काठमाडौं । छोटो लुगा र उत्तेजित स्टेज प्रस्तुतिका कारण विवाद तथा चर्चामा आइरहने गायिका ज्योति मगर फेरि चर्चामा आएकी छन् । प्राय विदेश र स्वेदशका स्टेजहरुमा उत्ताउला कपडामा लगाएर मच्चीमच्ची दोहोरीमा रमाउने ज्योति यसपटक अलि फरक कारणले चर्चामा आएकी छन् । यसअघि उनको छोटो बस्त्र मात्र होइन, स्टेजमा उभियो कि केटाहरुलाई आइ लभ यू भनिहाल्ने स्वभावका कारण पनि निकै चर्चा पाउने गर्थिन । युवा दर्शकलाई सँगसँगै नचाएर स्टेज तताउने भएका कारण उनलाई बिभिन्न देशमा गएका नेपालीहरुले बोलाएर कार्यक्रम पनि गर्ने गरेका छन् । रोल्पा घर भएकी गायिका तथा मोडल ज्योतिले केही गीती एल्वमहरु पनि निकालेकी छन् । साथै उनले केही गीतको म्यूजिक भिडियोमा अभिनय पनि गरेकी छन् । केही समय अघि ज्योतिले आफूलाई सामाजिक सञ्जाल र केही ब्लगहरुले निकै खेदो खनेको र आफ्नो चरित्र हत्या गर्न खोजेको भन्दै प्रेस काउन्सील र प्रहरीमा उजुरी दिएर चर्चामा आइन । त्यसपछि उनले अभिनय गरेको तीज गितको भिडियोले पनि उनलाई निकै चर्चा र विवादमा ल्यायो ।
उनले अभिनय गरेको चोरी खान पल्केको ढाडे विरालोमा केही दृष्यहरु निकै भड्किला रहेको टिप्पणी भयो । यसपटक उनको एउटा अर्को भिडियो सार्वजनिक भएको छ । त्यो भिडियो उनले अभिनय गरेको सर्ट मूभीको हो । नेपालको रुढिवादी समाजको चित्रण गर्न खोजिएको १० मिनेटको चलचित्र भाँडोमा उनको अभिनय फेरि चर्चामा छाएको छ । दीपा बस्नेतले निर्देशन गरेको यो सर्ट मूभी साहित्यकार गोविन्द मल्ल गोठालेको भाँडो कथामा आधारित रहेको छ । ज्योति सहित बराज खड्का, शान्ति गिरि, लक्ष्मण न्यौपाने, युगज्योति क्रियाशिल र शुसीला जोशिकाको अभिनय रहेको यो मूभीमा ज्योतिले एक गाउँले आइमाइको भूमिका निर्वाह गरेकी छन् । जहाँ उनले गाउँको सार्वजनिक धारोमा भाँडा माझिरहेको नोकर देवरलाई उतार सारेर उसकै अगाडि नुहाएको दृष्य छ । परबाट अर्को मान्छे आउँदा शर्माएर लुगाले शरिर छोप्ने उनी अगाडि भाँडा माझिरहेको नोकरको भने कुनै लाज शरम मान्दिनन् । भिडियो हेर्न तलको बक्समा क्लिक गरि हेर्नुहोला.....