२०७२ पुष ३ गते.....
३ पुस, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा सातसय रुपैयाँले घटेको छ । छापावाल सुन आज प्रतितोला ४७ हजार ७ सय रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनााएको छ ।
iबिहीबार सुन प्रतितोला ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । हिजो भने सुनको मूल्य स्थिर थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटेपछि त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको महासंघले जानकारी दिएको छ ।
शुक्रबार तेजावी सुनको मूल्य भने ४७ हजार ४ सय ५० रुपैयाँ तय भएको छ । चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । हिजो ६ सय ७५ रुपैयाँमा किनबेच भएको चाँदी आज ६ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अमेरिकी केन्द्रीय बैंकले १० बर्षमा पहिलोपटक ब्याजदर बढाएपछि सुनको मूल्यमा गिरावट आएको हो । यसैको प्रभावका कारण सुनको मूल्य अझै घट्नसक्ने व्यवसायीहरु बताउँछन् ।
- See more at: http://www.onlinekhabar.com/2015/12/364215/#sthash.mFrgO1S4.dpuf