विवाहमा दुलाहाभन्दा दुलही अगाडि हुन्छिन्, किन ?... जानी राखौ.........भिडियो हेर्न तल क्लिक गर्नुहोस....
सिन्दुर पोतेसँग पूरै जिन्दगी साट्ने मान्छे अघि नै हुनुपर्छ नि ।
संस्कृति केसी
दुलही लक्ष्मी भएकाले ।
ललिता
महिलालाई पहिलो प्राथमिकता दिएकाले ।
जीवन खनाल
विवाह अर्थात् घरपरिवार र महिलाले भन्दा राम्रोसँग घर अरूले चलाउन सक्दैनन् । त्यही भएर जिम्मेवारी दिएर अघि हिँड्न लगाइएको हुनुपर्छ ।
क्षितिज
दुलहीका लागि भाग्ने अन्तिम मौका आजै हो सक्छस् भने भाग भनेर ।
गोविन्द कार्की
आफू त अविवाहित परियो । कहाँबाट यस्ता कुरा थाहा हुनु हजुर ?
जेनिथ
पछाडि राखे मण्डपबाटै सुँइकुच्चा ठोक्लिन भनेर । अगाडि लगाइ दियो टन्टै साफ ।
केस भट्टराई
दुलहीले मात्र नयाँ दुलाहाको सृष्टि गर्ने भएकाले ।
सन्जय
दुलाहा दुलहीको आकर्षणले तानिदै–तानिदै पछिपछि लाग्नुपर्ने मनोवैज्ञानिक कारण र दुलहीको सुरक्षा ।
सिमलटारे माइलो
दुलही नयाँ हुन्छिन् त्यही भएर ।
प्रकाश गौतम
आखिर बाटो देखाउने महिला नै हुन् नि ।
अनु खनाल
शास्त्रीय मान्यताका सम्बन्धमा त थाहा छैन । समाज पहिले नारीप्रधान थियो भन्ने कुरा कतै पढेको थिएँ । त्यसकै निरन्तरता हुन सक्छ ।
गजेन्द्र बुढाथोकी
महिलालाई प्राथमिकता दिउँ भनेर ।
चन्दन गुप्ता, रूपेश श्रेष्ठ
छुट्टिएर भाग्न खोजेका पो हुन् कि ?
सीमित राजवंशी
नयाँ जिन्दगीको सुरुवात भयो, अब सधैं यसरी नै अघि बढ्नुपर्छ भनेर होला नि ।
यात्री हिन्दू सविन
त्यो दिनदेखि मुसिबत आगाडि लाग्यो भन्ने संकेत हो ।
वासु जोशी
नयाँ जीवनको सुरुवात भएर ।
श्याम खत्री
सँगै हुँदा लाज लाग्छ, त्यही भएर ।
विनोद पौडेल
पछाडिबाट अर्को केटासाथीसँग भाग्छिन् कि भनेर ।
ओमबहादुर थापा
विवाहपछि दुलाहालाई सधैं पछि पार्न ।
त्रिकालदर्शी महापुरुष
पुरानो केटा साथीले हमला गरिहाले दुलाहाले बचाउने हुनाले ।
बाटोघरे कान्छा
दुलहीको पुच्छर ‘नयाँ दुलाहा’ भेटियो भनेर हो कि ?
काफ्ले पीके पंकज
पुरुषको कुनै राम्रो कामको पछाडी महिलाको हात हुन्छ । त्यही भएर ।
कृष्ण राज
महिलालाई पहिलो प्राथमिकता दिइएकाले ।
निर्विकल्प साथी मगर
अब दुलाहाले जीवनभर अरूको पछाडि लाग्न
पाउँदैन, दुलहीकै मात्र पछि लाग्नुपर्छ भनेर ।
अमिस ढुंगाना
म त अहिलेसम्म एक्लै छु । त्यही भएर केही जानकारी छैन ।
विश्वास राई
दुलाहापछाडि भयो भने त खतरा भैहाल्यो नि ।
ओशन दाहाल
मैले त विवाह नै गरेको छैन । त्यसैले केही थाहा छैन ।
वर्षा
दुलहीलाई पछाडि लगाउँदा माइतीतिरै जाने हुन् कि भनेर अघि लगाइएको होला ।
निर्मला श्रेष्ठ
हरेक कुराको पहिलो भाग उनले लिन पाउन् भनेर ।
सुमन धिताल
सधै महिलालाई प्राथमिकता दिइन्छ नि त ।
मदन मल्ल, बिपिन कुमार भट्टराई, बिजु बाबु
खुसी भएर ।
बालकृष्ण
छिटोछिटो गएर त्यो घरमा राज गरौं भन्ने सोच हो कि ?
टेकेन्द्र विष्ट मधुपवन
लेबल:
Amazing