Latest Updates :

सूर्यतर्फ नै किन घुम्छ सूर्यमुखीफूल वैज्ञानिकले पत्ता लगाए यस्तो रहस्य...

SHARE THIS POST :
 
एजेन्सी । तपाइँले पनि सूर्यमुखी फूल त देख्नु नै भएको होला । यो फूल बिहान सूर्य उदाउँदा पूर्वतर्फ फर्किएको हुन्छ । त्यसपछि दिनभरी सूर्यलाई पछ्याइरहन्छ । साँझ सूर्य पश्चिमतिर पुग्दा सूर्यमुखी फूल पनि पश्चिम नै फर्किएको हुन्छ । जब सूर्यास्त हुन्छ, तब यसले पूर्वतर्फ फर्किएर अघिल्लो दिनको सूर्योदयलाई पर्खिन्छ । सायद यही कारण यस फूलको नाम नै सूर्यमूखी राखिएको हो ।



सूर्यमुखी फूल सूर्य जता गयो, त्यतै घुम्ने प्रक्रियालाई ‘हिलियोट्रोपिज्म’ भनिन्छ । तर, यो के कारण सूर्यतर्फ नै घुम्छ त ? यसको जानकारी आजसम्म कसैलाई थिएन । वैज्ञानिकहरु वर्षौँदेखि अनुसन्धानमा थिए । बल्ल यसको रहस्य खुलेको छ ।

‘यूनिभर्सिटी अफ क्यालिफोर्निया’मा कार्यरत ६ जना अमेरिकी वैज्ञानिकको समूहले यसको रहस्य पत्ता लगाएको हो । अनुसन्धानमा संलग्न वैज्ञानिकहरुका अनुसार सूर्यमूखी फूलको काण्ड (क्तझ) मा एक दिशामा हुने चयनात्मक वृद्धिका कारण यस्तो भएको हो । प्रकाशप्रति यसको विशेष संवेदनशीलताले सूर्यमुखीलाई सूर्यतर्फ नै घुमाउन मद्दत गर्दछ ।

यी वैज्ञानिकहरुले साइन्स नामक जर्नलमा गतसाता यस अनुसन्धानसम्बन्धी सोधपत्र प्रकाशित गरेका छन् । जसमा विस्तारमा प्रकाश पारिएको छ कि, ‘सूर्यमुखीमा यो अद्भुत सिद्धान्तले कसरी काम गर्छ ।’

रिपोर्टमा लेखिएको छ, ‘बिहान यो फूल सूर्योदय हुने पूर्वी्दिशातर्फ नै फर्किएको हुन्छ । त्यसपछि सूर्य जता जान्छ, यो फूलले पछ्याइरहन्छ । रातको समयमा यो विपरित दिशा (पूर्वतर्फ नै) मा फर्किन्छ, ताकि बिहान फेरि उसको चेहरा सूर्यतर्फ नै फर्किएको होस् ।

रिपोर्टका अनुसार यो प्रक्रिया पूर्णतया बयस्क नभएका सूर्यमुखी फूलहरुमा मात्र चल्दछ । बयस्क भइसकेपछि भने यो हमेशाका लागि पूर्वतर्फ नै फर्किरहन्छ । यसरी पूर्वतर्फ नै रहँदा यसको फूल र परागसेचन गराउने जीवहरु बीच हुने प्रक्रियामा लाभ मिल्छ ।

यसरी गरियो अनुसन्धान

अनुसन्धानमा संलग्न वैज्ञानिक ह्यागोप एस एटेमियनले सामान्य सूर्यमूखी फूलमा सूर्यको प्रकाश र एलईडी लाइटबाट फरक(फरक प्रकाश दिए । यसक्रममा कृतिम प्रकाशको सहायतामा यसको प्रकाश प्राप्त गर्ने प्रकृयामा पनि अनियमितता ल्याइयो ।

ग्रोथ च्याम्बरमा सूर्यमुखी फूलमाथि निरन्तर प्रकाश दिइयो । यसक्रममा केही दिन त यो फूल पूर्वबाट पश्चिमतर्फ घुमिरह्यो । तै पनि प्रकाशमा अनियमितता ल्याउने प्रक्रिया जारी नै राखियो । दिन बित्दै जाँदा यसको घुम्ने प्रक्रिया पनि कम हुँदै गयो । अन्ततस् पूर्वतर्फ नै फर्किएर रहन थाल्यो ।

यसबाट वैज्ञानिकहरुले पत्ता लगाए, बयस्क भइसकेका सूर्यमुखी फूलहरु पूर्वबाट पश्चिमतर्फ नघुम्नुको सम्बन्ध यसको काण्डमा हुने केशिकाको वृद्धिसँग रहेछ। अध्ययनमा यो पनि पत्ता लाग्यो सूर्यमुखीको बीजमा साँझको तुलनामा बिहान पर्ने प्रकाशले मजबुद् प्रक्रिया दिने रहेछ ।

अनुसन्धान कै क्रममा वैज्ञानिकहरुले गमलामा पनि सूर्यमूखी हुर्काए । यहाँ फूल पनि फूल्यो । तब उनीहरुले सूर्योदयका दौरान एक गमलालाई पश्चिमतर्फ घुमाइदिए । तब थाहा भयो, पश्चिमतर्फ घुमेको फूलको तुलनामा पूर्वतर्फ घुमेको फूल बढी सक्रिय भयो । यसले परागसेचन गराउने जीवाणुहरुलाई पनि तुलनात्मक रुपमा बढी आकर्षित गर्न सक्यो ।

त्यसपछि वैज्ञानिकहरुले आफूले पश्चिमतर्फ फर्काएको फूललाई हिटरको सहायतामा कृतिम ताप दिए । तब यो फूल पूर्व (सूर्यतर्फ) फर्किएको फूल भन्दा बढी सक्रिय भयो । किनकी यसले तुलनात्मक रुपमा बढी ताप पाएको थियो ।

यसबाट वैज्ञानिकहरुले पत्ता लगाए सूर्यमुखीले परागसेचनका लागि जिवाणुहरुलाई आकर्षित गर्ने क्षमतामा तापमानको निकै ठूलो भूमिका रहेछ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger