Latest Updates :

जंकफूडको सेवनबाट बालबच्चामा हुनसक्छ यी रोग...

SHARE THIS POST :


एजेन्सी : आजकल धेरैजसो ठूलो देखि बालबच्चा जंकफूडको लतमा फसेका छन् । प्याकेटमा बन्द गरिएका वा प्रसोधित खानेकुरमा सबैको जिब्रो लोभिन्छ ।



जो कोहिले पनि चिजबल, कुरकुरे, लेज, चिप्स, चाउचाउ, पिज्जा , जस्ता केही न केही बजारको खानेकुरा खाएकै हुन्छन् । जंकफूड स्वादिलो हुन्छ । तर, जंकफूडले शरीरमा पोषण अभाव पूर्ति गर्दैन । जंकफूडलाई स्वादिलो र टिकाउयुक्त बनाउनका लागि विभिन्न किसिमको मिश्रण गरिएको हुन्छ । यस्ता मिश्रण स्वास्थ्यवर्द्धक हुँदैन ।

जंकफूडमा रसायन प्रयोग गरिने भएकाले त्यसले बच्चाको स्वास्थ्यलाई नराम्ररी क्षति पुर्‍याइरहेको हुन्छ । बच्चाको भित्री अंगहरुको कार्यसंचालनमा अवरोध पैदा गरिरहेका हुन्छ। धेरैजसो बच्चामा मोटोपनको समस्या छ । कतिपय बच्चालाई मधुमेह छ । खासमा बच्चाहरुले अहिले जस्तो खानपान गरिरहेका छन्, त्यसैको असर हो यो । शरीरलाई पचाउन गाह्रो हुने यी खाद्यपदार्थले अतिरिक्त बोसो पैदा गर्छ, जो मोटोपनको कारण बन्छ ।

शरीर विषाक्त हुन्छ । यसले बच्चाहरुलाई सानै उमेरमा विभिन्न रोगले च्याप्न सक्छ । उनीहरुको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ । जंकफूडको लगतले गर्दा मुटु, कलेजो, मिर्गौल सबै अंगमा हानी पुग्छ । अन्ततः उनीहरु उमेर नपुग्दै जीर्ण र रोगी बन्न पुग्छन् ।

SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger