Latest Updates :

यस्तो छ ... दुनियाकै सबैभन्दा लामो चुम्बन, साढे ५८ घण्टा चुम्बन गरेर किर्तिमान....भिडियो हेर्न तल क्लिक गर्नुहोस .......

SHARE THIS POST :

२०७२ मंसिर १ गते ....

प्रेम प्रदर्शनको अत्युत्तम रुप अर्थात् चुम्बन । चुम्बन भनेपछि जो कोहीपनि लालायित हुन्छ । दुनियामा चुम्बन गर्ने प्रतियोगिता समेत आयोजना गरिन्छन् । कतिपय मानिसले भने यहीँ चुम्बनमै विश्वकिर्तिमान समेत राखेका छन् ।

सबैभन्दा लामो समयसम्म चुम्बन गरेर विश्वकिर्तिमान कायम गर्ने थाइल्याण्डको एक जोडीको लगातार ५८ घण्टा ३५ मिनेट ५८ सेकेण्डको म्याराथन चुम्बनको रेकर्ड हालसम्म कसैले तोड्न सकेको छैन ।

थाइल्याण्डका इकाचाइ तिरानरात र लक्सना तिरानरातले सन् २०१३ को फेब्रुअरीमा यस्तो किर्तिमान राखेका हुन् ।
रिप्लेज बिलिभ इट अर नटले आयोजना गरेको उक्त समारोहमा यो जोडीले फेब्रअरी १२ मा सुरु गरेर १४ तारेखसम्म लगातार चुम्बन गरेको थियो ।


उक्त प्रतियोगितामा ९ जोडी सहभागी भएका थिए र एउटा जोडी ७० वर्षको थियो । तर तिरानरात जोडीले सबैभन्दा लामो समयसम्म चुम्बन गरिरह्यो र किर्तिमान आफ्ना नाममा लेखायो । उनीहरुले उक्त प्रतियोगिता जितेर नगद पुरस्कार तथा दुइवटा हिराका औँठी समय पाएका थिए ।

स्मरण रहोस् गएको मे १ मा चीनमा स्टाइलिस किसिंग प्रतियोगिता भएको थियो । जसमा जोडीहरुले विभिन्न पोजमा किस गरेका थिए । चिनिया प्रतियोगिताका तस्वीर यस्ता थिए ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger