पत्रकारमाथी रास्ट्रपति कार्यलयमा सेनाको दुव्र्यवहार: यसरी जंगे ॠषि धमला ...(भिडियो हेर्नुहोस)
सुदर्शन बजगाई,काठमाडौं । केपी ओलेले बिस्तार गरेको नयाँ मन्त्री मण्डलको सुचना संप्रेषण गर्ने पत्रकारमाथी दुव्र्यवहार भएको छ । हुनत प्रेसमाथि रास्ट्रपति कार्यलयमा दुव्र्यवहार भएको यो पहिलो पटक होइन । पत्रकारलाई घन्टौं कुराएर र पत्रकारमाथी भेदभाव गरेर राज्य पत्रकारप्रती कस्तो छ भन्ने धारणा प्रस्तुत भएकी छ । स्वतन्त्र प्रेसको वकालत गरेर नथाक्ने प्रधानमन्त्री र राष्ट्रपतिकै कार्यक्रममा प्रेसमाथीको अंकुशले राज्यको संचारकर्मीप्रतीको अवस्था छर्लङ्ग पारेको छ ।आज फोटो पत्रकारलाई एक छिन अघि छिराएर रिपोर्टिङ गर्न आएका पत्रकारलाई रोकीएको थियो । कान्तिपुर टेलीभिजनका दशरथ राई र थाहा संचारकेव पत्रकार देविका घर्ती समेतलाई रोकेर पत्रकारमाथी भेदभाव गरिएको थियो । केहीबेर सेनाका सुरक्षागार्ड र पत्रकारबिच चर्को भनाभन समेत भएको थियो । पत्रकार ऋषि धमलाले सो विषयलाई लिएर कडा आपत्ति समेत जनाएका छन् । हेर्नुस उनको विचारौत्तेजक भिडियो :
लेबल:
News