उनको देशका अधिकांश व्यक्तिले साथ दिएको बताइएको छ ।

फलस्वरुप नोयाको देश नेदरल्यान्ड्सले जनवरी १ , २०१८ देखि लागु हुने गरि यस्तो कार्य गर्ने जोसुकैलाई कडा कारबाही गर्ने कानुन ल्याएपछि यो कदमको विश्वभर चर्चा भएको छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger