Latest Updates :

यस्तो छ हाम्रो अनुहारमा आउने डन्डिफोरबारे २० तथ्य ! पुरा पढ्नुस थाहापाई राख्नुस.....

SHARE THIS POST :



अधिकांशको जीवनमा डन्डिफोर ठूलो समस्या बनेर निम्तिने गर्छ । विशेषगरी किशोरावस्थामा बढी निस्किने डन्डिफोरले सौन्दर्यमा ह्रास ल्याउाछ । तर, यो अवस्थामा केही गल्ती भयो भने डन्डिफोर बिग्रिएर जीवनभर सौन्दर्य र स्वास्थ्य गुमाउनुपर्ने पनि हुन सक्छ । आखिर डन्डिफोर किन आउाछ ? आउनै नदिन सकिन्छ कि सकिदैन ? आएको डन्डिफोर निको पार्न सकिन्छ कि सकिदैन ? हाम्रो छालामा एक प्रकारको तैलीय ग्रन्थी हुन्छ । यसलाई ‘सेवासस ग्ल्लान्ड’ नामले चिनिन्छ ।
 यही ग्रन्थीबाट निस्किने प्राकृतिक तेलले छालालाई जीवित र स्वस्थ राख्न भूमिका खेल्छ । तर, सेवासस ग्लान्डले आवश्यकभन्दा धेरै तेल उत्पादन गरेको अवस्थामा छालामा डन्डिफोर आउँछ । तैलीय ग्रन्थी ३१ प्रतिशत भयो भने छालालाई ठिक्क हुन्छ । यसभन्दा बढी मात्रामा देखिए डन्डिफोर निस्किन्छ । बाक्लो र आयली स्किनमा डन्डिफोर बढी देखा पर्छ । त्यस्तै, किशोरावस्थामा डन्डिफोर बढी देखिन्छ । यस उमेरमा हार्मोनमा आउने गडबडीले यस्तो हुन्छ । ८५ प्रतिशत टिनेजरलाई डन्डिफोर आएकै हुन्छ । डन्डिफोर एकैचोटि बाहिर देखिने होइन । अधिकांशलाई भ्रम छ– हिजो पर्याप्त पानी पिइनँ, खाना बढी चिल्लो भयो, राति निद्रा परेन, त्यसैले आज डन्डिफोर आयो । यो बिल्कुल होइन ।
डन्डिफोर छालाबाहिर देखिन ९० दिन लाग्छ । छालाभित्रै विभिन्न प्रक्रिया पार गर्दै ९० दिनमा म्याचुअर्ड भएपछि मात्रै बाहिर देखिन्छ । डन्डिफोरको समस्या वंशाणुगत पनि हुन्छ । छाला बढी तैलीय हुँदा र त्यसले निकास नपाउँदा या सफाइ नहुँदा डन्डिफोरको खतरा रहन्छ । फोहोरले छालाको प्वाल बन्द गरिदिएपछि डन्डिफोर निस्किने प्रक्रिया सुरु हुन्छ । डन्डिफोर निम्त्याउने सेवासस ग्रन्थीलाई बढी तेल उत्पादनमा सघाउने काम अनिद्रा, महिनावारी, खानपान, स्ट्रेस, कब्जियतलगायतले गरेका हुन्छन् । राम्रोसँग नसुतेको भोलिपल्टबाट डन्डिफोरको प्रोसेस सुरु हुन्छ ।
महिनावारीमा हुने हर्मोन गडबडी, अस्वस्थ र अनियमित खानपान, तथा बढी तनावमा डन्डिफोर उत्पादन हुन्छ । डन्डिफोर आउने दर पुरुषभन्दा महिलालाई बढी हुन्छ । पुरुषको अनुहारमा डन्डिफोर कम आउनुको कारण हो, छालामा रौँ धेरै हुनु । रौँ धेरै भएको छालामा डन्डिफोर आउँदैन या निकै कम आउँछ । अनुहारमा रौँ कम हुने मंगोलियनलाई डन्डिफोरले बढी सताउँछ । रौँ उभ्रिएको प्वालबाट छालाभित्रको फोहोर तथा डेड सेल बाहिर जान पाउने भएकाले अनुहारमा रौँ उम्रिनेलाई डन्डिफोरले कम सताउँछ । प्याजजस्तै हाम्रो छालामा पनि पत्रहरू हुन्छन् । छालामा २० देखि २५ पत्रहरू हुन्छन् । २५ पत्र भएको छालामा डन्डिफोर धेरै देखिन्छ । सबै डन्डिफोर एकै खालका हुँदैनन् । जम्मा ६ प्रकारका डन्डिफोर हुन्छन् । ब्ल्याकहेड (मुख खुला भएको तथा सुकेर बाहिर कालो देखिने डन्डिफोर), क्लोजहेड (मुख नभएको तथा छालाभित्रै फोहोर जम्मा भई बाहिरबाट सेतो देखिने डन्डिफोर), पपुल (मुख नभएको तथा हेर्दा रातो देखिने र दुख्ने डन्डिफोर), पस्टुल (सुन्निने खालको डन्डिफोर जुन पाक्न नै २–३ दिन लाग्छ), नोडल्ड (रौँको प्वालबाट आउने डन्डिफोर) र सिस्ट (बाहिरबाट हातले छाम्दा धेरै भाग ओगटेको ठूलो डल्लोजस्तो महसुस हुने डन्डिफोर) ।
 डन्डिफोर आउनै नदिन सकिन्छ भनेर कसैले भन्छ भने त्यो सही होइन । डन्डिफोर निम्तिने कारण एउटै मात्र नहुने भएकाले विभिन्न पाटोमा मेन्टेन गरेर न्यूनीकरण भने गर्न सकिन्छ । डन्डिफोर आउने सम्भावना पूर्ण रूपमा निर्मूल हुन्छ भन्ने सोच्नु, सेवासस ग्लान्ड नै नभएको ठान्नु हो । तर, सेवासस ग्लान्ड सबैमा हुने भएकाले एक–दुईवटा डन्डिफोर भए पनि सबैलाई देखिएकै हुन्छ । ९० प्रतिशत व्यक्ति डन्डिफोरको ‘कमेडो’ लिएर बसेकै हुन्छन् । धेरै डन्डिफोर आउनु भने समस्या हो । तर, आइसकेको डन्डिफोर पूर्ण रूपमा हटाउन भने सकिन्छ । डन्डिफोरको सम्भावना न्यूनीकरण गर्न राति सुत्नुअघि हरेक दिन क्लिजिङ गर्ने बानी बसाल्नुपर्छ । तर, क्लिजिङ प्रोडक्ट आफ्नो छालाको क्वालिटीअनुसारको हुनुपर्छ । छालामा तेल र पानीको ब्यालेन्स मिल्नुपर्छ । ब्यालेन्स मिलेन भने डन्डिफोरको समस्या बढी देखिन्छ । पानीको ब्यालेन्स १०–२० प्रतिशत मात्रै हुनुपर्छ भने नेचुरल मस्चराइजर फ्याक्टर ३१ प्रतिशत हुनुपर्छ ।
 यो अनब्यालेन्स भयो भने नै छालामा समस्या आउने हो । यो ब्यालेन्स मिलाउन छालाअनुसार कस्मेटिक प्रयोग गर्नुपर्छ । कतिपयलाई लाग्छ, कस्मेटिक प्रोडक्ट प्रयोग गर्दा डन्डिफोर आउँछ र आइसकेको डन्डिफोरमा पनि असर गर्छ । तर, यो पनि गलत बुझाइ हो । छालालाई कस्मेटिक त आवश्यक नै पर्छ । तर, कस्मेटिक प्रोडक्ट यस्तो प्रयोग गर्नुहोस् कि मुखमा निल्दा या आँखामा पर्दा पनि कुनै नकारात्मक असर नगर्ने खालको होस् ।
अनुहारको छालामा दल्दा आँखा पोल्ने कस्मेटिक हुनु हुँदैन । डन्डिफोर भएको अनुहारको छालामा ‘क्ले प्याक’ लगाउनु उत्तम हुन्छ । तर, यो हरेक दिन लगाउनु भने हुँदैन । हप्तामा एक–दुईपटक लगाउन सकिन्छ । क्ले प्याकले छालाको तेल सोस्छ र डन्डिफोरको खतरा न्यूनीकरण गर्छ । डन्डिफोर आउने या भएको छालालाई डिप क्लिजिङ पनि आवश्यक पर्छ । तर, यो पनि नियमित होइन, हप्ताको एक–दुईपटक मात्रै गर्नुपर्छ । डिप क्लिजिङले छालाका प्वालमा भएको फोहोर हटाउने काम गर्छ । एलोभेरा प्याक डन्डिफोर नियन्त्रण गर्ने अर्को राम्रो प्रोडक्ट हो किनभने डन्डिफोर भएको छालामा जेलजस्तो प्रोडक्ट बढी लाभदायी हुन्छ । डन्डिफोरबाट छुट्कारा पाउने हो भने छालामा डेड सेल्स रहन दिनु हुँदैन ।
 त्यसैले हप्तामा एकपटक स्किन स्क्यालिङ गर्नुपर्छ । यो काम प्रोफेसनलसँग गर्नु राम्रो हुन्छ । भिटामिन ‘ए’ वा ‘बी’ शरीरमा पर्याप्त हुनुपर्छ । डन्डिफोर आएको छ भने यी भिटामिनका क्याप्सुल या यी भिटामिन प्राप्त हुने खाना खानुपर्छ । छालालाई ब्यालेन्समा राख्न नियमित व्यायाम पनि उत्तिकै आवश्यक पर्छ । डन्डिफोरको कारण अनिद्रा भएकाले पूरा निद्रा सुत्नै पर्छ । राति १० देखि २ बजेसम्मको निद्रा सबैभन्दा राम्रो हो । हरेक वयस्क व्यक्ति ६ देखि आठ घन्टा नियमित सुत्नै पर्छ ।
अझ पुरुषभन्दा महिलालाई निद्राको आवश्यकता बढी पर्छ । डन्डिफोरबाट छुट्कारा पाउन औषधि सेवन गर्नु राम्रो होइन किनभने डन्डिफोर हटाउने नाममा सेवासस ग्लान्ड सुकाउने औषधि दिने गरिन्छ । सेवासस ग्लान्ड सुक्ने सुक्नु भनेको अन्य धेरै समस्या निम्त्याउनु हो । एउटा समस्याबाट समाधान खोज्दा साइड इफेक्ट नहुने उपाय अपनाउनु पर्छ ।
 सेवासस ग्लान्ड सुकाउने औषधिले आँखामा आँसु सुकाउने, ओठ सुकाउने, छाला सुख्खा बनाउने, विभिन्न हर्मोनमा गडबडी निम्त्याउने, पाठेघरको पानी सुकाएर सन्तान उत्पादन क्षमता नै नष्ट गरिदिने खतरा रहन्छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger