राती सुत्नु अघि भूलेर पनि नखानुहोस् यी खानेकुराहरु…...भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....
खाना खाने कुरामा मानिसहरुको आ-आफ्नै बानि हुन्छन् । कतिपय मानिसलाई साँझ नपर्दै खान मन पर्छ भने कतिलाई राति ढिलो खान मन लाग्छ । शरीरमा पनि यो बानिको असर परिरहेको हुन्छ । रातिमा खाएको खानाको असर निद्रामा समेत पर्छ ।
रातिमा सुत्नु अघि खाना खानु राम्रो कुरा होइन । यसको नकारात्मक असरले तपाइँलाई गहिरो निद्रा नपर्ने समस्या हुन्छ ।
चिप्सः
चिप्स जस्ता मसलेदार र तारेका खानेकुरा पनि रातिमा खानु उपयुक्त हुँदैन । यसमा मोनोसोडियम ग्लूटाडियम ग्लूटामेट हुने हुँदा रातिमा खाँदा निद नलाग्ने र अन्य समस्या आउन सक्छ ।
चकलेटः
सुत्नु अघि डार्क चकलेट खानु हुँदैन । डार्क चकलेटमा क्याफिन र अन्य घातक तत्वहरु हुन्छन् । यसले मुटुको समस्या बढाउँछ र निद्रा नलाग्ने समस्या हुन्छ ।
पिज्जाः
पिज्जा पनि रातिको समयमा खान नहुने खानमा पर्छ । यो पनि पचाउन मुस्किल हुने खाना हो र विश्रामको समयमा खान हुँदैन । यसले पाचन प्रणालिमै असर गर्न सक्छ ।
मसलेदार खानाः
रातिको समयमा मसलेदार खाना उपयुक्त हुँदैन । यसले शरीरमा पित्तको मात्रा बढाउँछ । मरिच र अन्य यस्तै मसला भने स्वास्थ्यका लागि राम्रै मानिन्छन् । तर अत्याधिक मसलेदार खाना रातिमा परहेज गर्नु नै उपयुक्त हुन्छ ।
खुर्सानी:
खुर्सानी मा कावोहाइड्रेटका साथ साथ क्यालोरीको मात्रा पनि धेरै नै हुन्छ । सुत्नु अघि पीरो चिज खानाले तपाईलाई अप्ठेरो महशुस हुन सक्छ । जस्ले गर्दा तपाईंलाई निद्रा लाग्दैन ।
मादक पदार्थ:
सुत्नु भन्दा पहिले मादक पदार्थ पिउनाले निद्रा लाग्ने प्रक्रियामा बाधा पु¥याउँछ । यदी सुति हाल्नु भयो भने पनि भोली पल्ट तपाईंलाई कुनै पनि काम गर्न मन लाग्दैन । तसर्थ खाना खाएपछि एकै छिन भने पनि हिँडडुल गर्नू राम्रो मानिन्छ ।
लेबल:
Health