Latest Updates :

मुख धुँदा भुलेरपनि गर्न नहुने यी ५ गल्ती ....

SHARE THIS POST :


मुख धुने काम भनेको एकदमै सजिलो काम हो, तर सजिलै काम गर्दा पनि विशेष ध्यान पुर्याउन सकिएन भने त्यसले विभिन्न किसिमका नकारात्मक समस्याहरू ल्याउन सक्छ – डण्डिफोर आउने, छाला चिलाउने, छाला फुस्रो हुने, आदि। फेरि यो डण्डिफोर भनेको यस्तो समस्या हो जुन हाम्रो प्रतिरक्षा शक्तिको कारण पैदा हुन्छ।



मतलब छालामा भएका सुक्ष्म प्वालहरूमा विभिन्न किसिमका फोहोर अनि ब्याक्टेरियाहरू टाल्लिएर बसेका हुन्छन्, जसले गर्दा सङ्क्रमण हुन थाल्दछ। त्यसपछि हाम्रो प्रतिरक्षा प्रणालीको मूख्य अङ्ग ‘सेतो रक्तकोष’ले ती सबै सङ्क्रमित कोषहरूलाई एकै ठाउँमा जम्मा गरेर डण्डिफोरको रूपमा बाहिर पठाउने गर्दछ।

भनेपछि यसको मूल कारण के रहेछ त भन्दा, हाम्रो छालामा भएका स-साना प्वालहरू टाल्लिनु। अनि हामीले मुख धुँदा विचार पुर्याएनौँ भने यो समस्यामा झन् झन् वृद्धि हुँदै जान्छ।
मुख धुँदा तपाईँले के-कस्ता गल्तीहरू गर्नुहुन्छ त?

१. हात नै नधोइ अनुहार छुनु,

गल्ती : राति सुत्दा हाम्रो हत्केलामा अनेकौँ प्रकारले फोहोर टाँस्सिन्छन्। अनि दिउँसो भरि यताउता काम गर्दा पनि हातमा फोहोर लागेको हुन्छ। त्यसपछि अनुहार धुने बेलामा हातले सिधै अनुहारलाई छुने गल्ती गर्छौँ। यसो गर्दा हत्केलामा टाँस्सिएका फोहोर र ब्याक्टेरिया अनुहारमा सर्दछ र झन् बरबाद हुन जान्छ।
गर्ने के तः त्यसैले एकैचोटि अनुहार पखाल्नुभन्दा पहिला हातलाई राम्रोसँग पखाल्नुहोस् अनि बल्ल अनुहार सफा गर्न लाग्नुहोस्।

२. जुन पायो त्यहि साबुनको प्रयोग

गल्ती : खासमा भन्ने हो भने, अनुहार धुँदा साबुनको प्रयोग गर्नु राम्रो होइन। फेरि सबै साबुन एकै किसिमका पनि हुँदैनन्। अधिकांश साबुनमा हाम्रो छालामा रहेका फाइदाजनक ब्याक्टेरियाहरूलाई मार्ने खालका रसायनहरू मिसाइएका हुन्छन्, जसले गर्दा मुहारको छालामा एलर्जी हुने, चिलाउने, फुस्रो हुने समस्या देखा पर्दछ।

गर्ने के त :  त्यसैले मुख धुँदा सफा पानीले मात्रै धुनु उचित हुन्छ। यदि साबुन नै प्रयोग गर्नुहुन्छ भने एण्टिब्याक्टेरियल साबुनको मात्रै प्रयोग गर्नुपर्दछ।

३. तातो पानीको प्रयोग

गल्ती :  विशेष गरी जाडो मौसममा मानिसहरू चिसो पानी छुन डराउँछन्। अनि नुहाउँदा, मुख धुँदा तातो-मनतातो पानीको प्रयोग गर्छन्। तर उनीहरूले यो विचार गर्दैनन् कि, तातो पानीले अनुहारको चिल्लोपना हटाउँदछ र राम्रा ब्याक्टेरियाहरूलाई नष्ट गरिदिन्छ, जसले गर्दा अनुहार फुस्रो हुने, एलर्जी हुने हुन्छ।

गर्ने के त : सकेसम्म चिसो अनि सफा पानीले नै अनुहार पखाल्नु आवश्यक हुन्छ। यदि अत्ति नै जाडो भएमा धेरै तातो होइन, हलुका मनतातो बनाएर धुनुपर्दछ।

४. फोहोर तौलियाको प्रयोग

गल्ती : ठीकै छ ल, मुख धुँदा सबै विधि पुर्याएर धुनुभयो, अब तपाईँले गर्ने गल्ती भनेको के हो थाहा छ? फोहोर तौलियाले अनुहार पुछ्ने! बरु नपुछ्नुस्, त्यत्तिकै सुक्न दिनुस्, तर फोहोर लुगाले पुछ्ने काम नगर्नुहोस्। ल त्यो पनि ठीकै छ, तौलिया सफा नै छ, अब अधिकांशले के गर्छन् भन्दा तौलियाले जथाभावी अनुहारमा रगड्न थाल्छन्। के सिसा पुछेको हो र?

गर्ने के त : अनुहार भनेको तपाईँको सुन्दरता अनि व्यक्तित्वको पहिचान गराउने महत्वपूर्ण अङ्ग हो। त्यसैले यसको विशेष ख्याल गर्नुपर्दछ। सफा तौलियाले हलुकासँग नरगडि पुछ्नुपर्दछ।

५. दिनको एकचोटि मात्रै अथवा धेरै चोटि धुने

गल्ती : चिनी थोरै भए मिठो हुँदैन भने धेरै भए तितो हुन्छ। मुख धुने काम पनि यस्तै हो। अधिकांशले विहान उठेर मुख धुन्छन् अनि दिनभरी काम गरेर बेलुका मुख धुन बिर्सन्छन्। फेरि कोहि-कोहि यस्ता पनि हुन्छन्, जसलाई घण्टै पिच्छे मुख धोइराख्नुपर्ने हुन्छ। यी दुवै काम फिटिक्कै गर्नुहुँदैन।

गर्ने के त :  राति सुत्दा सिरानी अथवा सिरकबाट अनुहारमा लागेको फोहोरमैलालाई त विहान धोइन्छ। अनि दिनभरी धुँवा धूलोमा हिँडेपछि पनि त अनुहारमा फोहोर टाँस्सिएको हुन्छ। त्यसैले बेलुकी पनि एकचोटि अनुहार धुनु अनिवार्य हुन्छ। तर धेरै चोटि मुख धोइराख्नु पनि नराम्रो बानी हो। अत्ति नै भएमा, दिउँसो एकचोटि धुँदा पनि केहि फरक पर्दैन ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger