Latest Updates :

गर्दन र घुँडा दुख्ने समस्या छ ? यी कुरा गर्नुहोस् मात्र १५ मिनेटमा चट्ट निको हुन्छ...जानी राखौ....भिडियो हेर्न तल क्लिक गर्नुहोस .......

SHARE THIS POST :

गर्दनको दुखाईमा ध्यान दिनुपर्ने कुराहरु :-
१) कुनै पनि सामान बोक्ने र उचाल्ने गर्दा गर्दनमा क्षति नहुने गरेर उचाल्ने गर्नुहोस् र टाउकोमा सामान राख्ने नगर्नुहोस् ।
२) लामो समय सम्म कम्प्युटरमा काम गर्ने/गाडी चलाउने/जस्ता काम नगरौ र नियमित विश्राम लिने गर्नुहोस् ।
३) मनतातो तोरीको तेलमा दुखाई कम गर्ने (pain 0il) तेल २-३ थोपा मिसाएर हलुका बिहान र बेलुका मालिस गर्नुहोस् ।
४) यात्रा गर्नै पर्दा पछिल्ला सिटहरुमा नबस्नुहोस् र खाल्टाखुल्टीमा ध्यान पुर्‍याउनुहोस् (cervical collar) को प्रयोग गर्न सक्नुहुन्छ ।
५) नियमित शारिरिक व्यायाम गर्ने बानी बसालौ तर गर्दनमा असर गर्ने गरी कुनै पनि व्यायाम नगरौ । सम्बन्धीत डाक्टरले दिएको सल्लाह र (Exercise) लाई नियमित रुपमा गर्ने गर्नुहोस् ।
६) गर्दन दुख्नेहरुले धैरे ठूलो तकियामा सुत्नु हुदैन, घोप्टो पनि नसुत्ने र तकियाले गर्दनलाई सजिलो हुने गरी सुत्ने गर्नुपर्दछ ।
७) बढी लच्केको वा धेरै कमलो खाले तकिया र बिछ्यौनाको प्रयोग नगरौं ।

घुँडा दुखाईमा ध्यान दिनुपर्ने कुराहरु :-
१) नियमित व्यायाम गर्ने बानी बसालौं जस्तैः- जोर्नीहरु चलाउने, सामान्य हिडाई, आदी ।
२) टुक्रुक्क हथवा पलेटी मारेर नबस्ने ।
३) मनतातो तोरीको तेलमा ३-४ थोपा (pain oil) दुखाई कम गर्ने तेल मिसाएर बिहान र बेलुकी हलुका मसाज गर्ने ।
४) तोल घटाउने वा नियन्त्रण गर्ने ।
५) तातो पानीको झोला (Hot water bag) ले सेक्ने तर सुनिएको छ भने बरफ (Ice) ले २- मिनेट सम्म हलुका मसाज गर्ने ।
६) भर्‍याङ्ग वा सिडी धेरै पल्ट तल माथि नगर्ने ।
७) (Knee support) को प्रयोग गर्ने ।
(Exercise):-
१) भित्तामा अढेस लगाएर खुट्टा लामो गरेर बस्ने, तिघ्राको मासु कस्न – १० गन्ने र १० पटक गर्ने ।
२) घुँडा मुनि रुमाल राखेर थिच्ने, कुर्कुचालाई उठाउने – १० गन्ने र १० पटक गर्ने ।
३) ढाड सिधा गरी कर्सीमा अढेस लगाएर बस्ने, पालै पालो खुट्टा सिधा माथि उठाउने – १० गन्ने र १० पटक गर्ने ।
४) दुवै घुँडाको बीच रुमाल राखेर च्याप्ने – १० गन्ने र १० पटक गर्ने ।
५) खुट्टा सिधा तन्काएर बस्ने, दुवै हातले खुट्टाको औंला छुने कोसिस गर्ने – १० गन्ने र १० पटक गर्ने ।
६) खुट्टा झुन्डाएर एक अर्का माथि राख्ने, तलको खुट्टाले माथि र माथिल्लो खुट्टाले तल
बराबरी ठेल्ने ।
(लेखक, प्राकृतिक स्वास्थ्य अस्पताल र वेलनेस अस्पतालका विशेषज्ञ डाक्टर हुन् ।)
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger