Latest Updates :

के तपाईलाई माछा मन पर्छ ? अनि माछा खाँदा के हुन्छ ?? के छ त यसका गोप्य कुराहरु ??? जानी राखौं....भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

 माछा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक भएको वैज्ञानिकहरुको दाबी छ । उनीहरुका अनुसार माछा खानु स्वास्थ्यका लागि फाइदाजनक हुनुको एउटै कारण माछामा पाइने ‘ओमेगा ३’ नामको बोसोयुक्त ‘एसिड’ हो ।

‘ओमेगा ३’ मानव शरीरमा भएका सम्पूर्ण कोषहरुको झिल्लीको निर्माण र गतिविधिहरुमा सक्रिय भूमिका रहने एउटा अणु हो । विशेष गरी माछाको तेलमा पर्याप्त मात्रामा पाइने ओमेगा ३ का अणुहरुको समूहलाई ‘डीएचए’ भनिन्छ ।

मस्तिष्क र आँखाको रेटिनाको स्नायुतन्त्रिकाहरुको निर्माण, विकास र बृद्धिका लागि ओमेगा ३ एसिड अनिवार्य हुन्छ । ओमेगा ३ ले जीवनभर प्रत्येक क्षणमा हाम्रो शरीरको विकास गर्न, रोग प्रतिरोधात्मक क्षमता बढाउन तथा निश्चित प्रकारका रोगहरु र संक्रमणबाट जोगाउन प्रभावकारी भूमिका निर्वाह गरिरहेको हुन्छ । त्यतिमा मात्र होइन, माछा खानाले तनावमुक्त हुने पनि अध्ययनले देखाएको छ ।

मस्तिष्कका तन्तुहरुको निर्माणका लागि स्नायु तन्त्रिकाहरुको विकासका लागि आँखाको रेटिनाको लागि ‘डीएचए’ अनिवार्य र महत्वपूर्ण तत्व हो । कुनै पनि शिशु जन्मनुभन्दा पहिले शिशुले आमाको गर्भबाट नै ‘डीएचए’ प्राप्त गर्छ । त्यसैले गर्भावस्थामा र सुत्केरी अवस्थामा आमाले पर्याप्त माछा खाने गर्यो भने शिशुले पनि ओमेगा ३ चाहिँदो मात्रामा प्राप्त गर्छ ।

अष्ट्रेलियाकोे ‘युनिभर्सिटी अफ सिड्नी’मा गरिएको एक अध्ययनबाट के पत्ता लागेको छ भने नियमित रुपमा माछाको तेल ‘ओमेगा ३’ खाने गरेका बालबालिकालाई जिन्दगीभर दमको रोग हुने छैन । साथै अध्ययनमा के पनि देखाइएको छ भने माछा नखाने मानिसको तुलनामा माछा खाने मानिसमा अत्यधिक धूमपानका कारण लाग्ने रोगहरुको असर कम हुने गर्दछ ।

यसको अर्थ माछा खाएपछि जति धूमपान गरेपनि हुन्छ भन्ने चाहिँ होइन । त्यसैले माछा खाऔं र शरीर स्वस्थ राखौं । (एजेन्सी)
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger