Latest Updates :

विहानै उठेर यसो गर्नुहोस्... अनि मिल्छ तपाईलाई फाइदै फाइदा.....भिडियो हेर्न तल क्लिक गर्नुहोस....

SHARE THIS POST :

बिहान सबेरै उठ्नु राम्रो बानी हो। सबेरै उठेपछि योग तथा शारीरिक व्यायाम गर्नु पनि उत्तिकै आवश्यक छ। बेलुकी ढिला सुतेर बिहान चाँडै उठ्दा पनि आलस्य हुन्छ। त्यसैले बेलुका पनि चाँडै सुत्ने र बिहान चाँडै उठ्ने बानी बसाल्नुपर्छ । बिहान उठेर व्यायाम नगर्नु, चिया–कफी सेवन गर्नु, तथा ब्रेकफास्ट नखानु हानिकारक हुन्छ।
बिहान चाँडै उठ्नु :
आफ्नो बिहानी राम्रो बनाउने हो भने बिहान सबेरै उठ्नुपर्छ । अफिस जानु १५ मिनेटअघि उठेर केही पनि गर्न सकिँदैन ।  
पानी पिउनु :
साधारणतया ६ देखि ८ घन्टासम्म सुतिन्छ । त्यसैले यो बीचमा पानी पिइएको हुँदैन । लामो अन्तरालको बीचमा जब बिहान उठिन्छ । सबैभन्दा पहिले पानी पिउनुपर्छ । त्यसले शरीरको अनावश्यक कुरा पनि बाहिर निकाल्छ ।
योग गर्नुपर्छ :
बिहान योग गर्दा फिट रहने मात्र नभै मोटोपन पनि घट्छ । ध्यान तथा लामो समयसम्म सास लिने आसन गरे पूरै दिन ऊर्जामय रहन्छ ।
तातोपानी मह र कागती :
बिहान पेट सफा भएन भने तातोपानीमा कागती र मह मिसाएर पिउनुपर्छ । त्यसले मोटोपन पनि कम गर्छ ।
जगिङ गर्नु :
बिहान एक्सरसाइज, एरोबिक्स, मर्निङ वाक वा जगिङ गर्न निस्किनु राम्रो हुन्छ ।
बिहानै नुहाउनु ;
आलस्य हटाई फ्रेस महसुस गर्न बिहानै नुहाउनुपर्छ । जुनसुकै समयमा पनि नुहाउन सकिन्छ तर फ्रेस महसुस गर्न बिहानै नुहाउनु उपयुक्त हुन्छ ।
चिया–कफीको साटो जुस ;
दिनको सुरुआत चिया–कफीबाट भन्दा पनि जुसबाट गर्नुपर्छ । चिया, कफीले दिमागलाई क्रियाशील गराए पनि शरीरमा नोक्सान पुर्‍याउँछ । त्यसैले जुस पिउनु फाइदाजनक हुन्छ ।
हेभी ब्रेकफास्ट गर्नुपर्छ :
ब्रेकफास्ट गर्न छोड्नुहुँदैन । सधै पेटभरि नास्ता गर्नुपर्छ । ब्रेड, ओट्स, कर्नफ्लेक्स तथा फलफूलका साथमा अण्डा पनि खानुपर्छ ।
फाइदाकारी धनियाँ :
गर्भवती महिलालाई सुरुको तीन महिना बमिटको समस्याले सताउँछ । यस्तो अवस्थामा एक कप धनियाँको पत्तामा एक कफ चिनी तथा पानी मिसाई उमालेर सेवन गर्दा समस्या हट्छ ।
अदुवाको चिया हितकारी :
चियामा अदुवा मिलाएर पिउनु फाइदाजनक हुन्छ । थकान महसुस गर्नेहरूका लागि अदुवाको चिया हितकर हुन्छ । अदुवा मिसाइएको चियाले दिनभरको थकान एवं आलस्य हटाउँछ । पेटको पीडा हुनेहरूले एक चम्चा अदुवा मिसाएको चिया पिए राहत मिल्छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger