दिपाश्री जापान पुग्दा रंग पत्रकारलाई चिन्ता..... दिपकले दिए यस्तो जवाफ.......
पुस १५, २०७२
दिपाश्री जापान पुग्दा रंग पत्रकारलाई चिन्ता, दिपकले दिए यस्तो जवाफ ।
दिपाश्री निरौला र दिपकराज गिरी अहिले जापानमा छन् । अंग्रेजी नयाँ वर्षमा दर्शक हँसाउन उनीहरु जापान गएका हुन् । गलकोट समाजले आयोजना गर्ने कार्यक्रममा दिपक दीपाको विशेष प्रस्तुति रहनेछ । तीन वटा प्रस्तुति दिएर स्वदेश फर्किए लगत्तै नयाँ फिल्मको काम सुरु गर्ने उनीहरुको योजना छ । वडा नम्बर ६ ले दर्शकको गतिलो माया पाए पछि हौसीएका हाँस्यकलाकारको टोलीले वि.सं २०७३ सालमा दुई वटा फिल्म बनाउने लक्ष्य राखेको छ ।
दर्शक हँसाउन दिपा जापान पुगेको थाहा पाउँदा रंग पत्रकारले फेसबुकमार्फत चिन्ता पोखेका छन् । उनले दिपा तस्वीर पोस्ट गर्दै,“यी नानी म सङ किन रिसाइन किन रिसाइन । फोन मा कुरा न भको दिन हुदैन्थ्यो अचेल धेरै दिन भयो कुरा न भको । जापान गकिछिन रे भनेको सुने । जहाँ भए पनि खुशी रहनु अनि यो दाइ लाई न बिर्सनु । उत्तरोत्तर पर्गती को शुभकामना छ है बैनि” लेखेका छन् । प्रकाशले लेखेको टाटसमा दिपाले यस्तो प्रतिक्रिया दिएकी छिन् । “हेहे मेरो प्यारो दाई, हजुरलाई बिर्सीने त कुरै आउँदैन । म तपाईँलाई जहिल्यै सम्मान गर्छु । माया गर्छु । मीस यु, लभ यु प्यारो दाई ।” दिपाको प्रतिक्रियाको तल दिपकले ठट्यौली गर्दै, लौ के आइलाग्यो यो ? लेखेका छन् ।
लेबल:
News