Latest Updates :

आमिरले फिल्म ‘गुलाम’को सुटिङको क्रममा भेटीएकी महिला गर्भवती बनाएको खुलासा,अहिले छोरा भए १५ बर्ष...

SHARE THIS POST :

एजेन्सी । बलिउड चर्चित नायक तथा समाजसेवी आमिर खान कम विबादमा आउने कलाकार हुन् । बलिउडमा उनलाई मिस्टर परफेक्सनिस्टका उपनामले चिनिए पनि उनको व्यक्तिगत जीवन भने त्यति परफेक्ट थिएन । आमिरको जीवनमा रीना दत्त र दोस्रो किरण राव मात्रै आएको भनाई उनका धेरै दर्शकहरुमाझ चर्चित भए पनि उनको जीवनमा एक अर्की महिला पनि आएकी थिइन् । जससँगको सम्बन्ध आमिरले कहिलै पनि स्वीकार गरेनन् तर उनकै नाममा एक ‘नाजायज’ छोरा भने हुर्कीरहेका छन् ।



विक्रम भट्टको फिल्म ‘गुलाम’को सुटिङको क्रममा जेसिका हाइन्स नामकीमहिलासँग भेटभएपछि आमिर आफूसँग लिभिङरिलेसनसिपमा समेत रहेको दाबी सहितको समाचार एक चर्चित इन्टरटेन्मेन्ट म्यागजिनले छापेको छ । सोही क्रममा उनी गर्भवती भएको उनले बताइन् । उनी लिभिङरिलेसनसिपमा रहेको समयमा आमिरले जेसिकालाई गर्भपतन गर्न सुझाए पनि जेसिकाले उक्त बच्चालाई लन्डनमा गएर जन्म दिएको बताइन् । जेसिका लण्डन उडे लगत्तै आमिरले उनीसँग आफ्नो केही सम्बन्ध नभएको बताए पनि उनका छोरा अहिले १५ बर्षका भएको समाचारमा उल्लेख छ ।




SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger