Latest Updates :

यी हुन् ... आफ्नो प्रेमीलाई भन्नै नहुने ४ कुरा ...जानी राखौं.............भिडियो हेर्न तल क्लिक गर्नुहोस .......

SHARE THIS POST :

girl_with_bfकाठमाडौं । हरेक कुरामा गोपनीयता हुन्छ नै । गोपनीयता अपनाउन सकिएन भने भइरहेको राम्रा सम्बन्धमा आँच मात्रै होइन टुट्न पनि सक्छ । आफ्नै परिवारभित्रै त कति गोपनीयता अपाउनु पर्ने हुन्छ । यसर्थ नाता र सम्बन्धमा पनि एक प्रकारको सीमा हुन्छ । जति नै आत्मीयता भए पनि कति कुराहरु गोप्य राख्नु आवश्यक छ ।यहाँ उल्लेख गर्न खोजिएको विषय हो प्रेमिकाले आफ्नो प्रेमीसँग गोप्य राख्नु पर्ने चार कुरा । कतिपय प्रेमिकाहरुले भावनामा बगेर आफ्ना प्रेमीसँग खोल्न नहुने कुरा बताउँदा समस्यामा पर्ने गरेका छन् । जान्नुहोस् आफ्नो प्रेमीलाई भन्नै नहुने चार कुरा ः
१ आफ्नो साथीको गोप्यकुरा ः
आफ्नो साथीको गोप्यकुरा कहिलै पनि आफ्नो प्रेमीसँग भन्न नहुने सबैभन्दा महत्वपूर्ण कुरा हो । आफ्ना साथीहरुले विश्वासका साथ भनिएका गोप्य कुरा प्रेमीलाई बताउँदा पछि समस्या पर्न सक्छ । यसर्थ साथीहरुका गोप्यकुरा आफ्ना प्रेमीलाई नभन्नु बुद्धिमानी हुन्छ ।
२ पासवर्ड ः
सामाजिक सञ्जाल फेसबुक, ट्विटर, तथा मेल आइडी र बैंक एटिएम लगायतका पासवर्ड पनि आफ्नो प्रेमीलाई भन्न नहुने कुरामा निक्कै सचेत हुनु पर्छ । कतिपय प्रेमिकाहरुले भावनामा आएर आफ्ना पासवर्ड प्रेमीलाई बताउँदा पछि घातक सावित हुने सम्भावना रहन्छ । यसर्थ आफ्ना पासवर्ड प्रेमीलाई कहिल्यै पनि नभन्नुहोस् ।
३ परिवारका कुराः
आफ्नो परिवारको कुरा गोप्य राख्नु अर्काे महत्पूर्ण पक्ष हो । प्रेमीसँग मात्रै होइन अन्यसँग पनि परिवारका कुरा गोप्य राख्नुपर्ने हुन्छ । यसर्थ भावनामा आएर आफ्नो परिवारको कुरा प्रेमिलाई कहिल्यै नभन्नुहोस् । परिवारको कुरा प्रेमीलाई भन्दा सम्बन्धमा असर त पर्छनै त्यसको दुष्परिणाम पनि आउन सक्छ ।
४ विगतको विषयमाः
आफ्ना विगतका कुरा प्रेमीलाई भन्नबाट जोगिनु तपाईंको अर्काे महत्वपूर्ण अवस्था हो । आफ्नो अघिल्लो सम्बन्ध वा कुनै व्यक्तिगत कुरा आफ्नो प्रेमीलाई भन्नु हुन्छ भने सम्बन्धमा धराप पर्ने सक्ने सम्भावना प्रवल रहन ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger