Latest Updates :

आफ्नै मृत्युको समाचार पढेपछि….चिन्तित ति व्यक्ति को कहानी ........भिडियो हेर्न तल क्लिक गर्नुहोस .......

SHARE THIS POST :

काठमाडौँ, १५ पुष – सिन्धुपाल्चोक ठोकर्पा–३ पहरी बस्तीका ३५ वर्षीय यमबहादुर पहरी केही दिनदेखि चिन्तित छन् । उनको मोबाइलमा एकोहोरो फोनको घन्टी बजिरहन्छ र एउटै प्रश्नले उनी हैरान हुन्छन् । उनी सबैलाई एउटै जवाफ दिदाँदिँदा थाकिसके, ‘म जिउँदै छु, मलाई केही भएको छैन ।’जिउँदो मान्छेलाई मरेको भन्ने समाचार सार्वजनिक भएपछि कस्तो महसुस होला ? हो यस्तै भएको छ अहिले पहरीलाई ।

ठोकर्पा–३ को पहरी बस्तीमा चिसोका कारण सात भूकम्पपीडितको मृत्यु भएको र मृत्यु हुनेको सूचीमा उनको पनि नाम भएको थाहा पाएपछि यमबहादुर चिन्तित बनेका छन् । आफन्त र नातागोतालाई दैनिकजसो आफूलाई केही नभएको बताइ रहेका छन्, उनी । केही दिनअघि उनको घरमा पुग्दा छिमेकीसहित यमबहादुर घरमै थिए, गाउँमै सिकर्मी काम गर्ने यमशादुर पुसको चिसोले मरेको सूचना केही सञ्चारमाध्यममा आएको थियो । आजको राजधानी दैनिकमा खबर छ ।
बुधवार बिहान रेडियोमा चिसोले सातजनाको मृत्यु भएको खबर सुने पनि आफ्नै नाम भने उनले याद गरेनन् । दिउँसो काठमाडौँमा रहेका आफन्तले तपाई मरेको भन्ने खबर आएको छ तर तपाई फोन उठाइरहनु भएको छ त भन्दा यमबहादुर चकित भएका थिए ।

उनको गाउँमा यमबहादुर नाम गरेका चार जना छन् न आफूबाहेक अरु नै यमबहादुरको मृत्यु भएको हो कि भनेर उनले सोधीखोजी पनि गरे ।‘यमबहादुर नाम गरेका सबै सकुशल पाएँ, उनले थपे,‘मेरो कसैसँग रिसइवी पनि छैन, गाउँमै बस्ने कृषक हो तर किन मलाई म¥यो भनेर समाचार बनाए? निकै दुख लागेको छ ।’
SHARE THIS POST :

Enjoy Yourself

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. Sajaa Khabar - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger