Latest Updates :

​थाहा पाई राख्नु होस् ....धेरै पानी पिउनाले हुने ५ खतरनाक हानी .....भिडियो हेर्न तल क्लिक गर्नुहोस .......

SHARE THIS POST :

पानी स्वास्थ्यको लागि अति आवश्यक र फाइदाजनक छ भनेर थाहा नपाउने मानिस कमै होलान । भन्छन् नि देख्यो कि खाने कुरा हो रे पानी । तर फाइदा हुन्छ भन्ने थाहा पाए, सित्तैमा पाएपछि मानिस जुनसुकै कुरा पनि खान र पाउनका निम्ति हतारिन्छन् र त्यसको असरको बारेमा, त्यसबाट हुने हानीको बारेमा सोच्दैनन् । हेरौं पानी जस्तो महत्वपूर्ण चिज पनि खान नजान्दा कस्तो खालको हानी हुँदो रहेछ त ।
१.धेरै पानी पिउनाले रगतमा नुनको मात्रा आवश्यकता भन्दा कम हुन्छ । यस अवस्थालाई हाइपोनाट्रिमिया भनिन्छ । डिहाइड्रेड शरीरलाई रिहाइड्रेट गर्ने चक्करमा बढी पानी खानाले यस्तो हुन्छ । यस्तो अवस्थामा मानिसलाई टाउको दुख्ने,उल्टी हुने,पटक पटक पिशाब लाग्ने जस्ता समस्या त हुन्छ हुन्छ जस्का कारणले मृत्यु समेत हुन सक्छ ।


२.जब कुनै मानिस छोटो समयमा धेरै पानी पिउँछ भने मृगौलाले सजिलै सँग पानीलाई फिल्टर गरेर बाहिर पठाउन सक्दैन । जब मृगौलाले पानीलाई सजिलै सँग फिल्टर गर्न सक्दैन पानी शरीरमा अनावश्यक रुपमा जम्मा हुन थाल्छ । यो पानी शरीरका अन्य भागमा साथै मसिना सेल्सहरुमा जम्मा हुन थाल्छ र शरीर बेलुन झैं फुल्न थाल्छ । यो क्रम दोहोरि रह्यो भने मृगौलाले काम गर्न छोड्छ जसका कारण मानिसको  मृत्यु हुन सक्छ ।


३.हाम्रो शरीरको केही सेल्सहरु धेरै फैलन सक्ने हुन्छन तर दिमागका सेल्सहरु भने अरु अङ्गका सेल्सहरु जस्तो फैलन सक्ने क्षमताका हुँदैनन् । जब मानिसले पानी धेरै पिउँछ पानी दिमागका सेल्स सम्म पुग्छ र जब ति सेल्सको क्षमता भन्दा बढी पानी त्यहाँ जान थाल्छ रगत पातलो हुन थाल्छ । त्यसपछि दिमागमा त्यसको नराम्रो असर पुग्छ जस्का कारण मानिसको मृत्यु हुन सक्छ ।


४.धेरै पानी खानाले मानिसलाई पटक पटक शौचालय धाइरहनु पर्ने अवस्था आउँछ । दिनमा यस्तो अवस्था आए त जसो तसो त्यसको सामना गर्न सक्छ तर रातमा यस्तो अवस्था आएमा मानिसको निद्रा पुग्दैन । यसको कारण मृगौलाले स्फूर्त रुपमा काम गर्न सक्दैन किनकी पानीको बोझलाई धान्न सक्दैन  जसका कारण पनि मानिसको मृत्यु हुन सक्छ ।


५.खाना खाने बित्तिकै पनि पानी पिउनु गलत हो । शरीरको खाना पचाउनको लागि पनि गर्मिको आवश्यकता पर्छ । शरीरमा तापक्रम सन्तुलित राख्न र खाएको खानालाई शक्तिमा बदल्नको लागि पनि खाना खाने वित्तिकै पानी पिउनु हुँदैन । पानी धेरै पिउँदा शरीरको तापक्रम कम हुन गई पाचनप्रक्रियामा अबरोध पुग्नुका साथै शरीरलाई चाहिने आवश्यक तापक्रम नपुग्दा विभिन्न किसिमको समस्या आइलाग्छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger