Latest Updates :

२०, ३० र ४० वर्षमा गर्भवती ? शरीरमा पर्नसक्छ यस्तो गम्भीर असर !

SHARE THIS POST :

 
आमा बन्नु हरकोहि महिलाको लागि निकै खास सुखको कुरा हो । यसको सँगै–सँगै दुख र पीडा पनि हुन्छ। जसले महिलाको शरीरलाई कमजोर बनाउँछ ।



जसले गर्दा महिलाको लागि गर्भवती हुने सहि उमेर कुन त ? भन्ने प्रश्न आजपनि निकै भ्रममै रहेको छ । महिलाले कुन उमेरमा बच्चा जन्माउँदा उनको शरीर र मस्तिष्क दुवैलाई गभ्भीर असर पर्दैन त ?

सामान्यतया २०, ३० र ४० को उमेरमा गर्भवती हुँदा कस्तो असर पर्छ ? जान्नुहोस् ।

२० वर्षको उमेरमा गर्भवती हुँदा

डाक्टरको अनुसार महिलाको लागि बच्चा गर्भमा राख्नको लागि २० भन्दा पछिको उमेर उपयुक्त हुन्छ । यदि २२ सालदेखि २८ वर्षसम्मको उमेरमा वच्चा जन्माउनु निकै उपयुक्त मानिन्छ ।

२० वर्षपछि गर्भवती हुँदा कुनै पनि प्रकारको अप्ठ्यारो स्थिति नआउने र तपाईको शरीर पूरा तयार हुन्छ । यो उमेरमा गर्भवती हुदाँ तपाईलाई शारीरिक र मानसिक रुपमा कुनै पनि असर नपर्नै बताइएको छ ।

साथै यो उमेरमा बच्चा जन्माउँदा पनि कुनै पनि समस्या आइनपर्ने र यो उमेरमा आमा बन्ने महिला निकै खुशी रहने बताइन्छ ।

त्यस्तै आमाको दिमागको असर बच्चामा पनि पर्ने भएकोले यो उमेरमा जन्मिने बच्चा पनि निकै स्वस्थ हुने बताइन्छ ।

यस उमेर जन्मिएका बच्चाहरु अशक्त, अपाङ्ग हुने सम्भावना एकदमै कम हुन्छ ।

३० वर्षमा गर्भवती हुँदा

यो उमेरका महिलाहरु आफ्नो करियर र जीवनसाथीको विषयलाई लिएर निश्चिन्त भइसकेका हुन्छन् । जसको कारण गर्भमा रहेको बच्चालाई पनि निकै सकारात्मक असर पर्छ । जसको कारण बच्चा निकै स्वस्थ हुने यद्यपि आमा भने साना–साना समस्याबाट गुज्रिनुपर्ने हुन्छ ।

३० वर्षको उमेरपछि महिलाको शरीरमा निकै लचिलोपन र शक्ति आएको हुन्छ । यस उमेरमा महिला स्वयं बच्चाको ख्याल राख्नुपर्ने कुरामा गम्भिर हुन्छन् ।

साथै यो पनि मान्यता रहेको छ कि यस उमेरमा जन्मिने बच्चाहरु जुम्ल्याहा हुने सम्भावना बढी हुन्छ ।

४० वर्षमा गर्भवती हुँदा

४० वर्षमा आमा बन्नु निकै चुनौतीपूर्ण काम हो । ४० वर्षपछि आमा बन्दा निकै सतर्कता अपनाउनु पर्ने हुन्छ । यस दौरान पूरा समय डाक्टरको निगरानीमा समेत बस्नुपर्ने डाक्टरहरु बताउँछन् । साथै मानसिक तनावलाई समेत नियन्त्रणमा राख्नुपर्ने चुनौति थपिन्छ ।

४० वर्षपछि यदि तपाई बच्चाको योजना बनाउँदै हुनुहुन्छ भने आफ्नो तौल नियन्त्रणमा राख्नुपर्ने हुन्छ । साथै बच्चाको स्वास्थ्यको पनि निकै ख्याल राख्नुपर्ने हुन्छ । भने सधैँ डाक्टरको सम्पर्कमा रहनु उचित हुन्छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger