के छ भूतपोखरीमा ? अनुसन्धान गर्न माग ....भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....
शनिबार 12 मंसिर, 2072
ताप्लेजुङ, मंसिर १२ । ताप्लेजुङको पापुङस्थित तोक्पेगोलामा रहेको भूतपोखरीको अनुसन्धान गर्न स्थानीयले माग गरेका छन् । भूतपोखरी पछिल्लो समय पर्यटक र अनुसन्धानकर्ताका लागि आकर्षक स्थल बन्न थालेपछि स्थानीयले यस्तो माग गरेका हुन् ।
सदरमुकामदेखि दुई दिनको पैदल यात्रामा मात्र पुग्न सकिने यो पोखरीको बीचको पुरै भाग कालो रहेको छ भने बाहिरबाट आएको पानीको निकास समेत नभई यहि हराउने गरेको छ ।
बाह्रै महिना उत्तिकै पानी भइरहने यो पोखरीमा जाने कोहि कोहीलाई पोखरीले तान्ने गरेको किंबदन्ती अनुसार स्थानीय यहाँ कम पुग्ने गरेका थिए ।
जसले गर्दा स्थानीयले यसलाई मानिस खाने भूतको संज्ञा समेत दिएका छन् । केही समय अघि लामाहरुले तान्त्रिक मन्त्र मार्फत पोखरीले हरण गर्न नसक्ने बनाएपछि मात्र अहिले मानिसहरु यो पोखरी हेर्न जान थालेको स्थानीयको भनाइ छ ।
पोखरी तोक्पेगोला बस्तीबाट पाँच सय मिटरको दुरीमा रहेको छ । पछिल्लो समय विदेशी पर्यटक पनि यो पोखरी हेर्न पुग्ने गरेको स्थानीय बताउँछन् ।
पोखरीको विषेशता र किंबदन्ती धेरै भए पनि हालसम्म यसको अनुसन्धान भने भएको छैन ।
लेबल:
Amazing