Latest Updates :

मुखबाटै १ सय ७३ वटा आवाज निकाल्ने नेपाली(भिडियो हेर्नुहोस) –युवराज गौतम....भिडियो हेर्न तल क्लिक गर्नुहोस .......

SHARE THIS POST :

काठमाडौं,  । एउटा मान्छेमा कस्तो अदभुत क्षमता हुन्छ भन्ने कुरा युवा कलाकार रमेश दुलालबाट प्रष्ट हुन्छ । उनले १ सय ५९ देखि १ सय ७३ वटा सम्म आवाज निकालेर दुनियाँलाई चकित बनाइदिएको दावी गरेका छन् ।

आवाज पनि विभिन्न जिवजन्तु तथा चराचुरुङ्गीको मात्र नभई बाद्यबादनका सामाग्रीहरुको धुन मुखबाटै प्रष्ट निकालिन्दिछन । यीनै नेपाली कलाकार यतिबेला गिनीज बुक अफ वल्डमा आफ्नो नाम निकाल्ने प्रयासमा छन् ।


वि.स. २०४४ चैत्रमा इलामको सुम्बेकमा जन्मिएका दुलाल यतिबेला धेरैको रोजाइमा पर्ने चर्चित कलाकारमा रुपमा दरिएका छन । हुनत उनी पुराण वाचन पनि गर्छन । भारतबाट स्नाकोत्तर गरेका उनको काम जजमानी पनि हो । पुराण सुन्नेहरु पनि उनको अदभुत क्षमता देखेर झुम्मिन्छन ।

नौलो कुरो चाहीं केछ भने उनले जनवारको माया प्रेम, अवेग, चित्कारका भावलाई समेत आवाजमा ब्यक्त गर्न सक्छन् । ‘यतिबेला चौतर्फी रुपमा सहयोग र प्रशंसा पाइरहेको छु,’ उनले भने–‘आँउदो काग तिहारको दिन रत्नपार्कमा बृहत काग सम्मेलनको तयारी गरिरहेको छु ।’

एकदशक अघिबाट कलाकारिता सुरु गरेका दुलालले सुरुमा मुख बाट मादल बजाउन र चरा कराउन सिकेका थिए । एकदशक यता देखि उनले काठमाडौंमा काग सम्मेलनको पनि आयोजना गर्दै आइरहेका छन ।  विश्वका विभिन्न राष्ट्रमा प्रस्तुती दिइसकेका उनी उनले केहि समय पहिले पनि संसद तथा राष्ट्रपती भवनमा समेत काग सम्मेलन गरेका थिए ।

चराचुरुङ्गीको आवाज निकाल्न मात्र होइन उनलाई नेताहरुको क्यारिकेचर गर्न पनि खुबै मजा लाग्छ । बनारसमा पहिलो पटक प्रस्तुती दिएका उनले प्रतिभा सिक्नुभन्दा पनि आफसे आफ आउने कला भएको प्रष्टाउन्छन । उनले भने–‘मैले सिकेर जानेको होइन, जन्मजात भगवानले उपहार दिनुभएको रहेछ ।’

हुनत उनलाई मानिसहरुले एउटा उपनाम नै दिएका छन् ‘कागे बाहुन’ । उपनामले उनलाई झनै खुशी बनाइदिएको छ । ‘कागे’ भन्नुको कारण मेरो कलाकारिताको मुख्य बिषय नै ‘काग’ कराउनु हो ।

काग कराएर कागको सम्मेलन नै गरेको मान्छे भएकाले ‘कागे’ भनिएकोमा उनलाई पटक्कै दुख लागेको छैन । उनी धेरैजसो महोत्सवहरुमा आफ्नो प्रस्तुती दिइरहेका छन । ‘कतिपय मानिसहरुले जन्मदिनमा पनि प्रस्तुती दिन बोलाउने गरेका छन’, उनले भने ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger