Latest Updates :

यस्तो रहेछ चर्चित पोर्नस्टार पोखराकी विन्दु परियारको खास कुरा, अदालतले दिलायो ७.२ लाख अमेरिकी डलर....

SHARE THIS POST :

पुस ९, २०७२- आफ्ना पूर्वपतिले सुरुमा झुक्याएर र पछि जबरजस्ती खिचेर इन्टरनेटमा भिडियो अपलोड गरेर आफूलाई ‘पोर्नस्टार’ बनाएको भन्दै नेपाली युवती विन्दु परियारले हालेको मुद्दामा अमेरिकाको एक अदालतले उनको पक्षमा फैसला गरेको छ ।

उनका पूर्वपति टम रान्डेल सेवेललाई यी सबै भिडियो इन्टरनेटबाट हटाउन र विन्दुलाई ७.२५ मिलियन डलर (करिब ७२ करोड रुपैयाँ) क्षतिपुर्ति तिर्न पनि अदालतले आदेश दिएको छ ।

‘दि डल्लास मर्निङ न्युज’का अनुसार नर्सिङ पढ्ने उद्देश्यले अमेरिका पुगेकी विन्दु (२७ वर्ष) लाई उनका पति सेवेल (५८ वर्ष) ले जबरजस्ती नग्न क्लबहरुमा पठाउने, स्तन सर्जरी गर्न लगाउने र अन्य पुरुषहरुसँग यौन सम्बन्ध कायम गर्न लगाएर त्यसलाई भिडियो खिचेर इन्टरनेटमा अपलोड गर्ने काम गरेका थिए ।

२०१२ मा छुट्टिएपछि पनि पूर्वपतिले उनको नामका इन्टरनेटमा पेजहरु बनाउने, उनको कलेज वेवसाइटमा उनलाई ‘वेश्या’ भनेर चिनाउने काम जारी राखेका थिए ।

नेपालमा विन्दुकै परिवारको सदस्यसँग विवाह गरेका सेवेलले विन्दुको पढाईमा सहयोग गरेका थिए । सेवेलको पहिलेकी पत्नीसँग सम्बन्ध विच्छेद भएपछि विन्दुसँग विवाह भएको थियो । तर, अमेरिका पुगेपछि उनको व्यवहार अर्कै भएको विन्दुको भनाई छ । ‘मलाई जबरजस्ती पोर्नस्टार बनाइदियो, म सामान्य केटी हुँ, सामान्य जीवन बाँच्न चाहन्छु,’ विन्दुले डल्लास मर्निङ न्युजलाई बताएकी छन् ।

विन्दुले इन्टरनेटबाट आफ्ना सामाग्री हटाइ माग्न मुद्दा दिएकी थिइन् । तर, अदालतले उनले नमागे पनि ७२ करोड क्षतिपुर्ति भर्ने आदेश दिएको हो ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger