Latest Updates :

यी ५ खानेकुरा जसले कपाल झर्छ...

SHARE THIS POST :

कपाल झर्ने,तालु खुइलिने जस्ता समस्या आजकल निकै बढ्दो छ। खासगरी यो समस्या उमेर छिपीए पछि देखा पर्ने हो तर अहिलेको समयमा यो समस्या जवानीमै भोगी रहनु परेको छ । कपाल झर्नुको कारण थुप्रै छन् जसमा रोग, बंशानुगत साथै खानपिनमा पनि भर पर्छ । खानपिनले पनि हाम्रो जीवनमा धेरै महत्वपुर्ण रोल खेलेको हुन्छ । खानपिन बाट पनि स्वास्थ्यमा अनेक किसिमका असर पर्छ त्यस्तै कपालमा पनि खानाले असर गरिरहेको हुन्छ । जान्नुहोस कस्ता किसिमका खानेकुराले यस्तो असर गर्छ ।


१) तारेको खानेकुरा : तारेको खानेकुरा अत्याधिक मात्रामा खानाले तेलको मात्रा बढ्छ र कपालमा भएको प्वाल बन्द हुन जान्छ जसका कारण कपाल तिब्र रुपमा झर्छ ।

२) मिठाई : गुलियोले रगतमा चिनीको मात्रा बढ्छ जसले गर्दा हेयर फोलिक्ल्स खुम्चिन्छ र कपाल झर्छ ।

३) कार्बोनेटेड पेय पदार्थ : कोकाकोला,सोडा जस्ता अरु पेय पदार्थमा चिनी र सोडाको मात्रा बढी हुन्छ त्यसैले कपाल झर्छ ।

४) रक्सि : रक्सि खादा शरीरमा जिंकको शेचन ढिलो हुन्छ र अत्याधिक मात्रामा कपाल झर्छ ।

५) प्रेस्ट्रिज र केक : यसमा हुने मैदा र चिनीले एण्ड्रोजन हर्मोन बढाउछ जसले गर्दा तिब्र रुपमा कपाल झर्छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger