Latest Updates :

एउटामात्रै अण्डकोष भएका हिटलरबारे नसुनिएका ५ तथ्य, सुन्दा जिब्रो टोक्नुहोला !...भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस....

SHARE THIS POST :

जर्मनीका तत्कालीन तानाशाह तथा संसारलाई दोस्रो विश्वयुद्धतर्फ धकेल्ने हिटलर बारे विभिन्न रोचक तथ्यहरु बेलाबखत सुन्नमा आउँछन् । विभिन्न किसिमका दावी र निकै रोचक तथ्यहरु सार्वजनिक भइराख्छन् । आजहामीले हिटलरबारे ५ रोचक तथ्यको जानकारी दिँदैछौं, जुन कुरा सायद तपाईंलाई थाहा छैन ।



यो भन्न त मुश्किल छ कि हिटलरको नाम सुन्दैमा कत्तिको दिमागमा घृणा र कत्तिको दिमागमा प्रेरणा उत्पन्न हुन्छ । तर एउटा कुरा भने स्पष्ट छ, हिटलरबारे जान्न जो कोही पनि उत्सुक रहने गरेको पाईन्छ ।

जर्मनीका यी तानाशाहबारे हालै भएको केही खुलासाले निकै चर्चा बटुलेको छ । यसअघि पनि हिटलरबारे कैयन तथ्य सामने आएका थिए । तिनीहरुको सत्यता पुष्टि नभएको नै किन नहोस्, उनीबारे नयाँ-नयाँ तथ्यहरु खुलासा भइराख्छन् । यसैक्रममा पछिल्लो समय सार्वजनिक भएका ५ तथ्यबारे यहाँ जानकारी दिँदैछौँ ।



1. हिटलरको एउटामात्रै थियो अण्डकोष

हालै सार्वजनिक भएको एक मेडिकल रिपोर्टका अनुसार हिटलरको अण्डकोष एउटामात्रै थियो । जबकी अपवादहरुलाई छोड्ने हो भने मानिसको दुईवटा अण्डकोष हुन्छ ।

जर्मनीका इतिहासकार प्रोफेसर पीटर फेलेशमानले १९२३ मा हिटलरको गिरफ्तारीको समय गरिएको मेडिकल परीक्षणको रिपोर्ट अध्ययन र त्यसको विश्लेषण गरेर यस्तो दावी गरेका हुन् । रिपोर्ट अनुसार जन्मेदेखि नै हिटलर राइट साइड क्रिप्टोरचाइडज्म नामको बिमारीबाट पीडित थिए । सोही कारण उनको दोस्रो अण्डकोष विकास हुनै पाएन । सन १९२३ मा गिरफ्तारीपछि हिटलरलाई ल्याण्ड्सबर्ग जेलमा राखिएको थियो । त्यहाँका मेडिकल अफिसर डा. जोसेफ स्टेइनर ब्रिनले आफ्नो मेडिकल नोटमा यसबारे जानकारी उल्लेख गरेका थिए ।



यो नोट हराएको मानिएको थियो । तर, सन २०१० मा पूराना एेतिहासिक बस्तुहरुको लिलामीका क्रममा यो नोट फेरि भेटियो । पहिले अलांगेन-न्यूरेमबर्ग युनिभर्सिटीमा यसको अध्यन गरिन्थ्यो । यो नोटलाई तत्कालीन समयमा बवारियन सरकारले जफत गरेको थियो ।

यद्यपी एक अण्डकोषको दावी यसअघिको एउटा रिपोर्टसँग भने बाझिएको छ । जसले हिटलरले पहिलो विश्वयुद्धका क्रममा आफ्नो एउटा अण्डकोष गुमाएको दावी गरेको थियो । हिटलरको बचपनको डाक्टरसँग अमेरिकाले गरेको सोधपुछका आधारमा त्यस्तो दावी गरिएको थियो ।



2. हिटलरको कूम्भकर्ण निद्रा

हिटलरको जीवनशैली निकै अचम्मको थियो । उनी बिहान ११ बजेमात्रै उठ्थे । आफ्नो आसेपासेलाई रातभर जागा राख्ने उनको सोख थियो । उनी आधारातमा खाना खान्थे । बिहान ४ बजे बल्ल उनको सुत्तेबेला हुन्थ्यो । सुतेपछि कसैले उठाउनै नसक्ने ‘कूम्भकर्ण निद्रा’ ।

यतिसम्म कि दोस्रो विश्वयुद्धको क्रममा ६ जुन १९४४ को दिन जब मैत्री सेना फ्रान्सको नरमेंडी पुग्यो, तब हिटलरले थप निर्देशन दिनुपर्ने भयो । बिहानको समयमा हिटलर मस्त निद्रामा थिए । उनको सुरक्षामा रहेका जर्नेलले निद्राबाट उठाउन खुबै बल गरे तर सकेनन् । हिटलर जब मध्याह्न ब्यूँझिए त्यतिबेला युद्धका लागि लिनुपर्ने महत्वपूर्ण निर्णयका लागि निकै ढिला भईसकेको थियो । निर्णय गर्ने अवसर नै उनले गुमाईसकेका थिए । जुन कुरा दोस्रो विश्वयुद्धमा जर्मनीको हारको कारणसमेत बन्न पुग्यो ।



3. समलिंगी थिएनन् हिटलर

यसअघि एउटा के मान्यता स्थापित थियो भने हिटलर समलिंगी (गे) थिए । तर, यो तथ्य गलत भएको दावी गरिएको छ । हालसम्म प्राप्त प्रमाणहरुको बलमा हिटलर समलिंगी नरहेको दावी गरिएको हो । उनी युवा अवस्थामा नै युवतीहरुप्रति आकर्षित रहेको प्रमाणहरु भेटिएका छन् । यसबाट उनकी यौनिक रुपमा सामान्य थिए भन्ने पुष्टि हुन्छ ।



4. होचा थिए भन्ने मान्यता पनि गलत 

हिटलरको बारेमा अर्को एउटा मिथक पनि चर्चामा छ, उनी सामान्यभन्दा होचो थिए । तर, यो कुरामा विरोधाभास छ । जबकी हिटलरको उचाई ५ फूट १० इञ्च तथा सरदर तौल १५५ पाउण्ड थियो भन्ने खुलासा भइसकेको छ ।



5. दैनिक दुई पाउण्ड चक्लेट खान्थे हिटलर

हिटलरको बारेमा अर्को खुलासा पनि भएको छ । उनी दैनिक २ पाउण्ड चकलेट खान्थे । यस्तो उनले ठिकसँग निद्रा नपाउने तथा अत्याधिक स्मोकिङका कारण गर्ने गरेका थिए । उनले चकलेटलाई प्रालाइन नामक मिठाईको रुपमा खाने गरेका थिए ।


SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger