Latest Updates :

घुर्ने समस्याबाट मुक्ति पाउने जुक्ति पत्ता लाग्यो, यसरी सहजै हटाउनुहोस् घुर्ने बानी !......भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्...

SHARE THIS POST :

एजेन्सी । के तपाईं पनि निद्रामा घुर्नुहुन्छ ? कि घुर्ने बेडपार्टनरका कारण चैनले सुत्न सकिरहनुभएको छैन ? यदि त्यसो हो भने तपाईंका लागि खुसीको खबर छ ।

अमेरिकन चिकित्सकहरुले घुर्ने समस्याबाट मुक्ति पाउने जुक्ति निकालेका छन् । त्यसका लागि न सल्यक्रिया गर्नुपर्छ, न कुनै औषधि सेवन नै । तपाईं आफैंले सामान्य सावधानी अपनाएको भरमा घुर्न छोड्नुहुन्छ ।


हालै गरिएको एक अनुसन्धानले घुर्ने समस्याबाट मुक्ति पाउने जुक्ति निकालेको हो । अनुसन्धानमा संलग्न चिकित्सकहरुकाअनुसार मुख र जिब्रोको सामान्य व्यायामले यो समस्याबाट छुटकारा पाउन सकिन्छ । अनुसन्धानमुलक पत्रिका ‘चेष्ट’मा प्रकाशित रिपोर्टअनुसार यसप्रकारको व्यायामले ३६ प्रतिशतमा घुर्ने समस्याबाट पूर्ण मुक्ति मिल्छ भने ५९ प्रतिशतको घुर्दा निस्किने आवाजमा निकै कमी आउँछ । बाँकीमा असर नदेखिन सक्छ ।

अमेरिकाको युनिभर्सिटी अफ केन्टुकी कलेज अफ मेडिसिनमा स्लिप ल्याबोरेटरीका चिकित्सा निर्देशक बारबारा फिलीपले भने, ‘घुर्ने समस्यासँग जुझिरहेका करौडौं मानिसहरुको लागि यो अध्ययनको निष्कर्ष निकै नै उपयोगी हुनेछ । विनासर्जरी सामान्य व्यायामको भरमा यस्तो समस्याबाट मुक्ति पाउन सकिन्छ ।’



यसरी गर्नुहोस् व्यायाम

घुर्ने समस्याबाट पीडित हुनुहुन्छ भने आफ्नो जिब्रोलाई माथिल्लो पट्टी तालुतिर घुमाउनुस्, फेरि यथास्थानमा ल्याउनुस् । यो प्रक्रिया बारम्बार दोहोर्याउनुस् । अब जिब्रोको टुप्पोलाई मुनीतिर (तल्लोपट्टीको दाँतको भित्री भागमा) घुमाउनुहोस् र जिब्रोको पछिल्लो भागलाई तालुतिर उठाउनुहोस्, अनि ठूलो स्वरमा ‘ए’ उच्चारण गर्दै तालु तथा युभ्युला (मुखको अन्तिम र घाँटीको माथिल्लो भागमा रहेको त्यान्द्रो)  लाई माथि उठाउनुहोस् । यो प्रकियालाई पनि दोहोर्याएर गर्नुस् । दैनिक यसप्रकारको व्यायाम गर्दा ३६ प्रतिशतमा घुर्ने समस्या पूर्णरुपमा निधान हुन्छ । ५९ प्रतिशतको घुर्दा निस्किने आवाज विस्तारै कम हुँदै जाने रिपोर्टमा दावी गरिएको छ ।

घुर्ने समस्यामा रहेका ३९ जना मानिसमा यो अध्ययन गरिएको थियो । यसको निकै नै प्रभावकारी असर देखियो । केहीले पूर्णरुपमा घुर्न छाडे भने केहीको आवाज विस्तारै कम हुँदैगयो । ब्राजिल युनिभर्सिटी अफ साओपाउलोमा मुख्य लेखक जेराल्ड लरेन्जी-फिल्होले भने, ‘हाम्रो अध्ययन समूहमा यो व्यायामले घुर्ने समस्याबाट मुक्ति पाउन निकै सहयोग मिल्यो ।’

अध्ययनको रिपोर्ट ‘चेस्ट’ पत्रिकामा प्रकाशित भएको छ ।
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger