Latest Updates :

किन हुन्छ गाडीमा यात्रा गर्दा बान्ता ..?? कारण र समाधानका उपाय पूरा पढनुहोस ....भिडियो हेर्न तल क्लिक गर्नुहोस....

SHARE THIS POST :

यात्रा आफैँमा रमाइलो हुन्छ । तर, सवारी साधनमा यात्रा गर्दा बान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने भयो भने यात्रा सजायसरह हुन्छ । यसलाई मोसन सिकनेस भनिन्छ । यसले लामो समय असर गर्दैन । तर, सधैँ यात्रा गरिरहनेहरूका लागि भने यो ठूलै समस्या हो ।

त्यस्तै भिडियो गेम खेल्दा र माइक्रोेस्कोपबाट हेर्दा पनि मोसन सिकनेस हुनसक्छ । यी सबै अवस्थामा आँखाले गति अथवा चहलपहललाई देख्छ, तर हाम्रो शरीरले त्यसलाई अनुभूत गरेको हुँदैन । दिमाग र शरीरबीच तालमेल नहुँदा मोसन सिकनेस हुन्छ । यो पाँचदेखि १२ वर्षका बच्चा, महिला र बुढापाकालाई बढी हुन्छ । मोसन सिकनेस शरीरका इन्द्रियहरूको सन्तुलनसँग सम्बन्धित छ ।

 जब कान, आँखा र शरीरले गति अथवा चहलपहलसम्बन्धी सूचनालाई विरोधाभाषपूर्ण ढंगले हाम्रो दिमागमा प्रवाह गर्छ, तब मोसन सिकनेस हुन्छ ।
हाम्रो शरीर गतिमा छ भने भित्री कान ले थाहा पाउँछ तर, शरीरका अरु भागले त्यो थाहा नपाउँदा फरक फरक सूचना हाम्रो मस्तिष्कमा पुग्छ । उदाहरणका लागि, तपाईँ बसमा हुनुहुन्छ भने तपाईँको शरीर हल्लिरहेको हुन्छ । जसलाई तपाईँको भित्री कानले चाल पाउँछ । तर, तपाईँको आँखाले यो हलचल देख्दैन । यस्तो विरोधाभाषको सूचना मस्तिष्कमा पुग्दा मोसन सिकनेस हुन्छ । मोसन सिकनेस भयो भने के गर्ने त रु भइसकेपछि केही गर्नुभन्दा हुन नै नदिनु राम्रो १ किनभने एकचोटी यसका लक्षण देखापर्न थालेपछि रोक्न गाह्रो हुन्छ ।

सबैभन्दा राम्रो उपाय भनेको गाडी चढ्नुभन्दा एक घण्टाअगाडि वाकवाकी नलाग्ने औषधि खानु हुन्छ । यस्तो औषधि डाक्टरसँग सल्लाह नलिइकन खाए हुन्छ । मोसन सिकनेस कुनै रोग होइन । यो शारीरिक प्रतिक्रियामात्र हो । त्यसैले मोसन सिकनेसबाट डर मान्नुपर्दैन ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger