यो पनि पढ्नुहोस्... ज्ञानवद्र्धक छ....
के तपाइँ ग्रीन टी को शौखिन हुनुहुन्छ ?? स्वास्थ्य राम्रो हुने लोभमा धेरै नै ग्रीन टी पिउनुहुन्छ भने सावधान ... जानी राखौं असरहरु....
के तपाइँ ग्रीन टी को शौखिन हुनुहुन्छ । स्वास्थ्य राम्रो हुने लोभमा धेरै नै ग्रीन टी पिउनुहुन्छ भने सावधान हुनुहोस् । ग्रीन टी ले स्वास्थ्य राम्रो बनाउने मात्र होइन यसको नकारात्मक असर पनि हुन्छ । एक नयाँ शोधका अनुसार धेरै मात्रामा ग्रीन टी पिउनाले मानिसको प्रजनन क्षमताका नोक्सान पुग्न सक्छ ।
क्यालिफोर्निया इरविन विश्वविद्यालयका शोधकर्ताहरुले गरेको अनुसन्धानले यस्तो देखाएको छ । उनीहरुले झिँगामा यो अनुसन्धान गरेका थिए । जसले धेरै ग्रीन टी खाएका झिँगाहरुमा प्रजनन क्षमतामा असर पुगेको देखाएको थियो । १० मिलिग्राम ग्रीन टी खुवाइएको पोथी झिँगाको प्रजनन क्षमतामा कमी आएको र उसको जिवनकाल पनि १७ प्रतिशतले घटेको शोधकर्ताले बताएका छन् । तर भाले झिँगामा भने यस्तो असर देखिएन ।
शोधकर्ता सहप्राध्यापक महताब जाफरीका अनुसार ग्रीन टी को कम मात्रा लिनु स्वास्थ्यका लागि फाइदाजनक हुनसक्छ, तर धेरै मात्राको सेवनले खराब असर पूराउँदछ ।
ग्रीन टी को अधिक सेवनले सरीरका कोशिकाहरु मार्ने सम्भावना रहेको उनको भनाइ छ । यो सम्बन्धी अध्ययनले मुसा र कुकुरमा पनि गरिएको छ । त्यसक्रममा ग्रीन टी ले वजनमा कमी ल्याउने देखिएको छ । साथै ग्रीन टी ले भ्रुणको विकाशमा पनि नकारात्मक असर पार्ने तथ्य पत्ता लागेको छ ।
स्मरण रहोस् स्वस्थ मुटु, मस्तिष्क तथा क्यान्सर प्रतिरोधी गुणका लागि ग्रीन टी चर्चित छ । स्वास्थ्यप्रति सचेत हुने मानिसहरुले दिनहुँ ग्रीन टी पिउने गर्छन् ।