Latest Updates :

सपनामा यी २५ चिज देख्नुभयो भने अशुभ हुन्छ ! : थाहा पाईराखौ.....भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

भनिन्छ सपनाले भावी दिनको संकेत गर्छ । धर्मशास्त्रहरुमा विश्वास गर्ने हो भने कतिपय सपना त्यस्तो समयमा देखिन्छ, जुनबेला हाम्रो आत्मा र मस्तिष्क भगवानको समिपमा पुगेको हुन्छ । यस्तो बेलामा देखिने सपनाहरु जस्ताकोतस्तै मिल्छन् । वैज्ञानिकहरु पनि सपनाले कुनै न कुनै कुराको संकेत गर्ने कुरासँग सहमत छन् । वैज्ञानिकहरुले सपनालाई अवचेतन मनको कल्पनाको रुपमा व्याख्या गर्छन् ।
Bad Dream
आज हामीले हिन्दू धर्मशास्त्र ज्योतिषीय मान्यताअनुसार कस्तो सपना देख्दा कस्तो फल प्राप्त हुन्छ भन्ने कुरा यहाँ प्रस्तुत गरेका छौं ।


यी २५ चिज सपनामा देख्नु अशुभ मानिन्छ:


 सर्प मरेको देखेमा मृत्युको भय हुन्छ ।
 माकुरोले टोकेको देखेमा रोगले आक्रमण गर्छ ।
 बिच्छिले डसेको देखेमा मुत्युकारक हुन्छ ।
 सपनामा स्याल देखिनु मृत्यु र दु:खको कारक हो ।
 रोगी पशु देखेमा जेठो छोरोलाई कष्ट पर्छ ।
 सपनामा काग देखेमा अशुभ हुन्छ । मृत्युको भय हुन्छ ।
 सपनामा बिरालो देखिए चोरी हुन्छ, शत्रु बढ्छन् ।
 दुब्लो गाई वा गोरु देखेमा दु:ख कष्ट हुन्छ ।
 सपनामा ओढ्ने कम्मल देखेमा बदनामी हुन्छ ।
 कोइला देखेमा व्यर्थमा झगडा हुन्छ । साथै कैँची देखेमा पनि झगडा वा विवाद हुन्छ ।
 सपनामा बन्द ढोका देखेमा हैरानी वा दु:ख खेप्नुपर्छ । डोरी देखेमा यात्रामा हैरानी वा झन्झट हुन्छ ।
 दाँत झरेको वा भाँच्चिएको देखेमा दु:ख र झन्झट आईपर्छ ।
 घना बादल देखेमा विरक्ति उत्पन्न हुन्छ ।
 भूइँचालो गएको सपना देखेमा सन्तान कष्ट र दु:ख हुन्छ ।
 मरेको मानिसले बोलाएको देखेमा विपत्ति आउँछ ।
 रत्न वा मणि देखेमा दु:ख बढ्छ, अपव्यय हुन्छ ।
 सुकेको बगैँचा देखिएमा विपत्तिमा फसिन्छ । सुकेको अन्न खाएको सपना देखेमा कष्ट र व्यर्थमा हैरानी हुन्छ ।
 सुराही देखेमा आवारा मानिससँग संगत हुन्छ ।
 हिलोमा फसेको देखेमा कष्ट र अपव्यय हुन्छ ।
 मुद्रा पाएको सपना देखेमा लडाईँमा जानुपर्ने हुनसक्छ ।
 सपनामा रोएको देखे असह्य बिमारी वा सन्तान कष्ट हुनसक्छ ।
 विवाह वा वैवाहिक उत्सव देखिनु अशुभ हुन्छ । विपत्ति आउनसक्छ ।
 सपनामा मस्तिष्क वा टाउको देखिए विपत्ति र टाउको काटिएको देखेमा अनिष्ट हुन्छ ।
 आफू भोको रहेको देखेमा विपत्ति आउनसक्छ । अरुलाई भोको देखेमा स्त्री लाभ हुन्छ ।
 सपनामा भिक्षा लिएको वा दिएको देखेमा अशुभ हुन्छ । गरिबीले सताउन सक्छ ।

- See more at: http://www.sajhapost.com/2015/12/20/26811.html#sthash.gg8XNNu4.dpuf
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger