क्यान्सर लागेको थाहा पाउन जान्नै पर्ने कुरा.......हेर्नुहोस..
चाँडै पत्ता लागे क्यान्सरको सफल उपचार सम्भव छ । त्यसैले शरीरमा क्यान्सरले सुरुको अवस्थामा देखाउने केही विशेष लक्षण बेलैमा बुझ्न सक्नुपर्छ । यसैमा बुद्धिमानी छ ।
धेरै थकान महसुस हुन्छ
दिनभरको दौडधूपले लाग्ने थकानलाई सामान्यरूपमा लिनुपर्छ तर व्यस्त नहुँदा पनि धेरै परिश्रम गरे जस्तो गरी अचानक थकान लाग्न थाल्छ भने विचार गर्नुपर्ने हुन्छ । एक दिनको घटनाले मात्र होइन बारम्बार यसो हुन थाल्यो भने क्यान्सरको सम्भावना हुनसक्छ । तथापि अन्य विकारले पनि शरीर थकित भएको हुन्छ । अमेरिकन क्यान्सर सोसाइटीको एक प्रीतवेदनमा यसलाई ल्युकेमियाको संकेत बताइएको छ ।
हल्का ज्वरो आइरहन्छ
दैनिक हल्का ज्वरो आइरहने भएको छ भने विचार गर्नुपर्छ । विशेषगरी, ९९।८ देखि १०० डिग्री फरेन्हाइट ज्वरो आउँछ । यो समस्या कैयौँ अन्य संक्रमणको पनि हुनसक्छ तर, हल्का ज्वरो आइरहने समस्या हज्किन्स डिजिज, ल्युकेमिया र नन हज्किन्स लिम्फोमाको प्रारम्भिक संकेत पनि हुने भएकाले चिकित्सा जाँच गराउनु जरुरी छ ।
खाने कुरा निल्न गाह्रो हुनु
कुनै पनि वस्तु निल्न गाह्रो हुने सँगै ओठमा उत्पन्न हुने घाउ सामान्य समयमा निको हुँदैन । घाँटी बस्ने र नियमित रहने हुन्छ । यसका साथै स्वर कडा हुँदै जाने, मुखमा असामान्य रक्तस्राव र कारण थाहा नहुने गरी मुखभित्र दुख्नेलगायत पनि क्यान्सरका प्रारम्भिक लक्षण हुन्छन् । यी समस्याको सम्बन्ध घाँटीको, खाने नलीको, जिब्रोको क्यान्सरसँग हुन्छ तर, उल्लेखित लक्षण देखियो भन्दैमा क्यान्सर नै भएको छ भन्न मिल्दैन, अन्य कारणले पनि त्यसो भएको हुनसक्छ ।
तौल घट्नु
कुनै व्यक्तिले आफ्नो तौल असामान्य रूपमा किन कम भएको होला भन्ने बुझ्न सक्दैन भने यसमा विचार पु¥याउनु जरुरी छ । आहारा कम नगरी, व्यायाम नगरी र दैनिकीमा परिवर्तन नभएको अवस्थामा शरीरिक तौल घट्न थाल्नु क्यान्सरको संकेत हुनसक्छ । अमेरिकन क्यान्सर सोसाइटीका अनुसार यसरी तौल घट्ने समस्यालाई आमाश्य, फोक्सो, खाने नली वा प्यान्क्रियाजको क्यान्सरको प्रारम्भिक संकेतको रूपमा बुझ्न सकिन्छ । तथापि तौल घट्ने समस्या अन्य खालका गम्भीर विकारको लक्षण पनि हुनसक्छ । उदाहरणका लागि मधुमेह ।
– See more at:नेपालपाटी
लेबल:
Health