बलिउड अभिनेता सलमान खानको शो नेपालमा हुन नदिने विप्लबको घोषणा...
फागुन १५, काठमाडौँ : नेत्रविक्रम चन्द विल्पब नेतृत्वको नेकपा माओवादीले भारतीय अभिनेता सलमान खानको नेपालमा हुने भनिएको कार्यक्रम असफल बनाउने घोषणा गरेको छ। विप्लव माओवादीले सलमानको कार्यक्रमले अनावश्यक मदिराको प्रचार प्रसारको साथै तडक भडकको लागि दशौं हजारको टिकट बेचेर गर्न लागीएको कार्यक्रम आफुहरुलाई मान्य नभएको भन्दै तुरुन्त कार्यक्रम रोकिनु पर्नेमा जोड गरेका छन् ।
विप्लव माओवादीसम्वद्ध अखिल नेपाल जनसाँस्कृतिक महासंघले सोमबार सलमानको कार्यक्रम स्थगित गरीनुपर्ने र नगरिएमा कडा आन्दोलन घोषणा गर्ने जनाएको छ। मार्च १० अर्थात फागूण २६ गते काठमाण्डौको टुँडिखेलमा आयोजना हुने कार्यक्रमको लागि सलमान खान लगायत एक जम्बो भारतीय कलाकार टोली नेपाल आउंदैछन् ।
Related Posts you might like to see :
लेबल:
Entertainment