Latest Updates :

थुकबाट थाहा हुन्छ तपाइँ कति दिन बाँच्ने... थाहा पाईराखौ.....भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्....

SHARE THIS POST :

कुनै पनि मानिसको मृत्यु कति समयपछि हुन्छ भन्ने पत्ता लगाउने सजिलो विधी पत्ता लगाएको दावी बैज्ञानिकहरुले गरेका छन् । मुखबाट निस्किने र्‍याल (थुक) बाट मान्छेको आयुबारे अनुमान गर्न सकिने उनीहरुको भनाइ छ । बैज्ञानिकहरुले हालै गरेको शोधमा मानिसको जीवन र मृत्युको बारेमा थुकबाट भन्न सकिने पत्ता लागेको हो । मानिसको आयु कम हुँदै जाँदा शरीरमा एन्टीबडी घटिरहेको हुन्छ ।

थुकबाटै मानिसको स्वास्थ्य अवस्था र सम्भावित मृत्युबारे समेत भविष्यवाणी गर्न सकिने बैज्ञानिकहरुको भनाइ छ ।करिव ७०० जना बयस्क मानिसहरुमाझ गरिएको यो अध्यन सन् १९९५ मा शुरु भएर १९ वर्ष पछि सकिएको थियो । अध्यन गरिएका मानिसहरुमा मृत्यु हुने समयमा secretory immunoglobin A (IgA) एन्टीबडीको स्तर घटिरहेको पाइयो ।बेलायतको बर्मिङ्घम विश्वविद्यालयका डाक्टर फिलिप्सले बताए अनुसार शरीरमा जति बढी एन्टीबढी उत्पादन हुन्छ र यसलाई कायम राख्न सकिन्छ त्यसबाट मानिसको स्वास्थ्य र आयु समेत निर्धारित हुन्छ ।

 यस्ता कुरामा पुरै नियन्त्रण गर्न नसकिएपनि तनाव, भोजन, शारीरिक अभ्यास, मदिरा सेवन जस्ता कुराले शरीरमा एन्टीबडीको निर्माणमा असर पर्ने बताइन्छ ।शरीरमा हुने एन्टिबडीले रोगसँग लड्ने काम गर्छ । यो सेता रंगका कोशिकाबाट निर्मित हुन्छ । यो शोध PLOS One जर्नलमा प्रकाशित गरिएको छ । एजेन्सी ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger