NTC मा सुरु भयो नयाँ ब्यालेन्स ट्रान्सफर गर्ने सुविधा...यस्तो छ नयाँ ब्यालेन्स ट्रान्सफर गर्ने तरिका जानी राखौ.......भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्...
नेपाल टेलिकमले नमस्ते जीएसएम मोबाइलमा विगत केहीसमय अघिदेखि स्थगित गरेको ब्यालेन्स ट्रान्सफर सेवा पुन: सुचारु गरेको छ । यसअघिभन्दा केही परिमार्जनसहित ट्रान्सफर सेवा सुचारु गरिएको टेलिकमले जनाएको छ ।
अब *४२२*Password*पठाउने पैसा रुपैयाँमा# गरेर ब्यालेन्स पठाउन सकिने छ । यसअघि कति रुपैयाँ पठाउने हो त्यसलाई पैसामा रुपान्तरण गरेर रिक्वेस्ट गर्नुपर्ने अवस्था थियो । मानौं १० रुपैयाँ पठाउने हो भने १०० लेख्नु पर्थ्यो । अब जति रुपैयाँ पठाउने हो त्यति लेख्न नेपाल टेलिकमले अनुरोध गरेको छ ।
नयाँ सिस्टमअनुसार एक पटकमा १० रुपैयाँदेखि १०० रुपैयाँसम्ममात्र ट्रान्सफर गर्न सकिनेछ । साथै कुनै एक नम्बरबाट एक दिनमा बढीमा पाँच पटकमात्रै ब्यालेन्स ट्रान्सफर गर्न सकिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ ।
लेबल:
Amazing