भगवान विष्णु र शेषनागबीच कस्तो सम्बन्ध छ ? शेषनागले कसरी विष्णुलाई गरेका थिए मद्दत ? जान्नहोस्
ब्रह्मा ब्रह्माण्डका सृष्टिकर्ता हुन् भने विष्णु पालनहार र शिव संहारक हुन्। ब्रह्मा,विष्णु र शिवलाई त्रिदेवको नामले पनि पुकारिन्छ।
भगवान विष्णुका बहान गरुड हुन् भने शेषनाग विष्णुका अति प्रिय छन् र उनी सधैँ शेषनाग माथी आराम गरिरहेका हुन्छन्,यसलाई अनन्त शैया पनि भनिन्छ।शेषनाग पनि विष्णुका अनन्य भक्त हुन्।शेषनाग सँगै माता लक्ष्मी पनि विष्णुको चरणमा र सेवामा उत्तिकै समर्पित हुन्छिन्।
शेषनाग भगवान विष्णुका उर्जाका प्रतिक हुन्,जसमाथी विष्णु आराम गर्छन्। शेषनागले आफ्नो कुण्डलीमा सबै ग्रहहरुलाई राखेका छन् र भगवान विष्णुको मन्त्रको उच्चाहरण गर्छन्।
शेषनाग भगवान विष्णुका रक्षक पनि हुन्। जब महाभारतमा विष्णुका अवतार कृष्णलाई कंसको हातबाट मर्नबाट बचाएर वासुदेवले गोकुल लैजान समुन्द्र तर्न लाग्दा आएको आँधीबेहरीबाट शेष नागले उनको रक्षा गरेका थिए।
विष्णुले रामको रुप लिएर रावणको अत्याचार र कृष्णको रुप लिएर कंस र कौरवहरुको अत्याचार समाप्त पारेका थिए। विष्णुको हरेक अवतारमा शेषनाग पनि सँगै अनेक अवतारमा धर्तीमा आएका थिए। त्रेता युगमा रामका भाई लक्ष्मणको रुपमा र द्धापर युगमा कृष्णको दाई बलरामको रुपमा विष्णुलाई साथ दिएका थिए।
शेषनागको पराक्रम र प्रभाव गन्धर्व,अप्सरा,सिद्ध,किन्नर,नाग आदिलाई पनि थाहाँ छैन, त्यसैले शेषनागलाई अनन्त पनि भनिन्छ। सारा सृष्टिको विनाशपछि शेषनाग मात्रै बाँकी रहनेछन्।
Related Posts you might like to see :
लेबल:
Featured