२ पुस, काठमाडौं ।
विश्वका बैज्ञानिकहरुले नेपालमा गत बैशाखमा गएको बिनाशकारी भूकम्पका कारण अनुमान गरिए भन्दा निकै कम क्षति भएको निश्कर्ष निकालेका छन् ।
भूकम्प पछि पहिरो र हिमनदी फुटेर निकै ठूलो क्षति हुने अनुमान गरिए पनि निकै कम मात्रै पहिरो गएको भूगर्वविद्हरुको भनाई छ ।
भूकम्पपछि नेपालको स्याटलाइट तस्वीर अध्ययन गरेका बैज्ञानिकहरुले हालै एक अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ४ हजार ३ सय १२ वटा मात्रै पहिरो गएको उल्लेख गरेका छन् ।
नेपालमा अझै ठुलो भुकम्पको खतरा, सबै तनाब निस्कन नसकेको र पश्चिमतर्फ सरेको दाबी
भूकम्पलगत्तै बैज्ञानिकहरुले नेपालमा १० हजार भन्दा बढी पहिरो जाने बताएका थिए । शक्तिशाली भएपनि एकनासको कम्पन र भू बनोटको संरचनाका कारण कम क्षति भएको हुनसक्ने बैज्ञानिकरुले अनुमान गरेका छन् ।
भूकम्पकै कारण नेपालका हिमताल फुट्ने खतरा औंल्याएका भूगर्वविद्हरुले त्यस्तो केही प्रमाण नपाइएको पनि बताएका छन् । सबैभन्दा खतरनाक मानिएको च्छो रोल्पा हिमतालमा पनि कुनै क्षति नभेटिएको बैज्ञानिकहरुको भनाई छ ।
अमेरिकाको एरिजोना विश्वविद्यालयका प्राध्यापक बैज्ञानिक जेफ्री कार्गलको नेतृत्वमा विश्वका भू बैज्ञानिकहरुले गरेको अध्ययन प्रतिवेदन सनफ्रान्सिसकोमा भएको भूगर्भविदहरुको विश्वकै ठूलो भेलामा पनि प्रस्तुत गरिएको छ ।
साइन्स म्यागेजिनमा समेत प्रकाशित अध्ययन प्रतिवेदनमा अनुमान गरिएभन्दा निकै कम क्षति भएको भन्दै बैज्ञानिकहरुले आश्चर्य प्रकट गरेको बिबिसीले जनाएको छ ।source:npheadlines