Latest Updates :

केटाहरुको ध्यान केटीको स्तनमानै किन केन्द्रित हुन्छ ???? .....जानी राखौ.....भिडियो हेर्न तल क्लिक गर्नुहोस....

SHARE THIS POST :

केटा र केटी दुई बिपरित लिङ्गी मानवहरु हुन् । उनीहरु एक अर्काको उपस्थिती बिना अधुरा छन् । केटा मात्र र केटी मात्रले उनिहरु पूर्ण हुन सक्दैनन् । त्यसैले केटा र केटी एक अर्काप्रति प्राकृतिक रुपमै आकर्षित हुन्छन् । एक अर्काको उपस्थितिले हर्षित हुन्छन् । भेट हुने बित्तिकै जिस्काउने, रिसाउने तथा पछि मित्रता बढाउने एउटा सामाजिकता त्यतिखेर सुरु हुन्छ । त्यसो हुनुको कारण विपरित लिङ्गी ब्यक्तिलाई आकर्षण गर्ने चाहना हो । तर जिस्क्याउँदा अरुलाई अप्ठेरो परेको छ भने त्यो चाहिँ दुव्र्यबहार वा हिंसा हुनसक्ने भएकाले अरुलाई जिस्क्याउँदा विचार पुर्याउनुपर्छ । यसका साथै सामाजिक रुपमा बर्जित शब्द प्रयोग गरेमा कानुनी कारबाहि पनि हुने गर्दछ ।
सबै केटाहरु केटी देख्ने बित्तिकै स्तनमा ध्यान केन्द्रित गर्छन भन्ने कुरा गलत हो । कोहि केटाहरु केटी देख्ने बित्तिकै उनीहरुको स्तनमा आफ्नो ध्यान केन्द्रित गर्छन् । यसको कारण स्तन एक यौन अङ्ग हुनु हो । स्तनसँगको स्पर्शले पुरुषमा यौन उत्तेजना जगाउने गर्दछ । त्यसैले नै केटी देख्ने बित्तिकै केटाहरुको आँखा पटक पटक केटीको स्तनतिर जाने गर्दछ । यौनिक कुराकानी गर्दा भने यसो गर्दा फरक नपर्ला, तर सामाजिक वा सामुहिक कुराकानी भईरहँदा भने केटीलाई निकै अप्ठेरो महसुस भई हेर्ने ब्यक्तिप्रति नकारात्मक भावना उत्पन्न हुन जान्छ । फेरी कसैलाई अप्ठेरो पर्नेगरी कसैको अङ्गमा हेरिरहनु राम्रो मानिदैंन र यस्तो हेराईले कहिलेकाहिँ सम्बन्धमा नकारात्मक असर पनि पर्न सक्दछ । त्यसैगरी अर्को ब्यक्तिलाई अप्ठेरो लाग्ने  गरी हेरिने हेराई उत्ताउलो वा असभ्य मानिन पनि सक्छ ।
-नेपाल परिवार नियोजन संघको किशोरावस्था पुस्तकबाट.........
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger