Latest Updates :

के तपाईको कपाल झर्ने समस्या छ ? त्यसो हो भने पढ्नुहोस अनि यी उपायहरु अनि बेलैमा रोक्नुहोस्......भिडियो हेर्न तल क्लिक गर्नुहोस .......

SHARE THIS POST :

शरीरको मेलानोसाइट नामक कोषिकाबाट उत्पन्न हुने मेलानिन नामक रासायनिक तत्वका कारण कपालको रंग कालो हुने गर्दछ । जब मेलानिन नामक कोषिकाको संख्यामा ह्रास हुन थालेपछि कपालको रंग सेतो हुँदै जान्छ । तर कम उमेरमै कपाल फुल्नुमा शरीरमा विशेष पोषक्तत्व जस्तो प्रोटिन, लौहतत्व, फैटि एसिडको कमि भएमा पनि कपाल फुल्दछ । तनावका कारण हाम्रो मस्तिष्क भित्र केही रासायनिक तत्वको स्राव बढ्छ र कपाल सेतो हुँदै जान्छ । साथै शरीरको थाइराइड ग्रन्थिको गडबढी, रक्तअल्पता आदिले कपाल फुल्दछ । कपाल झर्ने कारण
 १. शारीरिक तनाव शल्यक्रिया गरेको अवस्था, दुर्घटना, गम्भीर बिरामी अथवा सामान्य रुघा नै किन नहोस्, कपाल झर्छ । तर, यस्तो अवस्थाको कपाल झराई अस्थायी किसिमको हुन्छ । कपाल झर्ने यस्तो अवस्थालाई ‘टेलागेन इफ्लुभियम’ भनिन्छ । कपालको एउटा निश्चित चक्र हुन्छ : बढ्ने चरण, स्थिर भएर बस्ने चरण र झर्ने चरण । न्युयोर्कका छालारोग विशेषज्ञ डा. मार्क ग्लासोफर भन्छन्, ‘जब तपाईं साँच्चिकै तनावमा हुनुहुन्छ भने यसले कपालको चक्रलाई असर गर्छ र झर्ने अवस्थामा पुग्छ ।’ गम्भीर अवस्थाको तीन देखि ६ महिनासम्म कपाल झर्छ ।
२. गर्भधारणका बेला गर्भधारणको अवस्थामा पनि एक किसिमको शारीरिक तनावको अवस्था हो । यस्तो अवस्थामा पनि कपाल झर्छ । डाक्टरहरुका अनुसार यो सामान्य हो र यसरी झरेको कपाल केही महिनामै पलाउँछ ।
 ३. बढी भिटामिन सेवनका कारण अत्यधिक मात्रामा भिटामिन सेवन र बढी औषधि सेवनले पनि कपाल झर्छ । वयस्क व्यक्तिका लागि दैनिक भिटामिनको डोज ५ हजार इन्टरनेशनल युनिट र ४ वर्षभन्दा माथिका बालबालिकाका लागि दैनिक २५ सय देखि १० हजार इन्टरनेशनल युनिट दिनसकिन्छ । तर, भिटामिन एको सेवन कम ग¥यो भने कपाल झर्न रोकिन्छ ।
४. प्रोटिनको अभाव अमेरिकन एकेडेमी अफ डर्माटोलोजीका अनुसार यदि आवश्यक भएजति पनि प्रोटिन शरीरले नपाउने हो भने कपाल झर्न थाल्छ । प्रोटिनको कमी भएको दुई देखि तीन महिनाबाट कपाल झर्ने समस्या देखिन थाल्छ । त्यसैले माछा, मासु, अण्डाजस्ता बढी प्रोटिन पाइने खाद्यपदार्थ खानुपर्छ ।
५. पुरुषको तालुखुईलेपन तीनमध्ये दुई जना मानिसको ६० वर्षसम्ममा तालु खुईलन्छ । धुम्रपान तथा मध्यपान, र केमिकयुक्त खाना, मानसिक तनाव, तारेभुटेका,बढी मसालादार खानाले तालु खुइलिन्छ । चिल्लो, बासी खाना साथै कपालमा लगाउने विभिन्न केमिकलयुक्त रंगहरु, गुणस्तरहिन साबुन र संयोग विरुद्धका खाना आदिले तालु खुइलिन्छ । कपालको फेदभित्रका कोशिकामा अक्सिजनको अभाव, प्राणयाम, व्यायाम आदिको कमिका कारण पनि तालु खुइलिन्छ
 ६. वंशाणुगत पुरुषमा तालु खुईलने समस्याजस्तै महिलामा पनि त्यस्तै समस्या पाइन्छ । यसलाई ‘एन्ड्रोजेनिक एलोपेसिया’ भनिन्छ । निश्चित उमेर पुगेपछि कपाल खुईलने समस्या भएका परिवारबाट आएका महिलमा यस्तो खतरा रहन्छ ।
७. मानसिक तनाव शारीरिक तनावमा जत्तिकै नभएपनि मानसिक तनावका कारण पनि कपाल झर्ने हुन्छ । कहिलेकाही सम्बन्धविच्छेद भएका, आफ्ना प्रियजनको मृत्यु भएका व्यक्तिहरुमा मानसिक तनाव देखिन्छ । त्यस्ता व्यक्तिमा कपाल झर्ने सम्भावना बढी हुन्छ ।
 ८. एनिमिया एक तथ्यांकअनुसार २० देखि ४९ वर्ष उमेरसमूहका १० महिलामध्ये एक महिला शरीरमा आइरनको कमीका कारण एनिमियाबाट पीडित भएको पाइन्छ । यसका कारण कपाल झर्ने सम्भावना हुन्छ । एनिमिया भए–नभएको पत्ता लगाउँन डाक्टरहरुले रगत परीक्षण गर्छन् । आइरनको कमीका कारण कपाल झर्नेका अतिरिक्त बेहोसी, टाउको दुख्ने, आँखा धमिलो हुनेजस्ता समस्या देखा पर्छन् ।
 ९. हाइपोथाइरोडिजम घाँटीमा भएको थाइराइड ग्लान्डले एक किसिमको हर्मोन उत्पादन गर्छ, जुन मेटाबोलिजम, वृद्धि र विकासका लागि गम्भीर मानिन्छ । जब यस्तो हर्मोन आवश्यकमात्रामा निस्कदैन, कपाल झर्न थाल्छ ।
१०. भिटामिन बीको कमी अमेरिकाजस्ता देशमा एकदमै कम केश पाइएपनि भिटामिन बीको कमीका कारण पनि कपाल झर्ने समस्या हुन्छ । यसको समाधानका लागि भिटामिन बी पाइने खाद्य पदार्थहरु फलफुल, माछा, मासु, तरकारी प्रशस्त खानुपर्छ।
११. केमोथेरापीः क्यान्सरमा प्रयोग गरिने केमोथेरापीका कारण पनि कपाल झर्छ । चिकित्सकहरुले केमोथेरापीलाई ‘आणबिक बम’ भनेका छन् । यसले तीब्र रुपमा शरीरका क्यान्सरयुक्त कोषहरुलाई मार्नेकाम गर्छ । यसका साथसाथै कपालका कोषलाई पनि मार्ने काम गर्छ । १२. कपाललाई अनावश्यक स्टाइल दिँदा कपाललाई सुन्दर बनाउँने नाममा अनावश्यक स्टाइल दिँदा, हेयर ट्रिटमेन्ट गर्दा पनि कपाल झर्छ । कपालमा प्रयोग गरिने अनेक प्रकारका रसायनहरुले पनि कपाल झर्न भूमिका खेल्न सक्छन् । कपाल बचाउन यसो गरौं कपालमा केमिकलयुक्त रंग आदि नलगाउँने धेरै तातो पानीले नुहाउँने तारेभुटेको, धेरै मसलादार र एसिडयुक्त खाना नखाने निम्न स्तरका केमिकलयुक्त साबुन, स्याम्पु नलगाउने चिसो कपाल नकोर्ने कमलो भएको हुन्छ र झर्छ नरिवललको तेल कपालमा लगाउने बिहान बेलुका २–२ मिनेट कपाल मालिस गर्ने धेरै अमिलो कपालमा नलगाउने तिलको तेलमा अदुवा थोरै, लसुन र अमला पिसेर मिसाउने र कपालको मालिस गरेमा चायाँ जान्छ । मुलायम, बाक्लो हुन्छ र उम्रन्छ । कपालको निम्ति सबैभन्दा राम्रो तेल हो अँड़िर (एरण्डी, अंग्रेजीमा कास्टर ओयल) को तेल। यसलाई हल्का तताएर दुवै हत्केलामा लगाउने र केशको जराजरा मालिस गर्नेगर्दा कपालको अपूर्व पोषण भएको हामी केही महीनाभित्रै स्पष्ट देख्नथाल्छौं। हप्तामा एकचोटि काँचो नरिवलको दूध निकाल्ने (पिसेर) अनि साँझ त्यसले टाउकोमा कपालको जरामा लगाएर मालिस गर्ने। त्यो बिहान स्याम्पूले धुने गरेमा कपाल आकर्षक बन्दछ। कपालले पूर्ण पोषण पाउँदछ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger